25/06/2025
समस्या सृजना गरिएको करिब ५-६महिना बितिसक्दा कलेज प्रशासनले बारम्बार सम्पर्कमा आउन आग्रह गर्दा पनि केही अत्तोपत्तो नभएका कथित पिडित माथी छानबिन गर्ने निर्णय कत्तिको तर्कसंगत हो?छानबिन नै गर्ने इच्छा भए यहाँ अध्यनरत छात्राहरुसगं गर्नुहोस् भन्ने विषय पनि पटक पटक उठान भएकै छ।साथै यस्ता भ्रामक समाचारहरुको प्रचार गरेर कुनै संस्थाको बर्षौंको प्रतिष्ठामा नकारात्मक प्रभाव नपार्न नम्र निवेदन छ।
द काठमाणाडु पोस्टको आजको यो समाचारमा कुनैपनि कुरा नयाँ छैन । अहिलेसम्म कुनै पनि पीडित प्रत्यक्ष सम्पर्कमा नआएकोले (पीडित नै नभएकोले) कथित केएसएल एकाउन्टिबिलिटी नामको विक्षिप्त विद्यार्थीहरूको फेसबुक समुहले महिला आयोगमा KSL बिरुद्ध अनुसन्धान गर्न निरन्तर दबाब दिदै आए पनि महिला आयोग सदस्यले "प्राप्त सूचनाका आधारमामात्र अनुसन्धान अघि बढाउन नसक्ने" भनेको कुरालाई "KSL को यौन दूूर्व्यवहार अभियोगमा महिला आयोगले अनुसन्धान गर्ने" भन्ने भ्रामक शीर्षक राखि प्रकाशित गरिएको समाचारको खण्डन गर्दै उक्त समाचारप्रति खेद व्यक्त गर्दछौँ । विद्यार्थी भर्नाको समयलाई लक्षित गरि दुई महिना अघि नै सम्प्रेषित भैसकेको समाचारलाई नयाँ शीर्षक दिइ समाचार सम्प्रेषण गर्ने कार्य नियोजित, कुत्सित, निन्दनीय र खेद्पूर्ण छ । यसरी समाचार प्रवाह गर्न षडयन्त्र गर्ने कथित KSL Accountability समूह लाई आफु बिरुद्ध लागेको अदालतमा विचाराधीन मुद्दा डटेर सामना गरी अदालतलाई न्यायनिरूपणमा सहयोग पुर्याउन र धेरै रूवाबासी नगरी जिम्मेवार रूपमा प्रस्तुत हुन हामी चुनौती दिन्छौं । साथै, यस्ता कुहिएका समाचारबाट कोहीपनि विद्यार्थी, अभिभावक तथा सर्वसाधारण भ्रमित नहुन आग्रह समेत गर्दछौँ ।
- हाम्रो KSL राम्रो KSL