राजु सेजवाल- Raju Sejwal

राजु सेजवाल- Raju Sejwal कसैलाई जित्ने रहर छैन , कसैसँग हार्ने मन पनि छैन बस आफ्नो बाटोमा हिँड्नु छ र आफ्नै पहिचान बनाउनु छ ।

✍️Iemis मा प्राेत्साहन भत्ता set गर्ने तरिका । नाेट: Teacher salary setup नगरेसम्म प्राेत्साहन भत्ता set गर्न मिल्दैन  ।
20/08/2026

✍️Iemis मा प्राेत्साहन भत्ता set गर्ने तरिका ।
नाेट: Teacher salary setup नगरेसम्म प्राेत्साहन भत्ता set गर्न मिल्दैन ।

20/08/2026

✍️ Iemis मा Teacher Salary Setup गरेपछि मात्र प्राेत्साहन भत्ता ( Performance Grant Setup ) हुन्छ ।

✍️शिक्षककाे स्थानीय भत्ता सम्बन्धि  सूचना पत्र ।
20/08/2026

✍️शिक्षककाे स्थानीय भत्ता सम्बन्धि सूचना पत्र ।

✍️तलब वृद्धि भएकाे प्रेस विज्ञप्ति
19/08/2026

✍️तलब वृद्धि भएकाे प्रेस विज्ञप्ति

✍️Iemis system मा स्थानिय भत्ता काे option set भएकाे छ ।
19/08/2026

✍️Iemis system मा स्थानिय भत्ता काे option set भएकाे छ ।

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय काठमाडौँ, ३ भदौ । शिक...
19/08/2026

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय

काठमाडौँ, ३ भदौ । शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्र्रारम्भिक बालविकास इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ । त्यस्तै, आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक ३४ हजार ७३० रुपैयाँबाट ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, इसिडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ थप गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार (इसिडी) सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट १७ हजार रुपैयाँ, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार रुपैयाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपैयाँ पुगेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दूरदराजका विद्यालयहरुमा अहोरात्र खट्ने विद्यालय कर्मचारी तथा इसिडी सहजकर्ताले लामो समयदेखि भोग्दै आउनुभएको समस्या समाधानको पहिलो चरण भएको उल्लेख गर्नुभयो । सरकार उहाँहरुको रोजगारी सुरक्षा र पेशागत बृद्धि तथा समग्र वृत्तिविकासमा प्रतिवद्ध रहेको र विद्यालय शिक्षाको क्षेत्रमा लामो समयदेखि थाती रहेका समस्याहरुलाई संवादमार्फत दिगो समाधान गर्न लागि रहेको उहाँको भनाई छ ।
मन्त्री पोखरेलले सीमित स्रोतका बाबजुद आवश्यक बजेट व्यवस्थापनमा सहजीकरण गरेकोमा अर्थमन्त्रीप्रति धन्यवादसमेत व्यक्त गर्नुभएको छ ।
पारिश्रमिक वृद्धि भएपछि न्यून पारिश्रमिकमा सामुदायिक विद्यालयमा कार्यरत इसिडी सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय सहयोगी तथा सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका शिक्षक प्रत्यक्ष लाभान्वित हुनेछन् । यसबाट विद्यालयमा कार्यरत जनशक्तिको मनोबल वृद्धि भई शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सरकारले निर्णयलाई विद्यालय शिक्षामा कार्यरत जनशक्तिको समस्या समाधान गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ । विद्यालय शिक्षाका लागि आवश्यक जनशक्ति र स्रोतको सुव्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ ।
पारिश्रमिक वृद्धि कार्यान्वयनपछि सरकारमाथि वार्षिक ४ अर्ब ६८ करोड ९८ लाख २८ हजार १०० रुपैयाँ थप दायित्व सिर्जना हुने बताइएको छ ।

19/08/2026

✍️आज बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय कर्मचारी इसीडी शिक्षक र विद्यालय लेखापालको तलब ५ हजारले बढाउने निर्णय गरेको छ।

✍️तलब वृद्धि तथा प्रोत्साहन भत्ता सम्बन्धमा।
19/08/2026

✍️तलब वृद्धि तथा प्रोत्साहन भत्ता सम्बन्धमा।

19/08/2026

✍️विद्यालय सहयोगी, विद्यालय लेखापाल र इसिडी शिक्षकलाई समेत ५००० महँगी भत्ता उपलब्ध गराउन शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ ।

✍️एउटा अनौपचारिक भेटघाटमा बोल्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले संघीय अनुदानका शिक्षकहरूको तलब अन्य शिक्षक सर...
19/08/2026

✍️एउटा अनौपचारिक भेटघाटमा बोल्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले संघीय अनुदानका शिक्षकहरूको तलब अन्य शिक्षक सरह २१% ले बढाउने गरी प्रस्ताव तयार पारिएको बताएका छन् ।

यसका लागि अर्थ मन्त्रालयले सहमति दिइसकेको र उक्त प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकबाट पास गराउने गरी प्रशासनिक कार्य समेत भइसकेको समेत उनले बताएका छन् ।

Address

Bhairahawa
Taulihawa

Website

Alerts

Be the first to know and let us send you an email when राजु सेजवाल- Raju Sejwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category