09/06/2025
नियो बैंक (Neo Bank)
भौतिक शाखा नभएका पूर्ण रुपमा अनलाइन वा डिजिटल माध्यमबाट संचालन हुने वित्तीय संस्थालाई नियो बैंक भनिन्छ। यस्ता संस्थाले मोबाइल एप वा वेबसाइट जस्ता डिजिटल प्लेटफर्म मार्फत सबै प्रकारका बैकिङ सेवा प्रदान गर्दछन्। यस्ता बैंकले परम्परागत बैंकहरुले जस्तै वित्तीय सेवाहरु प्रदान गर्दछन्। यिनीहरुलाई फिनटेक बैंक, च्यालेन्जर बैंक जस्ता नामले पनि चिनिन्छ। किनकि नियो बैंकले परम्परागत बैंकहरुलाई चुनौतीहरु समेत दिने गर्दछन्।
सरकारले आगामी आर्थिक वर्षमा नियो बैंक स्थापना गर्ने घोषणा गर्नुले नेपालको वित्तीय क्षेत्रमा डिजिटल रुपान्तरणलाई थप तीव्रता दिने संकेत गर्दछ। यस घोषणाले बैकिङ सेवालाई अझ बढी मानिसहरु माझ पुर्याउने र डिजिटल ट्रान्जेक्सनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको देखिन्छ।
नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति २०८१ मार्फत डिजिटल प्रविधिमा नव प्रवर्धन र डिजिटल सेवाको उपलब्धता, पहुच र प्रयोग बढाउन प्रवर्दनात्मक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको देखिन्छ। नियो बैंक सम्बन्धि सरकारको घोषणालाई यही नीतिको एक हिस्साको रुपमा हेर्न सकिन्छ।
परम्परागत बैकिङ भन्दा यो कसरी फरक छ?
नियो बैंकहरु पूर्ण रुपमा अनलाइनमा आधारित हुन्छन् जसले गर्दा तिनीको संचालन खर्च कम हुन्छ। शाखा र जनशक्तिमा हुने ठुलो खर्च जोगिने हुँदा यस्तो बैंकले ग्राहकलाई कम शुल्क र राम्रो ब्याज दर उपलब्ध गराउन सक्छन्। यस्ता वित्तीय संस्था मूलत प्रविधिमा आधारित हुन्छन्। जसले प्रयोगकर्ताको अनुभव सहज बनाउँछ र सेवाहरु वास्तविक समयमा उपलब्ध हुन्छन्।
परम्परागत बैंक भन्दा कम शुल्क लिने र बचत खातामा उच्च ब्याज दर दिने हुन्छ। बजेटिंग खर्च ट्रयाकिंग र बजत लक्ष्यहरु सेट गर्न सहयोग गर्ने उपकरणहरु पनि यस्ता संस्थाले प्रदान गर्दछन् ।
धेरै नियो बैंकहरुले फ्रीलान्सर,सानो तथा मझौला व्यवसाय, युवा वा कम बैंकिंग पहुँच भएका विशेष ग्राहक वर्गलाई लक्षित गरि सेवा प्रदान गर्छन्।
डाटा र प्रतिक्रियाको आधारमा नियो बैंकले नयाँ सुविधाहरु छिट्टै ल्याउन सक्छन्।
नियो बैंकको नाममा छुट्टै लाइसेन्स नीति जारी नभए पनि इसेवा, फोन पे, खल्ती, आइएमई पे जस्ता डिजिटल वालेट सेवा प्रदायक कम्पनीका साथै बैंक तथा केही फिनटेक कम्पनीले नियो बैंक जस्तै सेवा प्रदान गर्न थालिसकेका छन्। धेरै बैंकहरुले आफुलाई डिजिटल बैंकमा रुपान्तरण गर्न आवश्यक पूर्वाधारमा लगानी समेत गरिरहेका छन ।
नियो बैंकलाई चुनौती:
नियो बैंकहरुले विभिन्न चुनौतीहरूको सामना पनि गर्नुपर्ने हुनसक्छ जस्तै नाफा कमाउनु, परम्परागत बैंकहरूका लागि बनाएका नियमनकारी प्रावधानहरूसँग अनुकलन हुनु, साइबर सुरक्षा र स्थापित बैंकको तुलनामा ग्राहको विश्वास जित्नु आदि ।
भौतिक शाखा नहुँदा नगद व्यवस्थापनमा समेत समस्या हुने गरेको विश्वका केही बैंकको उदाहरणबाट देखिन्छ।
नेपालमा डिजिटल साक्षरता प्रवर्धनको चुनौती पनि रहेका छ, जसमा प्रविधिमा पहुँच, न्यून साक्षरता, ग्रामीण क्षेत्रमा पूर्वाधारको कमी, भाषागत चुनौती, आर्थिक स्थिति आदि हुन सक्छन्।
साइबर सुरक्षाको लागि दक्ष जनशक्तिको अभाव, नियमित परीक्षणको कमी, साइबर आक्रमणको बढ्दो प्रस्कृत प्रविधि नेपालका बैंकहरुमा मुख्य समस्याको रुपमा रहेका छन्।
अत: नियो बैंक डिजिटल युगको माग अनुसार उदाएको नयाँ वित्तीय संस्था हो जसले प्रविधिको प्रयोग गरि बैकिङ सेवालाई अझ पहुच योग्य, किफायति र सुविधाजनक बनाइरहेको छ। सरकारले नियो बैंक स्थापना गर्ने घोषणा गर्नुले नेपालमा पनि औपचारिक रुपमा यस्ता बैंकहरुको प्रवेशको लागि मार्ग प्रशस्त गरेको छ। जसले वित्तीय समावेशिता र डिजिटल अर्थतन्त्रमा टेवा पुर्याउने अपेक्षा गर्न सकिन्छ।
08/06/2025
"जब अन्धा देख्न थाल्छ, उसले सबैभन्दा पहिले त्यही लठ्ठी फाल्छ जसले उसलाई जिन्दगीभर अड्याएर राखेको थियो..."
जिन्दगीको यथार्थ यस्तै छ…
जब मान्छे अँध्यारोमा हुन्छ, त्यही सहारा, त्यही साथ, त्यही मायालु हात नै उसको संसार हुन्छ।
तर जब उसले उज्यालो देख्न थाल्छ, सफलता भेट्न थाल्छ, अनि सबै कुरा आफैंले गरेको जस्तो लाग्न थाल्छ,
त्यही पुराना हातहरू, त्यही लठ्ठीहरू उसलाई बेकाम लाग्न थाल्छन्।
बिर्सन्छ…
कसले आँसु पुछ्यो?
कसले काँध दिएर उभ्यायो?
कसले वैशाखी बनी साथ दियो, जब सारा संसारले उसलाई देख्न छोडेको थियो?
हाम्रो जिन्दगीको सबैभन्दा ठूलो गल्ती नै यही हो –
सफलताको झिलिमिलीमा हामी संघर्षको गहिरो अँध्यारोलाई बिर्सिन्छौं।
त्यसैले सन्देश यही हो –
जब तिमी सफल बनौं, ती सबै सहाराहरूलाई सम्झ,
जसले तिमीलाई लड्दा उठाए, बोल्न नसक्दा सुने,
र उज्यालो आउँदा पनि तिमीलाई अँध्यारोमा छोडेनन्।
कहिले काहीँ…
"लठ्ठीभन्दा पनि मूल्यवान हुन्छ त्यो साथ,
जो तिमीलाई हेर्न नसक्दा पनि माया गथ्र्यो।"
19/03/2025
Shout out to my newest followers! Excited to have you onboard! Riya Gupta, Pintu Gupta, Sumee Bhandari, Jharna Acharya, Bindu Gaire, Kiran Kumar, संगिता एम सी, Muna Tudu, Sulochan Chaudhary, Bindu Pandey, Narayan Malla, Lalit Tamta, Abinash Abinash, Kavita Kshetri, Renuka Chaudhary, Kalu Singh Karki, Rastriya Banijya Bank, Raju King, Dipa Khadka, Tikaram Bhattarai, Mission Banker, Kazol Gupta, Mahima Pun, Pooja Khdka
31/08/2023
📢खेलमा हारजीत हुन्छ नै ! तर खेलाडी कहिल्यै हार्दैन ! मन सानो नबनाउनु ! Do better. Stay stronger. Grow higher. यही हो वास्तविक जीत !
17/07/2023
The World Bank & it's Contribution in Nepal
18/02/2023
भगवान शिव (शंकर) बाट सिक्नुपर्ने ५ कुराहरु !
१ गलामाथिको शर्प = अहंकार लाइ नियन्त्रण गर्नुहोस। अहम
लाइ काबुमा राख्नुहोस
२ त्रिनेत्र = कतिपय कुराले हामीलाई गलत गर्न प्रेरित गर्छ यस्तो
अवस्थामा बिबेक प्रयोग गर्नुहोस
३ निलकण्ठ = शिवले बिष पिए जस्तै क्रोध लाई पिउन सुरु
गर्नुहोस
४ मस्तिकको चन्द्रमा = मनलाई शान्त राख्न सुरु गर्नु होस
५ . बहान (शिव -नन्दी, पर्बति-बाघ, कार्तिक-मयुर, गणेश-मुसा)= स्वभावैले यी सबै एकआपसका सत्रु हुन तर परिवारमा हुदा सबैले प्रेम गर्छन । त्यसरी नै परिवारलाई माया गर्नुहोस ।
#जयशिवशंकर
10/12/2022
Full form of
OTP = One Time Password
ATM = Automated Teller Machine
ASBA = Application Supported By Blocked Amount
AMC = Assets Management Company
CBS = Core Banking System
ECC = Electronic Cheque Clearance
TB = Treasure Bills
09/12/2022
Bank Of the Year Award
2023 - Prabhu Bank
2022 - Nepal Investment Bank
2021 – NMB Bank
2020 – NMB Bank
2019 – Mega Bank
2018 – NMB Bank
2017 - NMB Bank
2016 – Nepal Investment Bank
2015 – Standard Chartered Bank
2014 – Standard Chartered Bank
2013 – NIC ASSIA Bank
2012 – Nepal Investment Bank
2011 – Bank Of Kathmandu
2010 – Nepal Investment Bank
09/12/2022
नेपालमा कुन बैंकले के को शुरुवात गर्यो?
1. ATM Card – Everest Bank
2. Credit Card - Himalyan Bank
3. Qr Code – Nabil Bank
4. SMS Mobile Banking Service – Laxmi Bank
5. Multi currency – Century Commercial Bank
6. Internet Banking – Kumari Bank
7. Use of Robots – Nepal SBI
8. Inter bank electronic payment system – Nepal Clearing House Limited
9. Branches banking service – Everest Bank
10. Branch in abroad – Global IME
11. ISO 9001-2015 Certified Bank - Nabil Bank
12. Ipo Apply From Mobile banking App- NIC ASIA Bank
09/12/2022
#लोक_सेवाको_दोस्रो_पत्र_पढ्ने_तरिका 🙏❣️🙏
सेभेन सी
लोक सेवा पढ्न सुरु गर्दा 'सेभेन सी'लाई आधार बनाएर अध्ययन गर्नुपर्छ । यो जुन तहको भए पनि, वस्तुगत वा विषयगत जे भए पनि यही सुत्र प्रयोग गर्नुपर्छ ।
कन्टेन्ट:
कन्टेन्ट भनेको पाठ्क्रम हो । पाठ्यक्रममा के–के विषयवस्तु पढ्नुपर्छ, त्यसभित्र कस्ता प्रश्न सोधिन्छ; वस्तुगत, विषयगतलाई ख्याल गर्दै कन्टेन्ट ओरेन्टेन्ड भएर गहिराइसम्म जानुपर्छ ।
कन्सेप्ट:
कन्टेन्ट थाहा भएपछि यसमा रहेका विषयवस्तुको अर्थ के हो ? परिभाषा के हो ? यसको सुरुवात कसरी भयो ? रिभोलुसन कसरी भयो ? त्यसका आयाम के–के हुन् ? थाहा पाउनुपर्छ ।
कोर:
कुनै पनि विषयवस्तु पढेपछि यसको मुख्य तŒव के हो भन्ने जान्न जरुरी छ । जुनसुकै विषयमा मियो के हो ? त्यसलाई थाहा पाउनुपर्छ । कोर कुरा थाहा पाइयो भने बढाउने, घटाउने आफ्नै हातमा हुन्छ ।
कभरेज:
हामीले जुन विषय पढ्छौं त्यसका विषेशता के–के हुन्, सिद्धान्त नीति, सांगठानिक व्यवस्था, कानुनी व्यवस्थाजस्ता अनेक दायरा हुन सक्छन् । पढिरहेको विषयले कुन–कुन क्षेत्र ओगट्छ, त्यो थाहा पाउन जरुरी छ । धेरै आयाम, प्रकार, प्रकारमा भिन्नता हुन्छन् । ती थाहा पाउनुपर्छ । परीक्षामा सोधिएका प्रश्न पाठ्यक्रमअनुसार नै आउने हुन् । पाठ्यक्रबाहिरबाट आउँछ भन्ने होइन ।
कन्टेक्ट्स:
यसको अर्थ समय–सन्दर्भ हो । जुन विषय छ, त्यो विषयको अहिलेको अवस्था के हो ? आजको इस्यु के हो ? यस्ता कुरा पाठ्यक्रममा हुँदैनन् । आफूलाई बलियो गरी उभ्याउन वर्तमान अवस्थाबारे पनि जानकार भइरहनुपर्छ । जस्तैः निजामती सेवा पढ्यौं भने ग्लोबलाइजेसनमा निजामती, समावेशीमा निजामती सेवा, निजामती सेवा र इ–गभर्नेसन, निजामती सेवा र अन्य सेवाजस्ता विषय हेर्नुपर्छ । आफ्नो मुलुको सन्दर्भमा मात्र होइन कि, विश्व परिवेशलाई नै केन्द्रमा राखेर अध्ययन गर्नुपर्छ ।
कमेन्ट:
सबै विषयवस्तु पढिसकेपछि विद्यार्थी आफैंले त्यो विषयलाई केलाउन जान्नुपर्छ । आफैं विश्लेषण गर्न सक्नुपर्छ । समस्या, चुनौती, कमजोरी पक्ष, बलियो पक्षजस्ता कुरा सांगोपांगो केलाउन जान्नुपर्छ । सैद्धान्तिक, व्यावहारिक पक्षमा पनि अभ्यास गरिरहनुपर्छ । सम्भावनाका कुरा नियाल्नुपर्छ । विषयगत सन्दर्भमा कमेन्ट धेरै महŒवपूर्ण कुरा हो ।
कन्क्लुजन:
यी सबै भएपछि विषयवस्तुको सार के हो भन्ने कुरा थाहा पाउन जरुरी छ । विषयवस्तुको गुदीबारे पत्ता लगाउन सक्नुपर्छ । समस्या थाहा पाइयो तर अब समाधानका उपाय के हुन सक्छन् ? निष्कर्षमा लाग्नुपर्छ । सकारात्मक सोच राखी फोहोरलाई मोहरमा लैजानुपर्छ । समस्या होइन समाधान देख्न सक्नुपर्छ । कमजोरीलाई सबल पक्षमा लैजाने कोसिस गर्नुपर्छ । चुनौतीलाई अवसरमा ढालेर हेर्न सक्नुपर्छ । अबको समाधान या बाटो यो हुनुपर्छ भनेर भन्न सक्नुपर्छ ।
फ्रेस स्टार्ट
अध्ययन गर्न सुरु गर्दा फ्रेस स्टार्टलाई अवलम्बन गर्नुपर्छ ।
फर्ट स्टार्ट (एफ) :
फर्ट स्टार्ट भनेको पढ्न सुरु गर्नुपर्छ भन्नेमात्र होइन । पढ्न सुरु गर्दा नयाँ शैली र नवीनतम तरिकाबाट पढ्नुपर्छ भन्ने हो । नयाँ सन्दर्भ र नयाँ विधिबाट अघि बढ्ने हो । चल्तीको नयाँ शैली के छ त्यसलाई पछ्याउने ।
रुटिन स्टार्ट (आर):
जहिले पनि योजनाबद्ध हिसाबले जानुपर्छ । रुटिन बनाएर पढ्नुपर्छ । समय छ र पाठ्यक्रम हेरेर त्यसअनुरूप योजनाबद्ध हिसाबले जानुपर्छ । जटिल विषयलाई धेरै समय दिने, कतिपय कुरालाई समूहमा पढ्ने गर्नुपर्छ ।
स्पेसिफिक स्टार्ट (ई):
कुनै पनि विषयवस्तु पढ्दा साझा विषयलाई जहिले पनि घोकिरहनुपर्दैन । एकचोटि पढेपछि जता पनि काम लाग्छ । जस्तैः सामान्य ज्ञान पढियो भने खरिदार, सुब्बा, अधिकृत जता पनि काम लाग्छ । साझा कुरालाई एकपटक अध्ययन गर्ने र मुख्य विषयलाई विशेष ध्यान दिने गर्नुपर्छ ।
होलिस्टिक स्टार्ट (एच):
एक–एक टपिक पढिसकेपछि सबै विषयवस्तुलाई समेटेर जानुपर्छ । साझा कुरालाई एकातिर र स्पेसिफिक कुरालाई एकातिर राखेर हेर्नुपर्छ । सबै विषयलाई एकैपटक हेर्दा कति सकिन्छ आफैं जाँच्नुपर्छ ।
वस्तुगत :
वस्तुगत प्रश्नको तयारी गर्दा कुनै कुरा नछुटुन्, कुनै पनि नदोहोरिऊन् भन्ने सुत्र प्रयोग गर्नुपर्छ । कसैले पनि सबै कुरा जानेको हुँदैन । लोक सेवाले त्यस्तो खोजेको पनि हुँदैन । त्यसैले 'लेस इन अल'मा ध्यान दिनुपर्छ । अर्थात् सबै विषयमा थोरै–थोरै जानेको हुनैपर्छ । जस्तैः विश्वको भूगोलबाट पाँच प्रश्न आउँछ भने ब्रह्मान्ड नै जान्न सकिँदैन । मुख्य कुरालाई छान्न सक्नुपर्छ । कोर्स धेरै छ भनेर आत्तिनु हुँदैन।
वैकल्पिक विषयवस्तुमा तीन 'अ'लाई ध्यान दिएर पढ्नुपर्छ । यो सुत्र नै सबै होइन तर अध्ययनको आधारचाहिँ हो ।
अघिको– सुरुमा कस्तो थियो ? जस्तो कि, विश्वमा पहिलो र नेपालमा पहिलो थाहा पाउने ।
अहिलेको– अहिले कस्तो छ ? अन्तिम को ? अन्तिम अवस्था के छ थाहा पाउने ।
अद्वितीय– बीचमा कस्तो भयो ? बीचमा के–के भयो । सामान्य थाहा पाउने ।
समसामयिक विषयलाई अलि बढी फोकस गर्ने । इतिहासका विषयवस्तुलाई हेर्ने । युनिक कुरा, आइक्युका कुरा थाहा पाउने। पढेर मात्र पनि हँुदैन । एक विधिसम्मत भाँतीका हिसाबले पढ्नुपर्छ । सम्झने हिसाबले पढ्नुपर्छ ।
विषयगत :
विषयगत प्रश्नको तयारी गर्दा 'सेभेन सी'लाई नै केन्द्रविन्दु बनाएर पढ्ने हो । विषयको अर्थ के हो ? कसरी परिभाषित गरिएको छ ? आयाम के–के छन् ? आरम्भ कसरी भयो ? अहिले त्यसका दायरा के कति छन् ? अहिलेको अवस्था के हो ? त्यसमा कमी–कमजोरी के छन् ? त्यसमा सुधार गर्नुपर्ने कुरा के छ ? माटोमोटी यही परिवेशमा विषयगत विषयलाई अध्ययन गर्नुपर्छ ।
जहिले पनि मौलिकपनलाई प्राथमिकता दिइएको हुन्छ । सिलसिलेबार तरिकाले आफ्नै शैलीमा उत्तर दिन सक्नुपर्छ ।
गतिलो लेखका लागि 'सेभेन एस' अपनाउनुपर्छ ।
स्टक्चर:
छोटो वा लामो उत्तर लेख्दा दायाँ–बायाँ मार्जिन छोड्ने, राम्रो शीर्षक राख्ने, सब टाइटल राख्ने, प्याराफ्रेज गर्ने, बुलेटमा राख्ने ।
स्टार्ट:
लेखको सुरुवात राम्रो हुनुपर्छ । जर्नालिस्टिक तरिकाबाट, सुरुवातमा मुख्य कुरा लेख्ने गर्नुपर्छ । फस्र्ट इम्प्रेसन राम्रो हुनुपर्छ। यो कुरा पढ्ने बेलामै ध्यान दिनुपर्छ।
स्टाइलः
लेखमा विभिन्न स्टाइल प्रयोग गर्नुपर्छ । जस्तैः बुलेट राख्द सफा र आकर्षक देखिन्छ । राम्रा अक्षर र शुद्धता त हुनैप¥यो ।
स्टाटेजी :
प्रतिस्पर्धात्मक परीक्षा भएकाले केही स्टाटेजी पनि अपनाउनुपर्छ । जानकारीलाई बक्समा राख्ने, विभिन्न चित्र, ग्राफ बनाउने, कहिलेकाहीँ जार्गन, फ्रेजहरूलाई प्रयोग गर्ने । हाइलाइट गर्ने । लेख पनि एक किसिमको फेसन नै हो । ढाँचा मिलाएर लेख्नुपर्छ ।
स्कोप:
प्रश्नमा स्कोप लुकेको हुन्छ । प्रश्नमा के लुकेको छ त्यो थाहा पाउनुपर्छ । जस्तैः नेपालमा पत्रकारिता क्षेत्रलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ? भन्ने प्रश्नमा अहिले पत्रकारितामा प्रभावकारिता छैन र यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने स्कोप लुकेको छ । हामीले जानेकै स्कोप होइन मागेको स्कोप दिनुपर्छ ।
साइज:
साइज भनेको प्रश्नको उत्तर कति लेख्ने भन्ने हो । दिएको समयभित्र अंकभारका आधारमा प्रश्नको उत्तरको साइज हुुनुपर्छ । थोरै अंकलाई धेरै, धेरै अंकलाई थोरै लेखेर हुँदैन।
स्ट्रन्थ :
लेख आशावादी हुनुपर्छ । एक्टिभभन्दा पेसिभ भ्वाइस हुनुपर्छ । अप्रत्यक्ष रूपमा बौद्धिक एप्रोज हुुनुपर्छ । सकारात्मक निष्कर्ष दिनुपर्छ । तर जे जस्ता सिद्धान्त भए पनि पौडी खेल्न आफैं पोखरीमा हाम फाल्नुपर्छ।
24/11/2022
साउदी र अर्जेन्टिना खेल बाट सिक्नुपर्ने केही कुरा
साउदी
1) आफूमा विश्वास गर ।
2) जित्नेहरुले सधै जित्छन् भन्ने हुँदैन ।
3) पहिलो खेल समयसँग हुन्छ र समयमा नै सकिन्छ ।
4) आफ्नो समयमा आफूले जिते फेरि हार्नेले जित्ने समय पाउँदैनन् ।
5) आफू धेरै नचिनिनु पनि एक तागत हो ता कि अरुले रोक्ने कसरी थाहा पाइसकेका हुँदैन ।
अर्जेन्टिना
1)शुभचिन्तकहरु शुभ चिताउन सक्छन् जिताउन सक्दैनन् ।
2) आफ्नो पाइलाको नाप अरुले थाहा पाउनु अरुको जुत्ताको व्यापार बढ्नु हो।
3)क्षमताले पनि समय सँग हार्नुपर्छ।
4) संसारमा दुखीहरुकै भिड ठूलो हुन्छ 😊
5)हार्नु ठूलो कुरा होइन तर खेलिराख्न नसक्ने हो भने आफ्नो अस्तित्व नरहन सक्छ।
एक खेलले सयौँ कुरा सिकाएको छ,
फेरि केही अर्को खेलमा बुझाउँला।