ARJUN

ARJUN A teacher, Academic Leader, and Motivational Speaker

आत्मविश्वासको शक्तिले जितेको मान्छे: 'केरली ताकोच'ह‌‍‌ङगेरीका सिपाही केरली ताकोच सुटिङमा विश्वस्तरको निशानेबाज बन्ने स्प...
20/11/2025

आत्मविश्वासको शक्तिले जितेको मान्छे: 'केरली ताकोच'
ह‌‍‌ङगेरीका सिपाही केरली ताकोच सुटिङमा विश्वस्तरको निशानेबाज बन्ने स्पष्ट लक्ष्यका साथ सेनामा प्रवेश गरेका थिए। उनले सैनिक क्याम्पमा सुटिङको राम्रो अभ्यास गर्ने मौका पाए । तर सन् १९३८ मा सैन्य प्रशिक्षणका क्रममा भएको ग्रेनेड विस्फोटले उनको दायाँ हात (त्यो हात जसले उनले भविष्य निर्माण गर्न खोजेका थिए) एकाएक खोसियो। बिश्वले उनको करियर समाप्त भएको ठान्यो । उनका प्रतिस्पर्धिहरु खुसी भए । तर केरलीले हार मान्नुको साटो बायाँ हातले फेरि शून्यबाट सुटिङको अभ्यास सुरु गरे। 'मैले के गुमाएँ भन्दापनि मसँग के छ' भन्ने कुरामा उनी केन्द्रिकृत भए । जब सहर मस्त निन्द्रामा हुन्थ्यो, उनी कसैले नदेख्ने गरी बाँया हातले अभ्यास गर्थे । यो यात्रामा साथ दिए त केवल उनको हठले, उनको इच्छाशक्तिले, र उनको अटुट अपराजेय चरित्रले । दृढ सङ्कल्प, निरन्तरता, अनुशासन, अटुट मनोबल र आत्मविश्वासको शक्तिले उनलाई फेरि प्रतिस्पर्धाको मैदानमा उभिने बनायो ।
हङ्गेरीको राष्टि«य प्रतिस्पर्धामा उनलाइ देखेर अन्य सहभागी खेलाडिले उनिप्रति सहानुभुति राख्दै भने 'हाम्रो हौसला बढाउन आउनुभएकोमा हामी आभारी छौं।' जवाफमा केरलीले भने, 'म तपाइहरुसँग प्रतिस्पर्धा गर्न आएको हुँ, हौसला बढाउन होइन।' अन्य प्रतिस्पर्धि चकित भए । पहिलोपटक बाँया हातले प्रतिस्पर्धा गर्दै उनी प्रथम भै ओलम्पिक खेलका लागि छनौट भए । दुर्भाग्यवश, दोस्रो विश्वयुद्धका कारण सन् १९४० र १९४४ मा सम्पन्न हुने ओलम्पिक खेल स्थगित भए । उमेरलाइ समेत चुनौती दिदै उनी निरन्तर अभ्यासमा रहे । करिब १० बर्षको अन्तरालपछि सन १९४८ को लण्डन ओलम्पिकमा उनले स्वर्ण पदक जित्दै विश्वलाई आश्चर्यचकित बनाए । उनी त्यत्तिमै सीमित भएनन् । सन १९५२ को हेलसिंकी ओलम्पिकमा समेत उनले दोस्रो स्वर्ण जितेर देखाए कि शरीरले होइन, आत्मविश्वासले जित्छ। दायाँ हात गुम्नु उनको हार होइन, नयाँ जीवनको आरम्भ भयो । उनले प्रमाणित गरे कि बाधा वा कठिनाइ केवल भ्रम मात्र हो । अभ्यास, समर्पण तथा आत्मविश्वास नै वास्तविकता निर्माण गर्ने शक्ति हुन्।

आत्मविश्वासको शक्तिभारतको बिहार राज्यका साधारण मजदुर दशरथ माँझीको जीवन एक दिन पूर्ण रूपमा बदलियो । पहाडले  छेकेका कारण ५...
19/11/2025

आत्मविश्वासको शक्ति
भारतको बिहार राज्यका साधारण मजदुर दशरथ माँझीको जीवन एक दिन पूर्ण रूपमा बदलियो । पहाडले छेकेका कारण ५५ कि मि बाटो श्रीमतीलाइ लिएर जाँदै गर्दा उनकी श्रीमतीको उपचार नपाएर निधन भयो। यो पीडाले उनलाई भित्र–भित्रै पोल्यो, तर उनले हार मान्नुभन्दा पनि असम्भवजस्तो देखिने काम गर्न आत्मविश्वासलाइ बलियो बनाए र संकल्प लिए कि 'एकदिन म पहाड काटेर बाटो बनाउछु र कुनैपनि मानिस मेरो श्रीमतीजस्तै उपचार नपाएर अकालमा मर्नुपर्ने छैन।' 'जब तक तोडुङगा नही तब तक छोडुङगा नही।' एक पुरानो बल्चा, हथौडा र दिनभरको श्रम मात्रै उनको साथ थियो, तर मनभित्रको आत्मविश्वास पहाडभन्दा कडा थियो। गाउँलेहरू हाँस्दै भन्थे, “माँझी एक्लैले पहाड काटेर के हुन्छ?” तर उनी मुस्कुराएर उत्तर दिन्थे, “अरूलाई मेरो जस्तो दुःख नहोस्।” जाडो, गर्मी, वर्षा कुनै बाधाले उनलाई रोकेन । २२ वर्ष लगातार एक्लैले पहाड काट्दै गए। अन्ततः उनको मेहनतले एक दिन उनको सपना साकार पार्यो । पहाडलाइ छेडेर ११० मिटर लामो, करिब ९ मिटर चौडा बाटो तयार भयो । जसले पहिलेको ५५ कि मी लाग्ने यात्रा १५ कि मी मा झर्‍यो। दशरथ माँझीको कथाले साबित गर्छ कि आत्मविश्वास, दृढ संकल्प र निरन्तर प्रयासको अगाडि यो संसारमा कुनै पहाड, कुनै बाधा वा कुनै चुनौती टिक्न सक्दैन। सलुट छ, दशरथ माँझी ।

बाटो बदल्नु, लक्ष्य होइन।सागर नामको युवक पाइलट बन्न चाहन्थ्यो। धेरै तयारी र मेहनत गरेपनि ऊ मेडिकल टेस्टमा पास हुन सकेन ।...
17/11/2025

बाटो बदल्नु, लक्ष्य होइन।
सागर नामको युवक पाइलट बन्न चाहन्थ्यो। धेरै तयारी र मेहनत गरेपनि ऊ मेडिकल टेस्टमा पास हुन सकेन । उसले आफ्ना सबै सपना टुटिसकेको महसुस गर्यो। निराश भएर घर फर्किँदा उसका हजुरबुबाले भन्नुभयो “सागर, सपनालाई होइन, सपनासम्म पुग्ने बाटोलाई बदल।” सागरले सोधे, “तर म पाइलट त हुन पाइनँ नि हजुरबा।”
हजुरबुबाले मुस्कुराउँदै भन्नुभयो, “आकाशमा उड्न पाइलट हुनै पर्दैन, आकाशसँग काम गर्ने सयौँ तरिका छन्। तिम्रो लक्ष्य आकाश नजिक जाने हो भने बाटो धेरै छन्।” वहाँको कुराले सागरको मन छोयो । उसले एभिएसन इन्जिनियरिङ पढ्ने निर्णय गर्यो। कडा मेहनतपछि ऊ देशकै प्रतिष्ठित एयरलाइन्समा मुख्य विमान–प्राविधिक बन्यो। बर्षहरु वित्दै गए । केहि समय पछि उ विभिन्न देशमा गै विमान प्राविधिकको कार्य गर्न थाल्यो । एकदिन उसले उडानका लागि तयार हुँदै गरेको ठूलो जहाजको पखेटा छोएर मुस्कुरायो र भन्यो “म कक्पिटमा बसेर उडान भर्न नसकेपनि आकाश नजिक त पुगेकै छु।”
नैतिक शिक्षा: लक्ष्य कहिल्यै छोड्नु हुँदैन। यदि बाटो रोकियो भने अर्को बाटो खोज्नुपर्छ किनकि लक्ष्यसम्म पुग्ने धेरै बाटोहरु हुन्छन्।

04/07/2025
 ゚viralシfypシ゚viralシalシ
04/07/2025

゚viralシfypシ゚viralシalシ

प्रेम, स्नेह र मायाले बालबालिकामा उर्जा भरौं ।
30/05/2025

प्रेम, स्नेह र मायाले बालबालिकामा उर्जा भरौं ।

आउनुहोस्ज्ञानको अथाह सागरमा विद्यार्थीलाई दिशानिर्देश गरौं ।प्रेम, स्नेह र मायाले असल बन्न उर्जा भरौं ।

Address

Bansgadhi-5, Bardiya Nepal

21802

Alerts

Be the first to know and let us send you an email when ARJUN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to ARJUN:

Shortcuts

  • Want your school to be the top-listed school/college?

Share