Shree Kulung English Boarding School

Shree Kulung English Boarding School Established in 2067 B.S.

असल अभिभावक बन्ने हो भने…१. स्कुल पठाउनुअघि तयारी हेर्नुहोस्।कापी, कलम, किताब, ड्रेस, जुत्ता–मोजा लगायत आवश्यक सामग्री व...
01/10/2026

असल अभिभावक बन्ने हो भने…

१. स्कुल पठाउनुअघि तयारी हेर्नुहोस्।
कापी, कलम, किताब, ड्रेस, जुत्ता–मोजा लगायत आवश्यक सामग्री व्यवस्थित छन् कि छैनन्, कहिलेकाहीँ आफैँ हेर्नुहोस्।

२. बेला–बेला स्कुल पुग्नुहोस्।
बच्चाले कस्तो पढिरहेको छ, उसको व्यवहार र प्रगति कस्तो छ भनेर शिक्षकसँग बुझ्नुहोस्।

३. बच्चाकै अगाडि शिक्षकसँग विवाद नगर्नुहोस्।
असहमति भए पनि सम्मानपूर्वक विद्यालय प्रशासन वा शिक्षकसँग छुट्टै कुरा गर्नुहोस्।

४. घरमा पनि सिकाइको वातावरण बनाउनुहोस्।
स्कुलले मात्र होइन, अभिभावकले पनि आफ्नो क्षमताअनुसार बच्चालाई सम्झाउने, सिकाउने र साथ दिने गर्नुहोस्।

५. शिक्षकलाई धन्यवाद भन्न कञ्जुस्याइँ नगर्नुहोस्।
एक शब्दको सम्मानले शिक्षकलाई अझ जिम्मेवार र उत्साहित बनाउन सक्छ।

६. ‘पैसा तिरेपछि सबै जिम्मेवारी स्कुलको’ नठान्नुहोस्।
विद्यालय र अभिभावक दुवैको सहकार्यबाट मात्र बालबालिकाको राम्रो भविष्य निर्माण हुन्छ।

७. कक्षामा चियोचर्चो वा छड्के जाँच गर्न नखोज्नुहोस्।
विश्वासको वातावरण बनाउनुहोस्। समस्या भए शिक्षकसँग संवाद गर्नुहोस्।

८. बच्चालाई अरूसँग तुलना नगर्नुहोस्।
“फलानोको छोरा/छोरी त यस्तो छ…” भन्ने वाक्यले प्रेरणा होइन, हीनभावना जन्माउन सक्छ।

९. छोराछोरीबीच भेदभाव नगर्नुहोस्।
छोरा होस् वा छोरी—माया, अवसर र सम्मानमा समानता हुनुपर्छ।

१०. बच्चाको अगाडि धुम्रपान र मद्यपान नगर्नुहोस्।
बच्चाले तपाईंको कुरा मात्र होइन, तपाईंको व्यवहार पनि सिकिरहेको हुन्छ।

११. बालबालिकाको अगाडि झगडा नगर्नुहोस्।
घरको वातावरणले बच्चाको मन र व्यवहारमा गहिरो प्रभाव पार्छ।

१२. बच्चाको अगाडि स्कुल र शिक्षकको नकारात्मक कुरा नगर्नुहोस्।
समस्या छ भने विद्यालयमै आएर समाधान खोज्नुहोस्।

१३. चित्त नबुझेको कुरा विद्यालयमै राख्नुहोस्।
प्रिन्सिपल, कोअर्डिनेटर वा सम्बन्धित शिक्षकसँग सभ्य र समाधानमुखी संवाद गर्नुहोस्।

१४. कुटपिट र गालीगलौजलाई अनुशासन नठान्नुहोस्।
डरले बच्चालाई केही समय चुप लगाउन सकिएला, तर जिम्मेवार बनाउन सकिँदैन।

१५. ‘पढ मात्र’ नभन्नुहोस्।
उमेरअनुसारका घरायसी काम सिकाउनुहोस्—आफ्नो सामान मिलाउने, कोठा सफा गर्ने, पानी राख्ने, कपडा मिलाउने आदि।

१६. हरेक कामको बदलामा सामानको प्रलोभन नदेखाउनुहोस्।
जिम्मेवारीलाई पुरस्कारसँग मात्र जोड्दा बच्चामा गलत अपेक्षा विकास हुन सक्छ।

१७. अभिभावक भेलालाई औपचारिकता नबनाउनुहोस्।
स्कुलले बोलाएको बेला सकेसम्म उपस्थित हुनुहोस्। त्यहाँको संवादले बच्चालाई बुझ्न धेरै सहयोग गर्छ।

१८. बच्चाको कुरा पनि सुन्नुहोस्।
उसले गल्ती गर्दा तुरुन्त फैसला सुनाउनुको सट्टा—“के भयो?” भनेर पहिले सुन्ने बानी बसाल्नुहोस्।

१९. अंकभन्दा प्रयासको पनि प्रशंसा गर्नुहोस्।
हरेक बच्चाको गति फरक हुन्छ। उसले हिजोभन्दा आज केही राम्रो गरेको छ भने त्यो पनि उपलब्धि हो।

२०. बच्चालाई सधैँ यो महसुस गराउनुहोस्—‘म तिम्रो पक्षमा छु।’गल्ती गर्दा सच्याउनुहोस्, असफल हुँदा साथ दिनुहोस् र सफल हुँदा खुसी मनाउनुहोस्।

बच्चालाई पढाइमा मात्र होइन, जीवनमा पनि साथ दिनुहोस् । असल अभिभावक हुनु भनेको स्कुलको शुल्क तिर्नु मात्र होइन, बच्चाको जीवनमा जिम्मेवार साथी बन्नु हो।

29/09/2026

Parents interaction

मिति: २०८३/०६/१३प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा शिक्षाको स्तरोन्नतिका लागि अभिभावक भेटघाट कार्यक्रमनर्सरीदेख...
29/09/2026

मिति: २०८३/०६/१३
प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा शिक्षाको स्तरोन्नतिका लागि अभिभावक भेटघाट कार्यक्रम
नर्सरीदेखि कक्षा ६ सम्मका ६०% भन्दा बढी अभिभावकहरूको उपस्थितिमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं।

कार्यक्रममा हामीले शिक्षा, नतिजा र अनुशासन लगायत विभिन्न विषयहरूमा छलफल गर्नुका साथै, अभिभावकहरूलाई घरमा बालबालिकाका लागि उत्तम शैक्षिक वातावरण सिर्जना गरिदिनुहुन अनुरोध पनि गर्‍यौं।

विद्यालयलाई आवश्यक पर्ने महत्त्वपूर्ण सुझाव र सहयोग प्रदान गर्नुभएकोमा सम्पूर्ण अभिभावकहरूलाई धन्यवाद व्यक्त गर्दछौं, हामी तपाईंहरू सबैप्रति अत्यन्तै आभारी छौं।

यदि तपाईंसँग विद्यालयका लागि कुनै सुझाव छ भने जुनसुकै बेला पनि हामीसँग साझेदारी गर्न सक्नुहुन्छ। यसका लागि तपाईं अभिभावक वा सरोकारवाला नै हुनुपर्छ भन्ने छैन, कृपया हाम्रा एक असल शुभचिन्तक बन्नुहोस्।धन्यवाद!

श्री कुलुङ इङ्लिस बोर्डिङ स्कुल परिवार

24/09/2026

Shree kulung English Boarding School

Notice: Regarding school and results publication
Dear parents,
The school has decided to give holiday until 11th of ashoj until further notice due to recent climate conditions. The result publication scheduled on Friday is also postponed until further notice by the school’s administration

We urge all people to be safe on this climatic disaster.

SKEBS
Salpasilichho-1, Bhojpur

03/09/2026

Happy birthday Saraksha Khanal miss hope you have an amazing year

18/08/2026

"The capacity to learn is a gift; the ability to learn is a skill; the willingness to learn is a choice."
— Brian Herbert

"सिक्ने सामर्थ्य एउटा उपहार हो; सिक्ने योग्यता एउटा सीप हो; सिक्ने इच्छा एउटा रोजाइ हो।"
— ब्रायन हर्बर्ट

श्री कुलुङ इङ्लिस बोर्डिङ स्कुल, सिलपासिलिच्छो-१, भोजपुरआदरणीय अभिभावकज्यूहरू, विद्यार्थी साथीहरू तथा शुभचिन्तकज्यूहरू,ह...
17/08/2026

श्री कुलुङ इङ्लिस बोर्डिङ स्कुल, सिलपासिलिच्छो-१, भोजपुर

आदरणीय अभिभावकज्यूहरू, विद्यार्थी साथीहरू तथा शुभचिन्तकज्यूहरू,

हामी अत्यन्तै गर्वका साथ हाम्रो विद्यालयमा सञ्चालित कृषि अतिरिक्त क्रियाकलाप (ECA)को झलक प्रस्तुत गर्दैछौं!

हाम्रा विद्यार्थीहरूले कृषि कक्षामा बोडी, भेण्डी, काँक्रो, खरबुजा लगायतका तरकारी र फलफूलहरू कसरी हुर्काउने भन्ने कुरा सफलतापूर्वक सिकेका छन्। 🥒🍉🫛🥬

हाम्रो उद्देश्य:
यी कृषि कक्षाहरूमार्फत हामी विद्यार्थीहरूलाई पर्याप्त व्यावहारिक सीप प्रदान गर्न चाहन्छौं, ताकि उनीहरूले आफ्नो घर र समुदायमा सहज रूपमा तरकारी तथा फलफूल खेती गर्न सकून्।

माटोमा हात लगाउँदै, बीउ उमार्दै, हुर्काउँदै र फल टिप्दै — विद्यार्थीहरूले प्रत्यक्ष अनुभवमार्फत कृषिको आनन्द लिएका छन्। यसले उनीहरूमा प्रकृतिप्रतिको माया, धैर्यता र आत्मनिर्भरताको भावना विकास गर्छ।

विशेष धन्यवाद:
यो अवसरमा हामी कक्षा ६ का विद्यार्थीहरूलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छौं। 🙌👏 उनीहरूले यो कृषि गतिविधिमा अत्यन्तै उत्साह र रुचि देखाउनुभयो। बीउ रोप्नेदेखि लिएर, पानी हाल्ने, गोडमेल गर्ने, हुर्काउनेसम्मका सम्पूर्ण कार्यहरू मुख्यतः उनीहरूकै हातबाट सम्पन्न भएका छन्।उनीहरूको यो मेहनत, समर्पण र लगाव साँच्चै प्रशंसनीय छ! 💪🌱

हाम्रा साना किसानहरूको यो सुन्दर यात्रामा सहभागी हुनुहुने सबै शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई पनि हार्दिक धन्यवाद! 🙏✨

📸 तलका तस्बिरहरूमा हेर्नुहोस् हाम्रो कृषि गतिविधिहरूको झलक:

#श्रीकुलुङइङ्लिसबोर्डिङस्कुल #भोजपुर #सिलपासिलिच्छो #कृषिशिक्षा #कक्षा६ #विद्यालय #तरकारीखेती #बालकृषक #शिक्षा #गर्वकोक्षण

शिक्षा किताबमा मात्र होइन, माटोमा पनि हुन्छ।

Address

Salpasilichho Rural Municipality, Ward No./1
Bhojpur

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:30
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Shree Kulung English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share