14/09/2026
शोक विदा सम्बन्धि सूचना
ठाकुरबाबा नगरपालिका वडा नं. ८, मढेला स्थित जगदम्बा माध्यमिक विद्यालयमा कार्यरत माध्यमिक तहका अंग्रेजी शिक्षक श्री दीर्घप्रसाद देवकोटाज्यूको दुखद् सडक दुर्घटनाका कारण असामयिक निधन भएको खबरले यस विद्यालय परिवारलाई स्तब्ध र मर्माहत बनाएको छ।
दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त देवकोटा परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।
साथै, उक्त दु:खद घटनाको शोक मनाउन ठाकुरबाबा नगरपालिकाद्वारा नगर भित्रका सम्पूर्ण विद्यालयहरूमा शोक विदा दिने निर्णय भए अनुसार मिति २०८३/०५/३० गते मंगलबारका दिन यस विद्यालयको पठनपाठन पूर्ण रूपमा बन्द रहने ब्यहोरा सम्बन्धित सबै अभिभावक तथा विद्यार्थीहरूमा सूचित गरिन्छ।
विद्यालय परिवार
श्री कर्णाली ईङ्गलिस वाेडिङ्ग स्कुल
ठाकुरबाबा-१ , बर्दिया