Mitrata Disability Inclusive School - मित्रता अपाङ्गता समावेशी विद्यालय

  • Home
  • Mitrata Disability Inclusive School - मित्रता अपाङ्गता समावेशी विद्यालय

Mitrata Disability Inclusive School - मित्रता अपाङ्गता समावेशी विद्यालय We welcome students with multiple disabilities, functional limitations, orphans, and children from marginalized communities.

A Disability Inclusive School that offers quality education for all children, with or without disabilities, through inclusive teaching, therapy services, vocational training & expert support. Mitrata Disability Inclusive School is a pioneering model of inclusive education in Nepal, dedicated to providing equal learning opportunities for all children—regardless of disability, economic background, or social status. Our multidisciplinary team offers physiotherapy, speech and occupational therapy, along with inclusive teaching strategies supported by sign language and tactile communication. We also create vocational pathways for both students and their parents. Teachers receive specialized training in inclusive education to ensure every learner thrives. Committed to being a national model and a training hub, our school operates under federal and local laws in partnership with NGOs and governments, both local and international.

श्री अन्नपूर्ण आधारभूत विद्यालय आँवुखैरेनी को  प्रधानाध्यापक आदरणीय व्यक्तित्व गिता पाण्डे अर्याल लाई   जन्मदिन को अपार ...
03/07/2026

श्री अन्नपूर्ण आधारभूत विद्यालय आँवुखैरेनी को प्रधानाध्यापक आदरणीय व्यक्तित्व गिता पाण्डे अर्याल लाई जन्मदिन को अपार शुभकामना ।
२०८३ असार १९

Today’s creative activity !
02/07/2026

Today’s creative activity !

आत्म शान्तिको कामना ! घरपरिवार को सुन्दर भविष्य को लागी विदेशी भूमिमा पसिना बगाउँदै गर्दा २०८२ कार्तिकमा दिवंगत हुनुभएको...
24/06/2026

आत्म शान्तिको कामना !
घरपरिवार को सुन्दर भविष्य को लागी विदेशी भूमिमा पसिना बगाउँदै गर्दा २०८२ कार्तिकमा दिवंगत हुनुभएको आबुखैरेनी ३ निवासी स्व किशोर थापा को स्मृतिमा यस विद्यालय मा अध्ययनरत बालबालिकालाई उहाँका दाजु केशर थापा ले आज भोजन तथा विद्यालयको लागि आबस्यक सामग्री सहयोग गर्नु भएको छ ।
विद्यालय परिवार आत्म शान्ति तथा परिवारजनमा धैर्यधारण गर्ने शक्ति को कामना गर्दछ ।

हामि कता जाँदै छौ ??एक जना बौद्धिक अपाङ्गता बालिकालाइ ९ वर्ष सम्म बहिरा श्रोत कक्षा र बिद्यालयमा राखिन्छ । जव समस्या आउछ...
07/06/2026

हामि कता जाँदै छौ ??
एक जना बौद्धिक अपाङ्गता बालिकालाइ ९ वर्ष सम्म बहिरा श्रोत कक्षा र बिद्यालयमा राखिन्छ । जव समस्या आउछ अनि अभिभावकलाइ अव सकिदैन अन्तै लैजानु भनेर घर पठाइन्छ । ९ वर्ष सम्म न सांकेतिक भाषा मा सञ्चार गर्न सक्ने भएको न ब्यवाहारिक ज्ञान दिलाउन सक्ने ।
किन राखियो होला यसरि शैक्षिक बन्धक जस्तो गरेर ! यो शैक्षिक बन्धक हाम्रो दिमागमा आज मात्र आएको हो । हामिले कम्तिमा कुनै पनि बच्चाको जिम्मा लिएमा उसले बिद्यालयमा गर्न सक्ने प्रगति वा उसको शैक्षिक ब्यवाहारिक तथा मानसिक बिकासमा ध्यान दिनु पर्देन ? यहि जिल्लाको नानि भएकाले जेठको पहिलो हप्ता यस बिद्यालयमा आएको बेला बौद्धिक अपाङ्गता श्रोत कक्षा वा उमेर पुगेकाले घर नजिकको बिद्यालयमा ब्यवस्थापन गर्दा उपयुक्त हुने जानकारी सहित फिर्ता पठाएको थियौ । यस बिचमा नगरपालिकामा वैठक वसेछ अन्य श्रोत कक्षामा सम्पर्क गरिएछ र आज पुन यहि नानिको फुपु पुसाजु संगै आएकाले भर्ना गरि राखेका छौ । लक्ष्यः छोटो समयमा सामाजिक जिबनमा घुलमिल गराउन सक्ने र बुवा आमा नभएकाले फुपु पुसाजुको घरमा नै पुनस्थापना गराउने रहेको छ ।


अमेरिकन सरकार अन्तर्गतको राष्ट्रिय प्रयोगशाल (National Laboratory) पोस्टडोक्टोरल रिसर्च फेलोको रूपमा कार्यरत ऊर्जा विज्ञ...
30/05/2026

अमेरिकन सरकार अन्तर्गतको राष्ट्रिय प्रयोगशाल (National Laboratory) पोस्टडोक्टोरल रिसर्च फेलोको रूपमा कार्यरत ऊर्जा विज्ञान तथा प्रविधि विकाससँग सम्बन्धित विभिन्न वैज्ञानिक परियोजनाहरूको अनुसन्धान तथा विकास (Research and Development) कार्यमा संलग्न Dr.Jay Ram Paudel ले आफ्नो जादिनको अवसरमा यस विद्यालय लाई सम्झनु भई बालबालिका को लागि सहयोग उपलब्ध गराउनु भएकोमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

आवुखैरेनी गाउ पालीका वडा नं ३ का वडा सदस्य आदारणीय राजु थापा ज्यू ले आफ्नो आमाको स्मृतीमा स्कुललाई केहि खाद्य सामाग्री स...
27/05/2026

आवुखैरेनी गाउ पालीका वडा नं ३ का वडा सदस्य आदारणीय राजु थापा ज्यू ले आफ्नो आमाको स्मृतीमा स्कुललाई केहि खाद्य सामाग्री सहयोग गर्ने इच्छा व्यक्त गर्नु भयो । हामीले भन्यौ अलिकता स्कुल ब्याग खाँचो थियो ।
०८३ जेठ १२ गते स्कुल आउनु भयो वालवालीका संग रमाइलो गर्नु भयो र माग गरीए बमोजीम स्कुल ब्याग हस्तान्तरण गर्नु भयो ।
विद्यालय परिवार उहाँलाई हार्दीक धन्यवाद ज्ञापन गर्दछ ।
स्नेहि राजु लगायत उहाँको परिवारमा आमाको आशीर्वाद लागीरहोस् 🙏🙏

१० वर्ष निजी विद्यालयको पढाइ अनि बल्ल अपाङ्गता भएका बालबालिका ले पढ्ने स्कूल को खोजी ! प्रभास बाबु अहिले १५ वर्ष पुगेर १...
18/05/2026

१० वर्ष निजी विद्यालयको पढाइ अनि बल्ल अपाङ्गता भएका बालबालिका ले पढ्ने स्कूल को खोजी !
प्रभास बाबु अहिले १५ वर्ष पुगेर १६ वर्ष को यात्रामा छन् ।
असामान्य अवस्थामा जन्मिएका प्रभास ५ वर्ष मा चार पाइला टेकेर हिँड्न सुरु गरेका हुन् भने ६ वर्षको उमेरमा हिँड्न सुरु गरे देखि बोर्डिङ स्कूल पढेका हुन् । अहिले ६ कक्षा को परीक्षा दिए पछाडि अपाङ्गता बालबालिका पढ्ने स्कूलमा लैजान स्कूल ले सिफारिस गरे पश्चात सुदूरपश्चिम प्रदेश को कैलाली जिल्ला बाट गण्डकी प्रदेश को तनहु आइपुगेका छन् ।
बाबुको क्षमता र रुचि अनुसारको पढाइ सिकाइ र आबस्यक अन्य कुरा व्यवस्थापन गर्ने गरेर हामीले भर्ना लिएका छौं ।
यतिबेला हामीलाई लागेको कुरा यो बाबुको बीचको १० वर्षको समय जुन उपलब्धिबिहिन हुन पुग्यौं त्यसको जिम्मा कसले लिन्छ ??
अझै थुप्रै प्रभास जस्ता बाबु नानीहरू अहिले पनि बोर्डिङ स्कूल मा छन् तिनीहरूको उचित व्यवस्थापन गर्न जोडदार माग गर्दछौं ।

तपाइका लागि राम्रो अवशर हुन सक्दछ । यस बिद्यालयकालागि एकजना स्वयंसेवक करार शिक्षक र एक जना स्वयंसेवक करार कर्मचारी आवश्क...
14/05/2026

तपाइका लागि राम्रो अवशर हुन सक्दछ । यस बिद्यालयकालागि एकजना स्वयंसेवक करार शिक्षक र एक जना स्वयंसेवक करार कर्मचारी आवश्कता परेकाले इच्छुक महानुभावले आवेदन दिनुहुनकालागी यो सुचना प्रकाशित गरिएको छ ।

तपाइको घर परिवार समाजमा अपाङ्गता भएका वालवालीका छन् र  विभिन्न कारणले जस्तै ( विद्यालय ले भर्ना नलिएर वाटोघाटो,  अपाङ्गत...
29/04/2026

तपाइको घर परिवार समाजमा अपाङ्गता भएका वालवालीका छन् र विभिन्न कारणले जस्तै ( विद्यालय ले भर्ना नलिएर वाटोघाटो, अपाङ्गता अनुकुल नभएर, अपाङ्ता को आवश्यकता अनुसार सिकाइ नभएरऔपचारिक शिक्षा वाट वञ्चति छन् भने त्यस्को निकास हामी दिने छौं । आउनुहोस् हातेमालो गरौं यो विद्यालय तपाइको आफ्नै विद्यालय हो ।
सम्पर्क: ०६५ ९०५९५, ९८४५४७४९६४, ९८६००३२३६० !

Address

Tanahu

40710

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Saturday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+9779860032360

Website

Alerts

Be the first to know and let us send you an email when Mitrata Disability Inclusive School - मित्रता अपाङ्गता समावेशी विद्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Mitrata Disability Inclusive School - मित्रता अपाङ्गता समावेशी विद्यालय:

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share