ज्ञानदीप माध्यमिक विद्यालय

ज्ञानदीप माध्यमिक विद्यालय

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ज्ञानदीप माध्यमिक विद्यालय, School, Duduwa Rural Municipality-05, Dalaipur, Banke.

17/06/2026
22/05/2026

यस विद्यलयका टेक्निकल धारका सहप्रशिक्षक बिनोद तिरुवा नेपाल विद्युत प्राधिकरण प्राविधिक तर्फ ५ औ तह खुलाबाट सिफारिस हुन सफल हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकमना 💐

Photos from ज्ञानदीप माध्यमिक विद्यालय's post 22/05/2026

२०८२ सालको SEE graduates को सम्मान तथा बधाई कार्यक्रम

21/05/2026

🎉 श्री ज्ञानदीप माध्यमिक विद्यालय, डुडुवा–५, डलेैपुर, बाँकेद्वारा २०८२ सालको एस.ई.ई. परीक्षामा सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।
विद्यालयमा आयोजना हुने बधाई तथा सम्मान कार्यक्रममा यहाँहरूको उपस्थितिको हार्दिक अपेक्षा गर्दछौं।
📅 मिति: २०८३/०२/०८ गते शुक्रबार
समय : दिउसाे १ बजे

15/05/2026

आदरणीय सम्पुर्ण अभिभावक ज्यु।

-सम्पुर्ण कक्षा (६-१२)नानी बाबुहरुको लागि उहाहरुको साथमा पानीको बोटल साथै घरमै पकाएको खाजा पठाउन तर (१-५) का लागि पानीको बोत्तल मात्रै पठाउन हुन

-बिधालयको पुर्ण पोसाकमा साथै सरसफाइका साथ नियमित रुपमा बिधालय पठाउन हुन

-संस्कार र अनुशासन विनाको शिक्षा अधुरो अपुरो हुने भएकोले बालबालिका हामी भन्दा धेरै समय हजुर्हरुको साथमा हुने भएकोले कम्तीमा पनि आफुभन्दा ठुलो पाहुना अग्रज आफुलाइ अध्ययन अध्यापन गराउनु हुने गुरुहरुलाइ ढोग गर्न सिकाउने ,घरपरिवार या समाजमा अश्लिल शब्द प्रयोग गर्न नदिने उच्च आदार्थी प्रयोग गरेर बोल्न सिकाउनु हुन

-अहिले को समयमा मोबाइलको सदुपयोग भन्दापनी दुरुपयोग बढि भएकोले उमेर कक्षा अनुसार आफ्नो नीग्रानीमा मात्रै प्रयोग गर्न दिने तर रातीको समयमा बालवालिकालाई पटकै मोबाइल नदिन हुन
- बिधालय बाट दिएको होमवर्क गरे नगरेको यकिन गर्दै हामिलाइ सकारात्मक सल्लाह सुझाव दिन हुन

अनुरोध गर्द्छु।
अन्त्यमा हामी शिक्षक हजुरहरुको नानी बाबुहरुको भबिस्य निर्माता भएकोले हामिलाइ अनि सामुदायिक विधालयलाइ हेर्न दृस्ठिकोणमा परिवर्तन ल्याउन साथै बिधालय नितान्त शान्ति क्षेत्र भएकोले कुनैपनी राजनीतिक धार्मिक लैङिक बर्गिय चेस्टा बोकि बिधालय प्राङ्गण भित्र प्रवेश नगर्न तर बिधालयको हितका निम्ती सकारात्मक सरसल्लाह सुझाव जोसुकै ब्याक्ती तथा सामाजिक संस्थाले दिन कुनै बाधा अवरोध नहुने बरु झन बिधालयको सर्बोत्तम हित हुने बिधालय प्रशासनको बुझाइ रहेको छ।

13/05/2026

हार्दिक बधाई तथा शुभकामना! 🎉

ज्ञानदीप माध्यमिक विद्यालयका SEE २०८२ मा सहभागी सम्पूर्ण विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजाले विद्यालय परिवारलाई अत्यन्त गौरवान्वित बनाएको छ। सफल हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

यस सफलताका लागि निरन्तर सहयोग, मार्गदर्शन र प्रेरणा प्रदान गर्नुहुने आदरणीय शिक्षकवर्ग, अभिभावक तथा शुभेच्छुक सम्पूर्णमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।

“सफलताको यो यात्राले अझ ठूलो उपलब्धितर्फ प्रेरित गरिरहोस्।” ✨

— ज्ञानदीप माध्यमिक विद्यालय परिवार

03/05/2026

विद्यालयको परिचय
डुडुवा गाउँपालिका वडा नं. ५ मा २०३८ सालमा स्थापित ज्ञानदीप माध्यमिक विद्यालय यस क्षेत्रकै एक प्रतिष्ठित तथा गुणस्तरीय शैक्षिक संस्था हो। विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय, व्यवहारिक तथा समयसापेक्ष शिक्षा प्रदान गर्दै उनीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
यस विद्यालयको विशेष पहिचान भनेको डुडुवा गाउँपालिकामा सञ्चालन भइरहेको एकमात्र प्राविधिक शिक्षा अन्तर्गत इलेक्ट्रिकल इन्जिनियरिङ धारको अध्ययन–अध्यापन हुनु हो। यो कार्यक्रम विद्यालयको गौरव मात्र नभई विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने बलियो आधार पनि बनेको छ। विद्यालयको उद्देश्य विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यवहारिक सीप, प्राविधिक दक्षता, आत्मनिर्भरता तथा सक्षम नागरिकका रूपमा विकास गर्नु हो।
विद्यालयमा आधुनिक तथा आवश्यक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्। यहाँ फराकिलो खेलमैदान, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, पुस्तकालय लगायतका सुविधाहरू रहेका छन्। साथै स्मार्ट बोर्डमार्फत आधुनिक प्रविधिमा आधारित शिक्षण–सिकाइ प्रक्रिया सञ्चालन गरिन्छ, जसले विद्यार्थीहरूको सिकाइलाई अझ प्रभावकारी, रुचिकर र व्यवहारिक बनाएको छ।
योग्य, अनुभवी र समर्पित शिक्षकहरूको मार्गदर्शनमा विद्यालयले विद्यार्थीहरूको शैक्षिक, नैतिक, सामाजिक तथा प्राविधिक विकासमा विशेष जोड दिँदै आएको छ। शिक्षा मार्फत जीवन परिवर्तन गर्न सकिन्छ भन्ने विश्वासका साथ विद्यालय निरन्तर अघि बढिरहेको छ।
शहर बजारमा ठूलो रकम खर्च गरेर अवसर खोज्नु भन्दा आफ्नै गाउँघरमै उपलब्ध शैक्षिक अवसर र सम्भावनालाई चिनेर सदुपयोग गर्नु आजको आवश्यकता हो। सही सोच, निरन्तर मेहनत र स्पष्ट लक्ष्यका साथ यहीँबाट पनि सफलताको ढोका खोल्न सकिन्छ।
आजको सही निर्णयले भोलिको सफलता निर्धारण गर्छ।

30/04/2026

Entrance Examination Result Published.

28/04/2026

🎓✨ भविष्यको उज्यालो यात्रा सुरु गरौं! ✨⚡
ज्ञानदीप माध्यमिक विद्यालयमा कक्षा ९ को **इलेक्ट्रिकल इन्जिनियरिङ** अध्ययनका लागि प्रवेश परीक्षा हुँदैछ।
🗓️ मिति: वैशाख १७ गते, बिहीबार
⏰ समय: बिहान ११ बजे
📌 सीमित सिट — आजै आवेदन दिनुहोस्!
📚 आफ्नो प्राविधिक सपना साकार पार्ने उत्कृष्ट अवसर नछुटाउनुहोस्।
📞 थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहोस्।

9858080342, 9867334460

Want your school to be the top-listed School/college in Banke?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Duduwa Rural Municipality-05, Dalaipur
Banke
21900

Opening Hours

Monday 09:45 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 17:00