त्रिभुवन नमुना मा. वी. कोहलपुर - १०, बाँके

त्रिभुवन नमुना मा. वी. कोहलपुर - १०, बाँके

Share

त्रिभुवन नमूना मा. वि. कोहलपुर-१०, बाँके

Photos from त्रिभुवन नमुना मा. वी. कोहलपुर - १०, बाँके's post 16/08/2026

लायन्स क्लब अफ कोहलपुर भ्युको आयोजनामा आज मिति २०८३ साल श्रावण ३१ गते आइतबार विहान ७:०० बजे त्रिभुवन माध्यमिक विद्यालय कोहलपुर बाँकेमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा, लायन्स क्लब अफ कोहलपुर भ्युका पदाधिकारीहरू,
त्रिभुवन माध्यमिक विद्यालय कोहलपुर बाँकेका विद्यालय व्यवस्थापन समिति र शिक्षक स्टाफहरुको उपस्थिति रहेको थियो ।

Photos from त्रिभुवन नमुना मा. वी. कोहलपुर - १०, बाँके's post 14/08/2026

🏫 श्री त्रिभुवन माध्यमिक विद्यालय, कोहलपुर–१०, बाँक
📚 Teaching 21st-Century Skills & STEM
अन्तर्गत आयोजित शिक्षक क्षमता विकाससम्बन्धी प्रशिक्षण कार्यक्रम मिति २०८३ साल श्रावण २८ गते (१३ August 2026) विद्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ।
🎯 कार्यक्रममा २१औँ शताब्दीका शिक्षण–सिकाइ सीप, STEM शिक्षण तथा आधुनिक शिक्षण पद्धति सम्बन्धी महत्वपूर्ण विषयहरूमा ज्ञान, सीप, अनुभव तथा नवीन अभ्यासहरू आदानप्रदान गर्न अन्तर्राष्ट्रिय सहजकर्ता/ इजरायली बैज्ञानिक, इजरायली शिक्षा मन्त्रालयमा Educational Planner तथा Bio-Chemist Dr. Omer Choresh बाट प्रभावकारी सहजीकरणमार्फत शिक्षकहरूको क्षमता विकासमा पुर्‍याउनुभएको महत्वपूर्ण योगदानका लागि हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏
🤝 साथै, कार्यक्रममा उत्साहपूर्वक सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहहरू, शिक्षक अभिभावक संघका पधाधिकारीहरको, शिक्षक, कर्मचारी तथा सम्बन्धित सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
💡 यस्ता क्षमता विकासमूलक कार्यक्रमहरूले शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै कक्षाकोठामा सिर्जनात्मक, प्रविधिमैत्री तथा विद्यार्थीकेन्द्रित शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ।
🌱 सिकौँ, सिकाऔँ र निरन्तर सुधार गरौँ।
🎓 गुणस्तरीय शिक्षा नै हाम्रो साझा प्रतिबद्धता।
📚 📚💡
श्री त्रिभुवन माध्यमिक विद्यालय परिवार
कोहलपुर–१०, बाँके 🏫

Photos from त्रिभुवन नमुना मा. वी. कोहलपुर - १०, बाँके's post 11/08/2026
Photos from त्रिभुवन नमुना मा. वी. कोहलपुर - १०, बाँके's post 09/08/2026

🏫📚 विद्यालयको शैक्षिक गुणस्तर सुधारतर्फ एक महत्वपूर्ण पहल 📚🏫
🪔 “विद्यालय त्यो दीप हो, जसको उज्यालोले एउटा विद्यार्थी मात्र होइन, पुस्तौँको भविष्य उज्यालो बनाउँछ।”
श्री त्रिभुवन माध्यमिक विद्यालय, कोहलपुर–१०, बाँके द्वारा आयोजित परिचयात्मक तथा शैक्षिक सुधार एवं व्यवस्थापकीय पक्षसम्बन्धी छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। 🤝
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रभावकारी व्यवस्थापन, प्रशासनिक सुधार तथा समग्र विकासका विषयमा सकारात्मक एवं रचनात्मक छलफल गरियो। 📚
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा कर्मचारीहरूको एकता, सहकार्य र साझा प्रतिबद्धता विद्यालयको विकासका लागि महत्वपूर्ण रहनेमा जोड दिइयो।
🎓 गुणस्तरीय शिक्षा • प्रभावकारी व्यवस्थापन • उज्ज्वल भविष्य ✨
🏫 श्री त्रिभुवन माध्यमिक विद्यालय
कोहलपुर–१०, बाँके

30/07/2026

साविक उच्च मा.वि.अंग्रेजी विषयको शिक्षक सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी १५ दिने सूचना!!! (त्रि.मा.वि. द्वारा प्रकाशित : २०८३/०४/१४) https://tinyurl.com/24xknhqh

28/07/2026
Photos from त्रिभुवन नमुना मा. वी. कोहलपुर - १०, बाँके's post 27/07/2026

ग्रेडसिट एकीकृत गराउने सम्बन्धमा

18/07/2026

सूचना ! सूचना !! सूचना !!!

बर्खे बिदा तथा प्रथम त्रैमासिक परीक्षा सम्बन्धी जरुरी सूचना !
यस विद्यालयका सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ कि शिक्षा तथा खेलकुद शाखा कोहलपुर नगरपालिकाका निर्देशन बमोजिम २०८३ साल श्रावण ४ गते (सोमबार) देखि ८ गते (शुक्रबार) सम्म बर्खे बिदा गरिएको व्यहोरा सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूलाई जानकारी गराइन्छ । यही २०८३ साल श्रावण ११ गते सोमबारदेखि विद्यालय नियमित रूपमा सञ्चालन व्यहोरा समेत जानकारी गराइन्छ । साथै, कोहलपुर नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार प्रथम त्रैमासिक परीक्षा २०८३ साल श्रावण १३ गते बुधबारदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। सम्पूर्ण विद्यार्थीहरूलाई नियमित उपस्थित भई आवश्यक तयारीका साथ परीक्षामा सहभागी हुन अनुरोध गरिन्छ। बर्खे बिदाको समयलाई सदुपयोग गर्दै सम्पूर्ण विद्यार्थीहरूलाई घरमै नियमित अध्ययन गर्न, विषयगत तयारी गर्न तथा अभिभावकज्यूहरूलाई आफ्ना बालबालिकाको अध्ययनमा आवश्यक सहयोग र निगरानी गरिदिन हार्दिक अनुरोध गरिन्छ। बिदापछि सञ्चालन हुने प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सबै विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दछौं।

लक्ष्मी कुमारी हमाल
प्रधानाध्यापक
त्रिभुवन माध्यमिक विद्यालय
कोहलपुर-१०, बाँके
सम्पर्क नम्बर : 9858022430

Want your school to be the top-listed School/college in Banke?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

05
Banke