27/09/2026
🎂 जन्मदिनको शुभकामना तथा विशेष आभार 🎉
मिति २०८३ साल अशोज ११ गते, हाम्रो विद्यालय Shangrila English Boarding School का SLC २०७१ ब्याचका पूर्व विद्यार्थी अलिसा उप्रेतीले आफ्नो शुभ जन्मदिनको पावन अवसरमा विद्यालयद्वारा स्थापित “साँग्रिला जन्मदिवस तथा छात्रवृत्ति अक्षयकोष” मा रु. २,५०५/- (अक्षरेपि दुई हजार पाँच सय पाँच रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
अलिसा नानीको जन्मदिनलाई सामाजिक उत्तरदायित्व, सहयोग र सद्भावसँग जोड्दै अक्षयकोषमा योगदान गर्नु अत्यन्त प्रशंसनीय तथा प्रेरणादायी कार्य हो। यस्ता सहयोगले विद्यालयको छात्रवृत्ति तथा सामाजिक सेवामूलक अभियानलाई थप सशक्त बनाउने विश्वास विद्यालय परिवारले लिएको छ।
जन्मदिनको सुखद अवसरमा सुस्वास्थ्य, उज्ज्वल भविष्य, प्रगति तथा जीवनभर सफलता र खुसीको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
🎊 अलिसा नानी लाई जन्मदिनको हार्दिक शुभकामना! 🎊
— विद्यालय परिवार
Shangrila English Boarding School