श्री कालिका आ वि, हतुवागढी-४, शैक्षिक सुधारार्थ आर्थिक सहयोग अभियान

श्री कालिका आ वि, हतुवागढी-४, शैक्षिक सुधारार्थ आर्थिक सहयोग अभियान

Share

कालिका आधारभुत बिध्यालय, हतुवागढी-४, भोजपुरमा अवस्थित एक सामुदयिक बिध्यालय हो।

Photos from श्री कालिका आ वि, हतुवागढी-४, शैक्षिक सुधारार्थ आर्थिक सहयोग अभियान's post 15/11/2024

आज मिति २०८१/०७/३० गतेको बृहत् शिक्षक- अबिभावक भेला गरि आज सम्म जम्मा भएको सहयोग रकम विवरण सार्वजानिक, सामाग्री खरिद विवरण सार्वजानिक तथा वितरण कार्यक्रम सम्पन्न।

जम्मा संकलित आर्थिक सहयोग रकम रु. १६५८६५/- ( एक लाख पैसठ्ठी हजार आठ सय पैसठ्ठी रुपैयाँ)

जम्मा खर्च गरिएको रकम रु. १५३८१०/-
मौजदात रकम- १२०५५/-

सम्पुर्ण सहयोगी दाताहरुमा पुन धन्यवाद ब्यक्त गर्दै हजुरहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।

केही जिज्ञासा तथा सुझाव सल्लाह भएमा ९८४०३६२०३१, ९८६२२९६१०१ मा सम्पर्क गर्नुहुन अनुरोध छ।

श्री कालिका आ. वि.
हतुवागढी-४, लुङ्थुङ्ग खैराङ्ग, भोजपुर।

14/11/2024

पछिल्लो समय गोर्खा न्यु भिजन ट्रेनिङ्ग सेन्टर धरान बाट रु १००००/-, रबिन राई हतुवागढी-४, हाल मलेसिया बाट रु. ६०५०/- र anonymous donor बाट रु. २०००/- प्राप्त भएको जानकारी गराउदछौ।

हाल सम्मको सहयोगी दाताहरुको नामावली यस प्रकार रहेको छ। भोलि मिती २०८१/०७/२९ गते अविभावक भेला र सामाग्री खरिद विवरण सार्वजनिक तथा सामाग्री वितरण कार्यक्रम रहेको जानकारी गराउदछौ।🙏

14/11/2024

हाल सम्मको सहयोगी दाताहरुको नामावली यस प्रकार रहेको छ। भोलि मिती २०८१/०७/२९ गते अविभावक भेला र सामाग्री खरिद विवरण सार्वजनिक तथा सामाग्री वितरण कार्यक्रम रहेको जानकारी गराउदछौ।🙏

07/11/2024

नमस्कार!
सर्वप्रथम त हाम्रो श्री कालिका आ वि, हतुवागढी-४, शैक्षिक सुधारार्थ आर्थिक सहयोग अभियान लाई देश तथा बिदेश बाट गर्नु भएको आर्थिक, भौतिक, नैतिक सहयोग साथै रचनात्मक सल्लाह सुझाव दिनुहुने महानुभावहरुमा हामी विद्यालय परिवार तथा अभियान्ताहरुको तर्फबाट धन्यवाद व्यक्त गर्दछौ। यहाँहरुको यस किसिमको साथ र सल्लाह साथै सामुदायिक तथा बिद्यालयको समन्वयबाट हाम्रो शैक्षिक क्षेत्रमा अझ थप उन्नती प्रगती सम्भव रहने कुरामा हामी बिश्वस्त भएकाछौ। आगामी दिनहरुमा पनि हजुरहरुको साथ, सल्लाह र सुझावलाई अपरिहार्य ठान्दै हामिले संचालन गरेको यस अभियान पुर्ण रुपमा आजको मिति (२०८१/०७/२२ गते) बाट बन्द हुने कुरा जानकारी गरादछौ।

आज सम्म जम्मा भएको कुल आर्थिक सहयोग तथा सहयोग रकमलाई गरिएको लगानिलाई पारदर्शी बनाउन हामि तपाईंहरू माझ अझै सम्पर्कमा रहने र यसै पेज मार्फत अन्य कार्यहरुको प्रगति बिवरणहरु राख्दै जाने कुरा पनि जानकारी गर्दछौं । पुन: सम्पुर्ण सहयोगी मनहरु प्रती हार्दिक कृतज्ञता प्रकट गर्दछौ।
धन्यवाद ।

श्री कालिका आधारभुत बिद्यालय
हतुवागढी-४, लुङ्थुङ्ग, भोजपुर

01/11/2024

यस कालिका आधारभुत विद्यालयको 'शैक्षिक सुधारार्थ अभियान' मा हामीलाई अहिलेसम्म सहयोग प्राप्त महानुभावहरुको नामावली निम्नानुसार रहेको छ-

१. जंगलाल बुढा (जुम्ला/ कोरिया) ४०,०००₩
२. जंग गुरुङ्ग (लमजुङ/कोरिया) ५०,०००₩
३. उदय राई (भोजपुर/कोरिया) रु. ५,५५५/-
४. अमृता राई + मनिला राई (भोजपुर) रु. ४,०००/-
५. श्याम अधिकारी (बझाङ/कोरिया) २५,०००₩
६. दिवश राई (भोजपुर/मलेसिया) रु. ५,०००/-
७. प्रताप सिंह राई (भोजपुर/मलेसिया) रु. ५,०००/-
८. बिनिता राई (भोजपुर/मलेसिया) रु. ५,०००/-
९. बिष्णु हाङ्ग राई (भोजपुर/मलेसिया) रु. ४०००/-
१०. बिदेश कुमार राई (भोजपुर/दक्षिण कोरिया) रु. १७५००/-
११. पृथीराज राई (भोजपुर/दक्षिण कोरिया) रु. १७५००/-
१२. आकाश राई (भोजपुर/दक्षिण कोरिया) रु. १७५००/-
१३. होम प्रसाद राई (भोजपुर/दक्षिण कोरिया) रु. १७५००/-
१४. मिलन चाम्लिङ्ग राई (उदयपुर/दक्षिण कोरिया) रु. ५०५०/-
१५. अर्जुन राई (भोजपुर/साउदी अरेबिया) रु. ५०००/-
१६. गणेश राई (भोजपुर/साउदी अरेबिया) रु. ५०५०/-
१७. विश्व राई (भोजपुर/मलेसिया) रु. ५०००/-
१८. दिपेश राई ( ओखलढुङ्गा/ दक्षिण कोरिया) रु. ३०००/-
१९. परिचय नखुलाउने सर्तमा रु. २०००/-
२०. कालिका आ. बि. कर्मचारी समूह बाट एकमुष्ट रु. १००००/-
२१. ......
२२ . .........क्रमश......

शुभदिपावली २०८१ को मंगलमय शुभकामना ब्यक्त गर्दै हाम्रो अभियान अन्तिम चरणमा रहेको र २०८१/७/२२ गते बाट पुर्ण रुपमा बन्द रहने ब्यहोरा पनि जानकारी गराउन चाहान्छौ।
-धन्यवाद!

21/10/2024

हाम्रो अभियानमा निरन्तर रुपमा जोडिदै !!!

स्थायी ठेगाना ओखलढुङ्गा भै हाल रोजगारिको शिलशिलामा दक्षिण कोरिया रहदै आउनु भएका समाजसेवी तथा सहयोगी मनका धनी श्री दिपेश राई ज्यु ले निम्न बमोजिम सहयोग गर्नु भएकोमा तपाईं प्रति बिद्यालय परिवार हार्दिक आभार ब्यक्त गर्दै थप उन्नती प्रगतिको कामना गर्दछौ।

नाम: दिपेश राई
ठेगाना: ओखलढुङ्गा (हाल: दक्षिण कोरिया)
सहयोग रकम: रु. ३०००/- (तीन हजार रुपैयाँ )

Photos from श्री कालिका आ वि, हतुवागढी-४, शैक्षिक सुधारार्थ आर्थिक सहयोग अभियान's post 21/10/2024
Photos from श्री कालिका आ वि, हतुवागढी-४, शैक्षिक सुधारार्थ आर्थिक सहयोग अभियान's post 21/10/2024

हाम्रो अभियानमा निरन्तर जोडिदै!!!

स्थायी ठेगाना भोजपुर जिल्ला हतुवागढी-४, भोजपुर घर भई रोजगारीको शिलशिलामा मलेसियामा रहनु भएका श्री बिश्व राई ज्युले यस कालिका आधारभुत विद्यालयलाई निम्न बमोजिम सहयोग गर्नु भएकोमा तपाई प्रति यस विद्यालय परिवार हार्दिक आभारसहित मलेसियाको बसाइ सुखद् रहोस् भन्ने कामना गर्दछौं।

नाम: विश्व राई
ठेगाना: हतुवागढी-४, भोजपुर (हाल मलेसिया)
सहयोग रकम: रु. ५,०००/- (पाँच हजार रुपैयाँ )

Photos from श्री कालिका आ वि, हतुवागढी-४, शैक्षिक सुधारार्थ आर्थिक सहयोग अभियान's post 21/10/2024

हाम्रो अभियानमा निरन्तर जोडिदै!!!

स्थायी ठेगाना भोजपुर जिल्ला हतुवागढी-४, भोजपुर घर भई रोजगारीको शिलशिलामा साउदी अरेबियामा रहनु भएका श्री गणेश राई ज्युले यस कालिका आधारभुत विद्यालयलाई निम्न बमोजिम सहयोग गर्नु भएकोमा तपाई प्रति यस विद्यालय परिवार हार्दिक आभारसहित साउदी अरेबियाको बसाइ सुखद् रहोस् भन्ने कामना गर्दछौं।

नाम: गणेश राई
ठेगाना: हतुवागढी-४, भोजपुर (हाल साउदी अरेबिया)
सहयोग रकम: रु. ५,०५०/- (पाँच हजार पचास)

21/10/2024

आदरणीय महानुभावहरुमा नमस्कार!

हामिले कालिका आ. वि. शैक्षिक सुधारार्थ अभियान संचालन गरेको केही समय भित्रै देश तथा परदेशबाट गर्नुभएको सहयोग र चासोले हामी विद्यालय परिवार एकदमै आभारी छौ। यो अभियान संचालनको एउटै उद्देश्य भनेको बिद्यालयमा बिद्यार्थी तथा शिक्षकहरुले शिक्षण सिकाईको दौरानमा भोग्दै गरेका समस्याहरुलाई समाधान गर्दै अझ प्रभावकारी रुपमा शिक्षण शिकाई कार्यलाई संचालन गर्नु हो। यद्यपि यो शिर्षक प्रति यहाँहरु धेरै जनाले जिज्ञासा जनाउनु भएकोले ती समस्याहरुलाई निम्नानुसार उतारिएका छ।

१. पोसाकमा एकरुपता ल्याउन
(धेरै जसो बिद्यार्थीहरुसंग पोषाक नभएको र तत्काल ब्यावस्था गर्न समेत नसक्ने भएको र जाडो याममा सिकारुहरुले असहज महसुस गरेकाले)

२. बालकक्षाका विद्यार्थीहरुको लागि नयाँ कार्पेट खरिद गर्न

३. खेलकुदका सामाग्री (भलिबल, स्किपिङ्ग रोप तथा अन्य बाल खेलकुद सामाग्री खरिद गर्न)

४. अतिरिक्त कृयाकलाप संचालनार्थ स्पिकर र माईक्रो फोन खरिद गर्न

५. गणित शिक्षणमा सहजता ल्याउन Geometry box, Base ten Block, खरिद गर्न साथै शिक्षण सिकाई कार्यलाई आवस्यक म्याप तथा अन्य सामाग्री खरिद गर्न

६. विद्यार्थी ID Card निशुल्क र अनिवार्य गर्न
आदि

उल्लेखित समस्याहरुलाई सम्बोधन गर्ने उद्देश्यले संचालन गरिएको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने र सल्लाह सुझाव दिनुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै यहीँ मिति २०८१/०७/२२ गते छठ पर्वको दिन देखि हाम्रो अभियान पूर्ण रुपमा बन्द रहने ब्यहोरा जानकारी गरिन्छ। सहयोग गर्न इच्छुक कोहि छुट्नु भएमा यहि सुचनालाई आधार मानी सोही बमोजिम गर्नुहुन अनुरोध छ।

Photos from श्री कालिका आ वि, हतुवागढी-४, शैक्षिक सुधारार्थ आर्थिक सहयोग अभियान's post 12/10/2024

धन्यवाद अर्जुन जि🙏🙏

Photos from श्री कालिका आ वि, हतुवागढी-४, शैक्षिक सुधारार्थ आर्थिक सहयोग अभियान's post 12/10/2024

हाम्रो अभियानमा निरन्तर रुपमा जोडिदै !!!

स्थायी ठेगाना हतुवागढी-४, भोजपुर भै रोजगारिको शिलशिलामा साउदी अरेबियामा रहनुभएका श्री अर्जुन राई ज्यु ले निम्न बमोजिम सहयोग गर्नु भएकोमा तपाईंहरु प्रति बिद्यालय परिवार हार्दिक आभार ब्यक्त गर्दै थप उन्नती प्रगतिको कामना गर्दछौ।

नाम: अर्जुन राई
ठेगाना: हतुवागढी-४, भोजपुर
सहयोग रकम: रु. ५०००/-

Want your school to be the top-listed School/college in Bhojpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

हतुवागढी-४, भोजपुर, कोशी प्रदेश
Bhojpur