Bansgadhi United Public School

Bansgadhi United Public School "Quality Education For Peace & Prosperity"

गणतन्त्र दिवस २०८३ ले लोकतन्त्र, राष्ट्रिय एकता र जनअधिकारको महत्वलाई अझ सशक्त बनाओस्। सबैमा १९ औँ गणतन्त्र दिवसको हार्द...
29/05/2026

गणतन्त्र दिवस २०८३ ले लोकतन्त्र, राष्ट्रिय एकता र जनअधिकारको महत्वलाई अझ सशक्त बनाओस्। सबैमा १९ औँ गणतन्त्र दिवसको हार्दिक शुभकामना। जय देश जय नेपाल। 🇳🇵

27/05/2026

गर्मी मौसममा स्वास्थ्य सतर्कता सम्बन्धी अत्यन्त जरुरी सूचना!

​आदरणीय अभिभावक ज्यु तथा प्यारा विद्यार्थी भाइबहिनीहरू, नमस्कार 🙏

​विगत केही दिनदेखि हाम्रो क्षेत्रमा गर्मी अत्यधिक बढेको छ। बर्दियाको यो तराई भेगमा दिउँसो बहने तातो हावा (लू) का कारण साना बालबालिकाहरूको स्वास्थ्यमा समस्या आउन सक्ने जोखिम उच्च रहन्छ। यस्तो अवस्थामा विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी विद्यालय र घर दुवैको तर्फबाट विशेष सावधानी अपनाउनु आवश्यक देखिएको छ। ​गर्मीबाट बच्नका लागि कृपया तलका कुराहरूमा विशेष ध्यान दिनुहोला:

शरीरमा गर्मीको असर बढी भएमा वा 'लू' लाग्न थालेमा निम्नलिखित लक्षणहरू देखा पर्छन्:
​
• ​अत्यधिक तिर्खा लाग्ने र ओठ-मुख सुख्खा हुने।
• ​शरीरको तापक्रम अत्यधिक बढ्ने (१०३-१०४ डिग्री फरेनहाइटसम्म ज्वरो आउने)।
• ​धेरै पसिना आउने वा 'लू' लागिसकेपछि पसिना आउनै बन्द भई छाला सुख्खा र रातो हुने।
• ​कडा रूपमा टाउको दुख्ने र रिङ्गटा लाग्ने।
• ​आँखा तिरमिर हुने वा धमिलो देखिने।
• ​अलमल्ल पर्ने, बर्बराउने वा बेहोस हुने।
• ​वाकवाकी लाग्ने वा वान्ता हुने।
• ​पेट बटारिएर दुख्ने वा पातलो दिसा लाग्ने।
• ​पिसाब पहेँलो हुने र पिसाबको मात्रा निकै कम हुने।
• ​नाडीको गति (Pulse Rate) एकदमै तीव्र हुने।
• श्वासप्रश्वास छिटो-छिटो चल्ने।
• ​हातखुट्टा गल्ने, काँप्ने वा जीउ भारी भएर उठ्नै मन नलाग्ने।

​🎒 विद्यार्थी भाइबहिनीहरूले के गर्ने, के नगर्ने?

🔸तिर्खा नलागे पनि बेलाबेलामा प्रशस्त मात्रामा सफा पानी पिउने र अनिवार्य रुपमा विद्यालयमा Water bottle ल्याउने।

🔸झोलिलो खानेकुरा, जुस, दही, मोही, लस्सी, नरिवल पानी उखुको जुस आदि सेवन गर्ने।

🔸दिउँसोको अत्यधिक घाम (विशेष गरी ११ बजेदेखि ४ बजेसम्म) मा अनावश्यक बाहिर ननिस्कने।

🔸बाहिर निस्कँदा छाता, टोपी वा क्याप प्रयोग गर्ने।
हल्का, खुकुलो र सुती कपडा लगाउने।

🔸धेरै समय सम्म घाममा खेलकुद वा कडा शारीरिक काम नगर्ने।

🔸शरीरमा पानीको कमी हुन नदिन ORS वा नुन-चिनी पानी पिउन सकिने।

🔸अत्यधिक गर्मी महसुस भए तुरुन्त छायाँ वा चिसो ठाउँमा आराम गर्ने।

🔸बिहान विद्यालय आउँदा र दिउँसो घर फर्किँदा अनिवार्य रूपमा छाता ओढ्ने वा टोपी लगाउने गरौँ। सिधै टाउकोमा घाम पर्न दिनुहुँदैन।

🔸 टिफिनको समयमा वा कक्षा नसकिँदासम्म बाहिर चर्को घाममा दौडने, खेल्ने काम भुलेर पनि नगरौँ। सित्तल ठाउँ वा कक्षाकोठामै बसौँ।

🔸 यो मौसममा पेटको समस्या बढी हुने भएकाले बाहिरका खुल्ला खानेकुरा, चटपटे, बासी, धेरै मसलेदार जंक फुड
तथा अत्यधिक चिसो कोल्डड्रिंक्स पूर्ण रूपमा बन्द गरौँ।

🔸 कक्षामा बस्दा वा बाटोमा हिँड्दा अचानक टाउको दुखेमा, चक्कर लागेमा वा बान्ता जस्तो भएमा लाज नमानी तुरुन्तै आफ्ना शिक्षक शिक्षिकालाई भनिहाल्ने।

​👨‍👩‍👦 अभिभावकज्यूहरूले गरिदिनुपर्ने सहयोग:

🔸बालबालिकाहरूलाई विद्यालय पठाउँदा भित्र पसिना सोस्ने सुती (Cotton) को खुकुलो कपडा लगाइदिनुहोला।

🔸 गर्मीमा खाना चाँडै बिग्रने हुनाले खाजामा सजिलै नबिग्रने र घरमै बनाएको ताजा खानेकुरा मात्र पठाइदिनुहोला।

🔸विद्यालय आउँदा बच्चाको झोलामा एउटा पानीको बोतल अनिवार्य राखिदिनुहोला। पानीमा कागतीको रस वा हल्का जीवनजल मिसाइदिनु भयो भने झनै उत्तम हुनेछ।

🔸बच्चा विद्यालयबाट घर पुगेपछि धेरै थाकेको छ कि, ज्वरो आएको छ कि, वा जीउ दुखेको छ? नियमित ख्याल गर्नुहोला। यदि बच्चा अस्वस्थ छ भने विद्यालय नपठाई घरमै आराम गराउनुहोला।

🔸​विद्यालय छुट्टी भएपछि बालबालिकाहरू बाटोमा जथाभाबी नखेलिकन सिधै घर पुग्ने वातावरण मिलाइदिनुहुन र दिउँसोको समयमा घरबाहिर निस्कन नलगाउनुहुन अनुरोध छ।

​बालबालिकाहरूको स्वास्थ्यको मामलामा हजुरहरू सबैको साथ र सचेतनाको अपेक्षा राख्दछौँ। ​सबैजना सुरक्षित रहौँ, स्वस्थ रहौँ।

​विद्यालय प्रशासन
बाँसगढी युनाइटेड पब्लिक स्कुल
बाँसगढी-५, बर्दिया

आज मिति २०८३ जेठ १२ गतेका दिन बाँसगढी निजी विद्यालय संगठनद्वारा बाँसगढी–३ स्थित अनवार्ड ई.मि. स्कुलमा आयोजित अन्तर विद्य...
26/05/2026

आज मिति २०८३ जेठ १२ गतेका दिन बाँसगढी निजी विद्यालय संगठनद्वारा बाँसगढी–३ स्थित अनवार्ड ई.मि. स्कुलमा आयोजित अन्तर विद्यालय हस्तलेखन प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल यस विद्यालयकी छात्रा कञ्चन बिष्टलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौँ।

२०८३ जेठ १० गते आइतबारका दिन साप्ताहिक परीक्षामा हाम्रा साना नानीबाबुहरूको सक्रियताका साथ सहभागिता।
24/05/2026

२०८३ जेठ १० गते आइतबारका दिन साप्ताहिक परीक्षामा हाम्रा साना नानीबाबुहरूको सक्रियताका साथ सहभागिता।

24/05/2026

शान्त, स्वच्छ तथा सौहार्दपूर्ण वातावरणमा साप्ताहिक परीक्षा तथा हस्तलेखन प्रतियोगिता २०८३ जेठ १० गते आइतबार सफलतापूर्वक सम्पन्न गरियो।

हाम्रो यस Bansgadhi United Public School मा कार्यरत शिक्षिका Kamala Thapa म्यामलाई जन्मदिनको भूगोल शुभकामना।
10/05/2026

हाम्रो यस Bansgadhi United Public School मा कार्यरत शिक्षिका Kamala Thapa म्यामलाई जन्मदिनको भूगोल शुभकामना।

पाठ्यक्रम प्रवोधिकरण तथा स्तरिय प्रश्न निर्माण सम्बन्धी २ दिने कार्यशाला आदरणीय सहजकर्ता राजेश शर्मा द्वारा सम्पन्न।
02/05/2026

पाठ्यक्रम प्रवोधिकरण तथा स्तरिय प्रश्न निर्माण सम्बन्धी २ दिने कार्यशाला आदरणीय सहजकर्ता राजेश शर्मा द्वारा सम्पन्न।

01/05/2026

२५७० औं बुद्ध जयन्तीको सम्पूर्णमा हार्दिक शुभकामना 🙏।

हाम्रो यस विद्यालयले २०८३ वैशाख ७ देखि १५ गतेसम्म विभिन्न खेलकुद तथा अतिरिक्त कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको थिय...
25/04/2026

हाम्रो यस विद्यालयले २०८३ वैशाख ७ देखि १५ गतेसम्म विभिन्न खेलकुद तथा अतिरिक्त कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको थियो। उक्त योजना अनुसार बैशाख ११ गते सम्म विभिन्न खेलकुदमा सहभागी विद्यार्थीहरूमध्ये प्रथम, दोस्रो, र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो। सहभागी सबैलाई हार्दिक बधाई तथा शुभकामना।

हाम्रो यस Bansgadhi United Public School मा अध्ययनरत कक्षा ८ का सम्पुर्ण विद्यार्थीहरु बाँसगढी नगर स्तरीय परिक्षा शतप्रत...
05/04/2026

हाम्रो यस Bansgadhi United Public School मा अध्ययनरत कक्षा ८ का सम्पुर्ण विद्यार्थीहरु बाँसगढी नगर स्तरीय परिक्षा शतप्रतिशत उत्तिर्ण हुन सफल भएकोमा बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ।

आज मिति २०८२ चैत्र १९ देखी सुरु हुन गइरहेको SEE परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक शुभकामना।
02/04/2026

आज मिति २०८२ चैत्र १९ देखी सुरु हुन गइरहेको SEE परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक शुभकामना।

Address

Bansgadhi 5 Bardiya
Bardiya
0977

Telephone

9858086081

Website

Alerts

Be the first to know and let us send you an email when Bansgadhi United Public School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category