28/09/2026
समता स्कुल भोजपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन प्रधान ज्यूले (एउटा बिरुवा - "भविष्यको आयस्रोत"
रु. ३६५- "भविष्यको शैक्षिक लगानी "
सानो योगदान -"बलियो विद्यालय ")भन्ने आदर्श वाक्यका साथ आफ्नो जन्मदिनको शुभ अवसरमा विद्यालयमा उन्नत जातको एभोकाडो फलको बिरुवा रोप्नुभएको छ र दिनको एक रुपैयाँका दरले जम्मा हुने गरी ३६५ विद्यालयको अकाउन्टमा जम्मा गरिदिनुभएको छ। आजकै दिनबाट सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू शिक्षक -शिक्षिका तथा कर्मचारीहरूले विद्यालयमा चकलेट बाँड्ने तथा केक काट्ने जस्ता कार्यहरूलाई बन्द गरी सकिन्छ भने आफ्नो इच्छा अनुसारको रकम र सकिन्न भने दिनको एक रुपैयाँका दरले ३६५ रुपैयाँ आफ्नो जन्मदिनको अवसरमा विद्यालयको खातामा जम्मा गर्ने निर्णय गरिएको छ। यो प्रशंसनीय कार्यका लागि अध्यक्षज्यूप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछौं।