15/09/2026
अभिभावकज्यूहरुलाई सूचना
भोलि मिति २०८३/०५/३१ गते बुधवार प्रथम त्रैमासिक परीक्षाको Progress Report वितरण तथा शिक्षक–अभिभावक संयुक्त बैठक र सामाजिक परीक्षण प्रतिवेदन-२०८२/८३ प्रस्तुत निम्न समय तालिकाअनुसार हुने भएकाले सम्बन्धित सम्पूर्ण अभिभावकज्यूहरूलाई आ–आफ्नो समय तालिकाअनुसार अनिवार्य रूपमा उपस्थित भइदिनुहुन अनुरोध गरिन्छ।
समय तालिका :
कक्षा ६–८ : बिहान ११:००–११:४५ बजे
कक्षा ९–१० : बिहान ११:४५–१२:३० बजे
उक्त सम्बन्धी सूचना/चिठी विद्यार्थीमार्फत पठाइसकिएको व्यहोरा समेत जानकारी गराइन्छ।
विद्यालय प्रशासन