Hemanta Dhungana - हेमन्त ढुङ्गाना

Hemanta Dhungana - हेमन्त ढुङ्गाना this is purely teaching learning plateform for teachers/facilitator and students/learners

30/05/2026

`नेपालको बजेट २०८३/८४ : मुख्य विशेषता, प्रभाव, प्राथमिकता र चुनौतीहरू:

खर्च शीर्षक:
* चालु खर्च: रु. १२ खर्ब ७० अर्ब (५९.८%)
* पुँजीगत खर्च: रु. ४ खर्ब ३१ अर्ब (२०.३%)
* वित्तीय व्यवस्था: रु. ४ खर्ब २२ अर्ब (१९.९%)
बजेटका स्रोत:
* आन्तरिक राजस्व: रु. १४ खर्ब ५ अर्ब
* वैदेशिक अनुदान: रु. ६१ अर्ब
* वैदेशिक ऋण: रु. २ खर्ब ४७ अर्ब
* आन्तरिक ऋण: रु. ४ खर्ब १९ अर्ब


मुख्य विशेषता र सम्भावित प्रभाव:

१. व्यक्तिगत आयकरमा ठूलो राहत
* वार्षिक रु. १० लाखसम्म आम्दानी हुनेलाई न्यून कर दायरामा ल्याइयो।
* अधिकतम आयकर दर ३९% बाट घटाएर २९% कायम।
* मध्यम वर्गलाई संगै रोजगारी आय हुनेलाई राहत दिने स्पष्ट नीति।
प्रभाव:
* कर्मचारी तथा मध्यम वर्गको Disposable Income बढ्ने।
* बजारमा उपभोग र माग बढ्ने सम्भावना।
* बैंकिङ, अटोमोबाइल, रियल स्टेट तथा रिटेल क्षेत्र लाभान्वित हुन सक्ने।

२. अन्तःशुल्क (Excise Duty) हटाइयो वा घटाइयो
* ३६० प्रकारका वस्तुमा अन्तःशुल्क हटाइयो।
* उद्योगका लागि कर प्रणाली सरल बनाउने प्रयास।
प्रभाव:
* उत्पादन लागत घट्ने।
* केही वस्तु सस्ता हुन सक्ने।
* घरेलु उद्योग प्रतिस्पर्धी बन्ने।

३. २७३ औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइयो
* कच्चा पदार्थमा कम भन्सार।
* तयार वस्तुभन्दा कच्चा पदार्थ सस्तो हुने नीति।
प्रभाव:
* उद्योग सञ्चालन लागत घट्ने।
* उत्पादन तथा निर्यात बढ्न सक्ने।
* Import Substitution मा सहयोग पुग्ने।

४. पूँजी बजार (Share Market) सुधार
* NRN लाई दोस्रो बजारमा लगानी खुला।
* Intra-day Trading तथा Short Selling सुरु गरिने।
* Hedge Fund अवधारणा ल्याइयो।
* Capital Gain लाई Final Tax को रूपमा स्पष्टता संगै दरमा ५०% ले बृद्दि।
प्रभाव:
* बजारमा Liquidity बढ्ने।
* विदेशी तथा NRN पूँजी भित्रिन सक्ने।
* पूँजी बजार थप व्यावसायिक बन्ने।
* Capital gain Tax दरमा ५०% ले बृद्दि को केही नकारात्मक असर।

५. सूचना प्रविधि (IT) क्षेत्रलाई रणनीतिक उद्योग घोषणा
* IT Export मा कर छुट।
* AI, Cyber Security, Data Center तथा Digital Infrastructure मा प्राथमिकता।
प्रभाव:
* IT Export वृद्धि।
* युवाका लागि रोजगारी सिर्जना।
* Dollar Income तथा Remote Work बढ्ने सम्भावना।

६. “सिक्दै कमाउँदै” (Learn While You Earn) कार्यक्रम
* विद्यार्थीलाई पढ्दै काम गर्ने अवसर।
* Apprenticeship Model कार्यान्वयन।
प्रभाव:
* Youth Employment बढ्ने।
* व्यवहारिक सीप विकास हुने।
* वैदेशिक पलायन केही घट्न सक्ने।

७. सरकारी कर्मचारीको तलब वृद्धि:
* सरकारी कर्मचारीको तलब २१% सम्म वृद्धि।
* १०% आधारभूत वृद्धि तथा बाँकी Performance Incentive।
प्रभाव:
* बजारमा क्रयशक्ति बढ्ने।
* उपभोग आधारित अर्थतन्त्र चलायमान हुने।
* मुद्रास्फीति तथा सरकारी खर्चमा दबाब बढ्न सक्ने।

८. कृषि क्षेत्रमा ठूलो प्रोत्साहन:
* २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान।
* Support Price Policy तथा Digital Payment प्रवर्द्धन।
प्रभाव:
* कृषि व्यवसायीकरण बढ्ने।
* खाद्य सुरक्षा सुधार हुने।
* ग्रामीण अर्थतन्त्र सक्रिय बन्ने।

९. पूर्वाधार तथा ऊर्जा प्राथमिकतामा:
* बुढीगण्डकी (१२०० MW) कम्पनी मोडलमा निर्माण।
* Fast Track, Highway, Railway तथा Digital Infrastructure प्राथमिकतामा।
* पूर्व–पश्चिम राजमार्ग ४ लेनमा स्तरोन्नति।
प्रभाव:
* निर्माण क्षेत्र सक्रिय हुने।
* रोजगारी वृद्धि।
* Cement, Steel तथा Banking Sector लाभान्वित हुने।

१०. विदेशी लगानी तथा कानुनी सुधार:
* Foreign Investment Approval सहज।
* Profit Repatriation प्रक्रिया सरल।
* Commercial Tribunal स्थापना।
* Tax Dispute Settlement Scheme ल्याइयो।
प्रभाव:
* Ease of Doing Business सुधार।
* लगानीकर्ताको विश्वास बढ्ने।
* कर विवाद समाधान सहज हुने।

११. Startup प्रवर्द्धन:
* रु. १० करोडसम्म कारोबार भएका Startup लाई पहिलो ५ वर्ष आयकर छुट।
* IT Export कम्पनीलाई ७५% कर छुट।
* Freelancer तथा Remote Worker लाई ५% Final Tax।
* Venture Capital, Hedge Fund तथा NRN Investment मार्फत Financing विस्तार।
प्रभाव:
* Startup Ecosystem विस्तार।
* युवा उद्यमशीलता वृद्धि।
* Dollar Income र रोजगारी बढ्ने।

१२. कर विवाद समाधान योजना:
* पुराना कर विवाद समाधान गर्न Settlement Scheme।
* विवादित करमा थप १% तिरेर मुद्दा फिर्ता लिन सकिने।
* ब्याज तथा जरिवानामा छुट।
प्रभाव:
* निजी क्षेत्रको Cash Flow सुधार।
* व्यवसायिक अनिश्चितता घट्ने।
* सरकारलाई रोकिएको राजस्व प्राप्त हुने।

१३. शिक्षा तथा स्वास्थ्य

शिक्षा:
* रु. २ खर्ब २२ अर्ब बजेट।
* Digital Education तथा Skill-based Learning मा जोड।
स्वास्थ्य:
* रु. ९५.८१ अर्ब बजेट।
* Telemedicine, मातृ तथा शिशु स्वास्थ्यमा प्राथमिकता।
प्रभाव:
* मानव पूँजी विकास।
* ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार।
* Youth Skill Development मा सहयोग।

१४.अन्य बैकिङ र कर्जा सम्बन्धि घोषणाहरू
* महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा।
* व्यवसायिक पुनरुत्थान कर्जा।
* व्यक्तिगत Credit Scoring र P2P Lending सुरु।
* Asset Management Company स्थापना।
* Remittance Promotion का लागि Lottery Scheme।
* Gen-Z आन्दोलनका घाइते तथा शहीद परिवारलाई सहुलियतपूर्ण कर्जा।@
प्रभाव:
कर्जा प्रवाहमा वृद्दी र खराब कर्जा ब्यबस्थापनमा सहयोग हुने।

१५ प्रशासनिक सुधार (Administrative Reforms)
* मन्त्रालय संख्या: २२ → १८
* ३१ सरकारी निकाय खारेज
* प्रशासनिक खर्च ~ रु २० अर्ब बचत लक्ष्य
प्रभाव:
* सरकारी संरचना lean बन्ने
* खर्च दक्षता सुधार
* तर पुनर्संरचना कार्यान्वयन चुनौती

१६ . वातावरण तथा हरित अर्थतन्त्र
* रु १२ अर्ब भन्दा बढि विनियोजन।
* हरित औद्योगिक नीति (Green Industrial Policy) लागू गरिने।
* कार्बन र वन अर्थतन्त्र (Carbon & Forest Economy) प्रवर्द्धन गरिने।
प्रभाव:
* जलवायु परिवर्तनको असर (Climate Resilience) सामना गर्न क्षमता वृद्धि हुने
* हरित ऊर्जा तथा वातावरणमैत्री लगानी (Green Investment) आकर्षण बढ्ने
* वन, कार्बन क्रेडिट तथा जैविक स्रोतबाट नयाँ आम्दानीका अवसर सिर्जना हुने
* दिगो विकास (Sustainable Development) लाई बल पुग्ने....................

बजेटका प्रमुख प्राथमिकताहरू:
* सुशासन र सरकारी संयन्त्रको खर्चमा मितव्ययीता।
* आर्थिक गतिविधि तथा बजार माग वृद्धि ।
* निजी क्षेत्रमैत्री वातावरण ।
* उद्योग तथा उत्पादन वृद्धि।
* IT र Digital Economy विकास।
* Startup बाताबरण विस्तार।
* कृषिमा व्यवसायीकरण।
* Youth Employment तथा Skill Development मा जोड।
* शिक्षा, स्वास्थ्य र Human Capital Development मा जोड।
* NRN तथा Foreign Investment आकर्षण थप।
* Export Promotion तथा Import Substitution मा जोड।
* पूर्वाधार तथा ऊर्जा विकास मा जोड।

बजेटका मुख्य चुनौतीहरू:
* पुँजीगत खर्च प्रभाव कार्यान्वयन कमजोर हुने पुरानो समस्या।
* उच्च चालु खर्चमा थप बृद्दि।
* राजस्व लक्ष्य हासिल गर्न कठिनाइ। यो आर्थिक बर्षको हालसम्म रु ९.३ खर्ब राजस्व संकलन भएको छ।
* सार्वजनिक ऋणको बढ्दो दबाब।
* भ्रष्टाचार तथा कमजोर सुशासन मा एकै पटक परिवर्तन।
* बैंकिङ क्षेत्रमा कमजोर कर्जा माग।
* Skilled Human Resource पलायन मा रोक।
* परियोजना ढिलाइ तथा ठेक्का व्यवस्थापन समस्या।
* मुद्रास्फीति बढ्ने सम्भावना।
* संघ, प्रदेश र स्थानीय तहबीच समन्वय चुनौती।
* निजी क्षेत्रको खस्कि रहेको मनोबल लाई उच्च राख्न पर्ने।
* घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन।


यो बजेटले कर राहत, निजी क्षेत्र प्रोत्साहन, IT तथा Startup Economy, पूँजी बजार सुधार , कर सम्बन्धि dispute समाधान र पूर्वाधार विकासलाई प्राथमिकता दिएको देखिन्छ। यदि प्रभावकारी कार्यान्वयन हुन सकेमा आर्थिक गतिविधि बढाउने, लगानी आकर्षित गर्ने तथा युवालाई अवसर सिर्जना गर्ने सम्भावना बलियो देखिन्छ। तर कार्यान्वयन क्षमता, सुशासन, निजी क्षेत्रको मनोबल, राजस्व संकलन र ऋण व्यवस्थापन नै यसको सफलताको मुख्य आधार हुनेछन्। समग्रमा बजेटले जनअपेक्षा पुरा गर्ने कोशीस गरेको छ।´

जय होस, शुभ होस!!

साभार: मनोज ज्ञवाली सर।

28/05/2026

आर्थिक सर्वेक्षण २०८२/८३ मा शिक्षा

1. विद्यालयमा कुल भर्ना दर बढेको छ। खुद भर्ना दर आधारभूत तहमा बढेको भए पनि माध्यमिक तहमा घटेको छ।
2. आधारभूत तह (कक्षा १–८) मा टिकाउ दर घटेको छ भने माध्यमिक तहको टिकाउ दर बढेको छ।
3. प्रारम्भिक बाल विकास केन्द्र (ECD) को सङ्ख्या बढेको छ।
4. गत वर्षको तुलनामा १०४ वटा विद्यालय थपिएर कुल विद्यालयको सङ्ख्या ३५,९५१ पुगेको छ। तर सामुदायिक विद्यालयको सङ्ख्या भने घटेको छ।
5. सामुदायिक विद्यालयको सङ्ख्या २७,०१० रहेको छ।
6. २,००० भन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयको सङ्ख्या बढेको छ। २०८१ मा १०० वटा रहेकोमा २०८२ मा १२८ वटा पुगेको छ।
7. विद्यालय तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या ०.४% ले बढेको छ। साथै, माध्यमिक शिक्षा परीक्षा (SEE) मा ग्रेडेड हुने विद्यार्थीको अनुपात पनि बढेको छ।
8. उच्च शिक्षा अन्तर्गत १५ केन्द्रीय विश्वविद्यालय र ६ प्रादेशिक विश्वविद्यालय गरी कुल २१ विश्वविद्यालय रहेका छन्।
9. विश्वविद्यालय अनुदान आयोग बाट २०८२ फागुनसम्म गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गर्ने उच्च शिक्षाका शैक्षिक संस्थाको सङ्ख्या बढेको छ। गत वर्ष ११४ रहेकोमा यो वर्ष १४५ पुगेको छ।
10. नेपालमा हाल कुल विद्यालयमध्ये ७५.१% सामुदायिक विद्यालय रहेका छन्।
11. गत वर्षको तुलनामा समग्र महिला शिक्षकको प्रतिशत बढ्दै गएको र पुरुष शिक्षकको प्रतिशत घट्दै गएको छ। तर तहगत रूपमा जाँदा महिला शिक्षकको अनुपात घट्दै गएको देखिन्छ।
12. आधारभूत तहमा महिला शिक्षक ४९.१% तथा माध्यमिक तहमा महिला शिक्षक २२.९% रहेका छन्।

23/05/2026

⚽ फिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार) FIFA WORLDCUP 2026 TIME TABLE

​समूह A
​जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
​जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — राति ७:४५ बजे
​असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
​असार ५: मेक्सिको VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: चेक रिपब्लिक VS मेक्सिको — राति ६:४५ बजे
​समूह B
​जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
​जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
​असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
​असार ५: क्यानाडा VS कतार — राति ३:४५ बजे
​असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
​असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
​समूह C
​जेठ ३१: ब्राजिल VS मोरक्को — राति ३:४५ बजे
​जेठ ३१: हाइटी VS स्कटल्याण्ड — राति ६:४५ बजे
​असार ६: स्कटल्याण्ड VS मोरक्को — राति ३:४५ बजे
​असार ६: ब्राजिल VS हाइटी — राति ६:१५ बजे
​असार ११: मोरक्को VS हाइटी — राति ३:४५ बजे
​असार ११: स्कटल्याण्ड VS ब्राजिल — राति ३:४५ बजे
​समूह D
​जेठ ३०: अमेरिका VS पराग्वे — राति ६:४५ बजे
​जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
​असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
​असार ६: टर्किए VS पराग्वे — राति ८:४५ बजे
​असार १२: टर्किए VS अमेरिका — राति ७:४५ बजे
​असार १२: पराग्वे VS अष्ट्रेलिया — राति ७:४५ बजे
​समूह E
​जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
​असार १: आइभोरी कोस्ट VS इक्वेडर — राति ४:४५ बजे
​असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार ७: इक्वेडर VS कुराकाओ — राति ५:४५ बजे
​असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
​समूह F
​असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
​असार १: स्वीडेन VS ट्युनिसिया — राति ७:४५ बजे
​असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
​असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
​असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — राति ४:४५ बजे
​असार १२: जापान VS स्वीडेन — राति ४:४५ बजे
​समूह G
​असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
​असार २: इरान VS न्युजिल्याण्ड — राति ६:४५ बजे
​असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे
​असार ८: न्युजिल्याण्ड VS इजिप्ट — राति ६:४५ बजे
​असार १३: न्युजिल्याण्ड VS बेल्जियम — राति ८:४५ बजे
​असार १३: इजिप्ट VS इरान — राति ८:४५ बजे
​समूह H
​असार १: textस्पेन VS केप भर्डे — राति ९:४५ बजे
​असार २: साउदी अरेबिया VS उरुग्वे — राति ३:४५ बजे
​असार ७: textस्पेन VS साउदी अरेबिया — राति ९:४५ बजे
​असार ८: उरुग्वे VS केप भर्डे — राति ३:४५ बजे
​असार १३: केप भर्डे VS साउदी अरेबिया — राति ५:४५ बजे
​असार १३: उरुग्वे VS स्पेन — राति ५:४५ बजे
​समूह I
​असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे
​असार ३: इराक VS नर्वे — राति ३:४५ बजे
​असार ९: फ्रान्स VS इराक — राति २:४५ बजे
​असार ९: नर्वे VS सेनेगल — राति ५:४५ बजे
​असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे
​असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे
​समूह J
​असार ३: अर्जेन्टिना VS अल्जेरिया — राति ६:४५ बजे
​असार ३: अस्ट्रिया VS जोर्डन — राति ९:४५ बजे
​असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे
​असार ९: जोर्डन VS अल्जेरिया — राति ८:४५ बजे
​असार १४: अल्जेरिया VS अस्ट्रिया — राति ७:४५ बजे
​असार १४: जोर्डन VS अर्जेन्टिना — राति ७:४५ बजे
​समूह K
​असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे
​असार ४: उज्बेकिस्तान VS कोलम्बिया — राति ७:४५ बजे
​असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे
​असार १०: कोलम्बिया VS डीआर कंगो — राति ७:४५ बजे
​असार १४: कोलम्बिया VS पोर्चुगल — राति ५:१५ बजे
​असार १४: डीआर कंगो VS उज्बेकिस्तान — राति ५:१५ बजे
​समूह L
​असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — राति १:४५ बजे
​असार ४: घाना VS पानामा — राति ४:४५ बजे
​असार १०: इङ्गल्याण्ड VS घाना — राति १:४५ बजे
​असार १०: पानामा VS क्रोएसिया — राति ५:४५ बजे
​असार १४: पानामा VS इङ्गल्याण्ड — राति २:४५ बजे
​असार १४: क्रोएसिया VS घाना — राति २:४५ बजे
​🏆 नकआउट चरण (Knockout Stage)
​राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म
​राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म
​क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म
​सेमिफाइनल: असार ३१ र असार ३२ मा
​तेस्रो स्थानको खेल: साउन ३ गते
​फाइनल खेल: साउन ४ गते, मध्यरात १२:४५ बजे


#कृपया_पेजलाइ_फलो_गरी_कन्टेन्ट_सेयर_गर्नुहोला

काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन खुलाएको छ। आवेदन पूर्ण रूपमा Online बाट गर्न मिल्छ र फार...
15/05/2026

काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन खुलाएको छ। आवेदन पूर्ण रूपमा Online बाट गर्न मिल्छ र फाराम निःशुल्क (No Fee) हो।

आवेदन कहाँबाट गर्ने?

* काठमाडौं महानगर छात्रवृत्ति पोर्टल https://entrance.kathmandu.gov.np/

कसका लागि?

* काठमाडौं महानगरभित्रका संस्थागत (Private) शिक्षण संस्था मा कक्षा ११/१२ पढ्न चाहने विद्यार्थीहरू।

कुन-कुन विषयमा छात्रवृत्ति पाइन्छ?

सामान्यतया यी Stream/Faculty हरूमा:

* Science
* Management
* Humanities
* Law
* Education
(कलेज अनुसार विषय फरक हुन सक्छ।)

शिक्षण संस्था (College) कसरी थाहा पाउने?

महानगरले कलेज र विषयगत कोटा सूची पोर्टलमै राख्छ।
यो पेजमा विषय र सिट हेर्न सकिन्छ:

* School & Subject Quota List

आवेदन मिति

* सुरु: जेठ १ गते बिहान १० बजे
* अन्तिम मिति: जेठ १० गते राति ११:५९ सम्म

परीक्षा

* मिति: जेठ १७
* समय: बिहान ८–१० बजे
* प्रश्न: SEE कक्षा १० आधारित १०० वटा MCQ

काठमाडौं महानगरपालिका भित्र सञ्चालित माध्यमिक तह (कक्षा ११-१२) सञ्चालन भएका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत....

शनिबार र आइतबार सार्वजनिक विदाको निर्णय कार्यान्वयन संगै  पाठ्यक्रमले तोकेको कार्यघण्टा मिलान सम्बन्धी सूचना!!
12/05/2026

शनिबार र आइतबार सार्वजनिक विदाको निर्णय कार्यान्वयन संगै पाठ्यक्रमले तोकेको कार्यघण्टा मिलान सम्बन्धी सूचना!!

05/05/2026

Time Bank

अवस्य पढ्नु अनि सेयर नि गर्न नभुल्नु ।

स्विट्जरल्यान्डमा पढ्दै गरेको एक विद्यार्थी लेख्छन ।

स्विट्जरल्यान्डमा पढ्दै गर्दा, मैले विद्यालय नजिकै एउटा घर भाडामा लिएको थिएँ।
त्यो घरकी मालिक्नीको नाम क्रिस्टिना थियो। उनी ६७ वर्षकी अविवाहित वृद्ध महिला थिइन्। उनी पहिले माध्यमिक विद्यालयमा शिक्षिका थिइन् र अहिले अवकाशप्राप्त भइसकेकी थिइन्।

स्विट्जरल्यान्डमा पेन्सन धेरै राम्रो हुन्छ, त्यसैले बुढेसकालमा खानपिन र बसोबासको कुनै चिन्ता हुँदैन।
तैपनि, उनले एउटा “काम” स्वीकार गरेकी थिइन् — ८७ वर्षका अविवाहित वृद्ध पुरुषको हेरचाह गर्ने।

मैले उनलाई सोधेँ, “के तपाईं यो काम पैसाका लागि गर्नुहुन्छ?”
उनको उत्तरले मलाई छक्क पार्यो: “म पैसाका लागि काम गर्दिनँ। म मेरो समय ‘टाइम बैंक’ मा जम्मा गर्छु। जब म आफैं बूढी हुन्छु र हिँडडुल गर्न सक्दिनँ, तब म त्यही समय निकालेर प्रयोग गर्नेछु।”

मैले पहिलो पटक “टाइम बैंक” को अवधारणा सुनेको थिएँ, त्यसैले मलाई धेरै जिज्ञासा लाग्यो र मैले यसबारे थप जानकारी लिएँ।

“टाइम बैंक” मूलतः स्विट्जरल्यान्डको सामाजिक सुरक्षा विभागले सुरु गरेको योजना हो। मानिसहरूले आफ्नो युवावस्थामा वृद्धहरूको सेवा गरेर आफ्नो ‘समय’ जम्मा गर्छन्, र जब उनीहरू आफैं बूढा, बिरामी वा असहाय हुन्छन्, तब त्यो समय प्रयोग गर्न सक्छन्।
यस योजनामा सहभागी हुन व्यक्ति स्वस्थ, मिलनसार र दयालु हुनु आवश्यक हुन्छ। उनीहरूले आवश्यकतामा परेका वृद्धहरूको नियमित हेरचाह गर्नुपर्छ।
उनीहरूको सेवाका घण्टाहरू सामाजिक सुरक्षा प्रणालीअन्तर्गत उनीहरूको व्यक्तिगत ‘टाइम अकाउन्ट’ मा जम्मा गरिन्छ।

क्रिस्टिना हप्तामा दुई पटक काममा जान्थिन्। प्रत्येक पटक उनी दुई घण्टा वृद्धहरूको सहयोग गर्थिन् — किनमेल गर्ने, कोठा सफा गर्ने, घाममा बसाल्ने र उनीहरूसँग कुरा गर्ने।

सम्झौताअनुसार, एक वर्षपछि “टाइम बैंक” ले उनको कुल कामका घण्टाहरू गणना गर्छ र उनलाई “टाइम बैंक कार्ड” दिन्छ।

जब उनलाई आफैं हेरचाहको आवश्यकता पर्छ, तब उनले यो कार्ड प्रयोग गरेर “समय र त्यसको ब्याज” निकाल्न सक्छिन्। जाँचपछि “टाइम बैंक” ले अन्य स्वयंसेवकहरूलाई उनको सेवा गर्न पठाउँछ — घरमा वा अस्पतालमा।

एक दिन म विद्यालयमा हुँदा, घरकी मालिक्नीको फोन आयो कि उनी झ्याल सफा गर्दा स्टुलबाट खसेकी थिइन्।

म तुरुन्तै बिदा लिएर उनलाई अस्पताल लगेँ।
उनको खुट्टाको टाखो भाँचिएको थियो र उनलाई केही दिनसम्म ओछ्यानमै बस्नुपर्‍यो।

म उनको घरमै हेरचाहको व्यवस्था गर्दै थिएँ, त्यतिबेला उनले भनिन् कि मलाई चिन्ता गर्नुपर्दैन।
उनले पहिले नै “टाइम बैंक” बाट समय निकाल्न आवेदन दिइसकेकी थिइन्।

वास्तवमा, दुई घण्टाभित्रै “टाइम बैंक” ले एक नर्सिङ कर्मचारी पठायो।
त्यो नर्सले दैनिक उनको हेरचाह गरिन्, उनीसँग कुरा गरिन् र स्वादिलो खाना बनाइन्।

यस राम्रो सेवाका कारण उनी छिट्टै निको भइन्।

निको भएपछि, उनी फेरि “काम” मा जान थालिन्। उनले भनिन् कि जबसम्म उनी स्वस्थ छन्, तबसम्म “टाइम बैंक” मा अझ बढी समय जम्मा गरिरहनेछिन्।

आज स्विट्जरल्यान्डमा वृद्धहरूको सहयोगका लागि “टाइम बैंक” को अवधारणा निकै सामान्य भइसकेको छ।
स्विस सरकारले पनि यस योजनालाई समर्थन गर्न कानुन बनाएको छ।
कति सुन्दर कल्पना हो! आशा छ, यो सम्पूर्ण संसारमा लागू होस्।
साभार:- सामाजिक संजाल

समसामयिक विषय हरु।best of luck for upcomming exam.Please follow the page and share the contents. #कृपया_पेजलाइ_फलो_गरी_क...
01/05/2026

समसामयिक विषय हरु।
best of luck for upcomming exam.
Please follow the page and share the contents.
#कृपया_पेजलाइ_फलो_गरी_कन्टेन्ट_सेयर_गर्नुहोला

27/04/2026

कक्षा १ देखी कक्षा १० सम्मकाे "शिक्षक निर्देशिका"
#कृपया_पेजलाइ_फलो_गरी_कन्टेन्ट_सेयर_गर्नुहोला।.............................................................................
1.शिक्षक निर्देशिका, कक्षा १, मेरो नेपाली, २०७८
https://www.moecdc.gov.np/storage/gallery/1704094092.pdf
2.शिक्षक निर्देशिका कक्षा १ अंग्रेजी
https://www.moecdc.gov.np/storage/gallery/1672217211.pdf
3.शिक्षक निर्देशिका कक्षा १ मेरो गणित
https://www.moecdc.gov.np/storage/gallery/1672217481.pdf
4.शिक्षक निर्देशिका कक्षा १ हाम्रो सेरोफेरो
https://www.moecdc.gov.np/storage/gallery/1672217425.pdf
5.शिक्षक निर्देशिका कक्षा २ मेरो नेपाली
https://www.moecdc.gov.np/storage/gallery/1672813233.pdf
6.शिक्षक निर्देशिका कक्षा २ मेरो नेपाली
https://www.moecdc.gov.np/storage/gallery/1672217645.pdf
7.शिक्षक निर्देशिका कक्षा - २ मेरो गणित (२०७९)
https://www.moecdc.gov.np/storage/gallery/1686566355.pdf
8.शिक्षक निर्देशिका कक्षा २ मेरो गणित
https://www.moecdc.gov.np/storage/gallery/1672221679.pdf
9.शिक्षक निर्देशिका कक्षा २ हाम्रो सेरोफेरो
https://www.moecdc.gov.np/storage/gallery/1672218837.pdf
10.शिक्षक निर्देशिका कक्षा ३ मेरो नेपाली
https://www.moecdc.gov.np/storage/gallery/1672218996.pdf
11.शिक्षक निर्देशिका कक्षा ३ अंग्रेजी
https://www.moecdc.gov.np/storage/gallery/1672223512.pdf
12.शिक्षक निर्देशिका कक्षा - ३ मेरो गणित (२०७९)
https://www.moecdc.gov.np/storage/gallery/1686566541.pdf
13.शिक्षक निर्देशिका कक्षा ३ मेरो गणित
https://www.moecdc.gov.np/storage/gallery/1672222284.pdf
14.शिक्षक निर्देशिका कक्षा ३ हाम्रो सेरोफेरो
https://www.moecdc.gov.np/storage/gallery/1672219097.pdf
15.शिक्षक निर्देशिका कक्षा - ४ नेपाली (वि. स. २०८०)
https://www.moecdc.gov.np/storage/gallery/1693983142.pdf
16.शिक्षक निर्देशिका कक्षा - ४ अंग्रेजी (२०२३)
https://www.moecdc.gov.np/storage/gallery/1693880023.pdf
17.शिक्षक निर्देशिका कक्षा - ४ विज्ञान तथा प्रविधि (२०८०)
https://www.moecdc.gov.np/storage/gallery/1694064330.pdf
18.शिक्षक निर्देशिका कक्षा - ४ गणित (२०८०)
https://www.moecdc.gov.np/storage/gallery/1698905900.pdf
19.शिक्षक निर्देशिका सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा कक्षा ४ (पृष्ठपोषणका लागि मसौदा प्रति)
https://www.moecdc.gov.np/storage/gallery/1708585729.pdf
20.शिक्षक निर्देशिका स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला कक्षा ४ (पृष्ठपोषणका लागि मसौदा प्रति)
https://www.moecdc.gov.np/storage/gallery/1706786511.pdf
21Teacher's Guide Basic Level, Grade 5 Nepali (2081)
https://moecdc.gov.np/storage/gallery/1722241479.pdf
22.Teacher's Guide Grade 5 English (2024)
https://moecdc.gov.np/storage/gallery/1722243558.pdf
23. Teacher's Guide Grade 5 Mathematics (2024)
https://moecdc.gov.np/storage/gallery/1725358310.pdf
24 Teacher's Guide Science and Technology Grade 5 (2081)
https://moecdc.gov.np/storage/gallery/1730298367.pdf
25 Teacher's Guide Grade 5 Social Studies and Human Value Education (2081
https://moecdc.gov.np/storage/gallery/1723637757.pdf
26.शिक्षक निर्देशिका कक्षा ६ नेपाली
https://www.moecdc.gov.np/storage/gallery/1678949642.pdf
27.शिक्षक निर्देशिका कक्षा ६ अंग्रेजी
https://www.moecdc.gov.np/storage/gallery/1672219379.pdf
28.शिक्षक निर्देशिका विज्ञान तथा प्रविधि कक्षा ६ (पृष्ठपोषणका लागि मसौदा प्रति)
https://www.moecdc.gov.np/storage/gallery/1708596075.pdf
29.शिक्षक निर्देशिका गणित कक्षा ६
https://www.moecdc.gov.np/storage/gallery/1710653437.pdf
30.शिक्षक निर्देशिका सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा कक्षा ७ (पृष्ठपोषणका लागि मसौदा प्रति)
https://www.moecdc.gov.np/storage/gallery/1710844744.pdf
31.शिक्षक निर्देशिका सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा कक्षा ६ (पृष्ठपोषणका लागि मसौदा प्रति)
https://www.moecdc.gov.np/storage/gallery/1706785534.pdf
32.शिक्षक निर्देशिका - स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला - कक्षा ६
https://www.moecdc.gov.np/storage/gallery/1710044611.pdf
33.शिक्षक निर्देशिका कक्षा - ७ नेपाली (वि.स. २०८०)
https://www.moecdc.gov.np/storage/gallery/1693983116.pdf
34.शिक्षक निर्देशिका कक्षा - ७ अंग्रेजी (२०२३)
https://www.moecdc.gov.np/storage/gallery/1694149588.pdf
35.शिक्षक निर्देशिका कक्षा - ७ विज्ञान तथा प्रविधि (२०८०)
https://www.moecdc.gov.np/storage/gallery/1693894813.pdf
36.शिक्षक निर्देशिका कक्षा - ७ गणित (२०८०)
https://www.moecdc.gov.np/storage/gallery/1699253074.pdf
37.शिक्षक निर्देशिका स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला कक्षा ७ (पृष्ठपोषणका लागि मसौदा प्रति
https://www.moecdc.gov.np/storage/gallery/1706786813.pdf
38.Teacher's Guide Basic Level, Grade 8 Nepali (2081)
https://moecdc.gov.np/storage/gallery/1722241778.pdf
39.Teacher's Guide Grade 8 English (2024)
https://moecdc.gov.np/storage/gallery/1722243747.pdf
40.Teacher's Guide Science and Technology Grade 8 (2081)
https://moecdc.gov.np/storage/gallery/1737884839.pdf
41.Teacher's Guide Basic Level, Grade 8
Mathematics (2081)
https://moecdc.gov.np/storage/gallery/1722232578.pdf
42.Teacher's Guide Social Studies and Human Value Education Grade 8
https://moecdc.gov.np/storage/gallery/1726916245.pdf
43.शिक्षक निर्देशिका कक्षा - ९ नेपाली (वि. स. २०८०)
https://www.moecdc.gov.np/storage/gallery/1693987006.pdf
44.शिक्षक निर्देशिका कक्षा - ९ अंग्रेजी (पृष्ठपोषण प्रति)
https://www.moecdc.gov.np/storage/gallery/1693987506.pdf
45.शिक्षक निर्देशिका कक्षा - ९ विज्ञान तथा प्रविधि (२०८०)
https://www.moecdc.gov.np/storage/gallery/1694063872.pdf
46.शिक्षक निर्देशिका कक्षा - ९ गणित (२०८०)
https://www.moecdc.gov.np/storage/gallery/1693821914.pdf
47.शिक्षक निर्देशिका सामाजिक अध्ययन कक्षा ९ (पृष्ठपोषणका लागि मसौदा प्रति)
https://www.moecdc.gov.np/storage/gallery/1706780789.pdf
48.Teacher's Guide Secondary Level, Grade 10 Nepali (2081)
https://moecdc.gov.np/storage/gallery/1722242977.pdf
49.Teacher's Guide Grade 10 English (2024)
https://moecdc.gov.np/storage/gallery/1722243935.pdf
50.Teacher's Guide Grade 10 Compulsory Mathematics (2081)
https://moecdc.gov.np/storage/gallery/1722324180.pdf
51.Teacher's Guide Science and Technology Grade 10 (2081)
https://moecdc.gov.np/storage/gallery/1730298949.pdf
52.Teacher's Guide Social Studies Grade 10 (2081)
https://moecdc.gov.np/storage/gallery/1727159875.pdf

पाठ्यक्रम विकास केन्द्र (CDC) ले शैक्षिक सत्र २०८३ का लागि कक्षा १० को नयाँ तथा परिमार्जित पाठ्यपुस्तकहरू तयार पारेको छ।...
11/04/2026

पाठ्यक्रम विकास केन्द्र (CDC) ले शैक्षिक सत्र २०८३ का लागि कक्षा १० को नयाँ तथा परिमार्जित पाठ्यपुस्तकहरू तयार पारेको छ। यस अन्तर्गत ऐच्छिक गणित, कम्प्युटर विज्ञान र अर्थशास्त्रका नयाँ पुस्तकहरू लागू हुनेछन् भने अङ्ग्रेजी, नेपाली, विज्ञान, लेखा र सामाजिक विषयका पुस्तकहरू परिमार्जन गरिएका छन्।

1. C. Mathematics: https://drive.google.com/file/d/15bRCpNaUmR0FJA0hhbB-x1C4k3SObhMe/view?usp=drivesdk
2. O.Mathematics: https://drive.google.com/file/d/1vJS4bY7fkLs5QbrLXFNKmvFFhrznzGrg/view?usp=drivesdk
3. Science: https://drive.google.com/file/d/1IwcVyKC2tZyzScya7Qfw1p-9CWdVfkKm/view?usp=drivesdk
4. सामाजिक शिक्षा: https://drive.google.com/file/d/1t3hbvuPC2CgPGvdwmKRbrCVOHPiKSAhl/view?usp=drivesdk
5. English: https://drive.google.com/file/d/1kmRslmTG3vzXFGwjE5xsdE0SzAPi75bt/view?usp=drivesdk
6. नेपाली: https://drive.google.com/file/d/1aaVFJKXRRIrW4UriLQaaopVpkaA9AQZY/view?usp=drivesdk
7. Computer Science: https://drive.google.com/file/d/1XL9dSK7Vjvxo888E4ThIxbb5yQSljUdb/view?usp=drivesdk
8. Account: https://drive.google.com/file/d/1QEgiAKkKofFFAxDyVoFD40LgBWe0s8n9/view?usp=drivesdk
9. Economic: https://drive.google.com/file/d/1UEAYMTbPv1zSKzBKjwwBVEa3-UeiSz0E/view?usp=drivesdk

10/04/2026

बालविकास शिक्षक/अभिभावक/शिक्षण र शिक्षा पेसाका व्यक्तिहरूका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु (३ देखि ५ वर्षका बालवालिकाहरूको अभिभावक, शिक्षकहरूका लागि उपयोगी पुस्तकहरू)
१. अभिभावक शिक्षा पुस्तिका
https://drive.google.com/file/d/1bDe9vlIm6dpiCWFDyoe126qoPkLf-Ft6/view?usp=drive_link
२. अभिभावक शिक्षा चित्रात्मक पुस्तिका https://drive.google.com/file/d/1NI41Z2-CY0jnaYXKbSbuy9lAEpxMy3Iv/view?usp=drive_link
३. अभिभावकको सहयोगमा घरमा नै गराउन सकिने क्रियाकलाप (४ देखि ५ वर्षको लागि) https://drive.google.com/file/d/19H-9tdawr-9LDisD6XSp42j0-FkWh_Ko/view?usp=drive_link
४. अभिभावकको सहयोगमा घरमा नै गराउन सकिने क्रियाकलाप (१ कक्षाका बालवालिकाहरूका लागि) https://drive.google.com/file/d/1YnV9J8Wtm7uScbWbIDg_Sfl1mQh57B24/view?usp=drive_link
५. बालविकास केन्द्रका बालवालिकाहरूका लागि निर्माणात्मक मूल्यांकन स्रोत पुस्तिका https://drive.google.com/file/d/1NNKoP8K-C8SmR7-DQUCpNk1QR0G_vJxr/view?usp=drive_link
६. प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका, २०६७ https://drive.google.com/file/d/1HWDlCFYeUyrJgLQJNHJS-Ujfd0y0vNu1/view?usp=drive_link
७. प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम, २०७७ https://drive.google.com/file/d/1P0TiP1gTuou8h2ZZF5Zrdr5VFFzAnxRL/view?usp=drive_link
८. प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७-२०८८ https://drive.google.com/file/d/1TJAC3Z7xQKVDsuEETLXuAnac3y2lRmIr/view?usp=drive_link
९. प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड, २०६९ https://drive.google.com/file/d/11vsD02tZv3b_4Y3_YIthwm1y4Appexaa/view?usp=drive_link
१०. बालविकास केन्द्रका लागि अपाङ्गता समावेशी खेल सामग्री सहयोगी पुस्तिका https://drive.google.com/file/d/1PHZOK-qsIgbQldlKSn4nJtFzrKsCKgzh/view?usp=drive_link
११. बालविकास केन्द्रका लागि समावेशी सिकाइ क्रियाकलाप संगालो https://drive.google.com/file/d/1t0c5gdXUANKEAvsDD0fU3vsPF9ERjBAX/view?usp=drive_link
१२. बाल सन्दर्भ सामग्री https://drive.google.com/file/d/1p2Na516rcF40WgfHzuSqJBDFtkTcYFWC/view?usp=drive_link
१३. शिशु विकास केन्द्रका सहजकर्ता,अभिभावक र स्याहारकर्ताहरूको लागि सहयोगी पुस्तिका https://drive.google.com/file/d/1siWjcTHxVexELut6sCNiJg8rzryCSIoo/view?usp=drive_link

Address

New Baneshowr Kathmandu
Baneshwar
977

Website

Alerts

Be the first to know and let us send you an email when Hemanta Dhungana - हेमन्त ढुङ्गाना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Hemanta Dhungana - हेमन्त ढुङ्गाना:

Shortcuts

Share

Category