18/06/2026
मिति २०४३-११-२२ गते देखि २०८३ -०२-०३१ गते सम्म यस विद्यालयमा कार्यरत का. स.हरिलाल महराले करिब ४३ वर्ष सम्म निरन्तर रूपमा इमानदारी पूर्वक आफ्नो कार्य सम्पन्न गरि अनिवार्य अवकास हुनु भएको छ। यति लामो समय सम्म आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेकोमा विद्यालयको तर्फ बाट धन्यवाद ज्ञापन गरिन्छ । बाकी जीवन सु स्वास्थ्य दीर्घायु बितोस् हार्दिक शुभकामना!!
13/04/2026
💐नयाँ वर्ष २०८३सालको सबै सबैमा हार्दिक सुभामना💐
02/04/2026
2082 सालको अन्तिम परीक्षाको नतिजा प्रकाशित गरिएको छ।सम्पूर्ण विद्यार्थीहरुलाई बधाई एवं शैक्षिक प्रगतिको शुभकामना
30/03/2026
२०८२ सालको SEE परीक्षामा सम्मलित हुने विद्यार्थीहरुले भोलि मिति२०८२-१२-१७ गते बिहान १० बजे विद्यालयमा आइ प्रवेश पत्र बुझीलिन हुन जानकारी गराइन्छ।
23/02/2026
हाम्रो यस विद्यालयमा कक्षा ७ मा अध्यनरत छात्र विनोद महाहराको अल्पआयुमै भएको मृत्युको खबरले गलेश्वर मा वि परिवार दुःखी एबम् मर्माहित भएको छ। दुःख को यस घडीमा मृत आत्मालेको स्वर्गमा बास होस् परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछौ।
गलेश्वर मा.वि.परिवार
26/01/2026
पुर्चौडी नगरपालिका मा सञ्चालन गरिएको चौथो संस्करण को राष्टपति रनिङ शिल्ड प्रतियोगितामा यस विद्यालयमा कक्षा १० मा अध्ययन छात्र कर्ण बहादुर महराले त्रिपल जम्पमा प्रथम स्थान र कक्षा ११मा अध्ययनरत छात्र सन्तोष बि. क ले १००/१५००मी दौडमा तृतीय स्थान प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई साथै यस कार्यमा खेल जगत बाट विद्यालयको नाम अगाडि बढाउन अतुलनीय भूमिका निर्वाह गर्नु हुने यस विद्यालयका खेल शिक्षक हीरा सिंह महरालाई विशेष धन्यवाद।
22/01/2026
यस विद्यालयमको ६५औं वार्षिक उत्सव भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। यस महान कार्य सम्पन्न गर्न कठिन मेहनत का साथ आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नु हुने सम्पूर्ण शिक्षक हरू , वि व्य स, सम्पूर्ण विद्यार्थीहरु र यस विद्यालयको निम्तो स्वीकार गरी कार्यक्रमको सोभा बढाउन उपस्थित हुनु हुने सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरु र सम्पूर्ण अविभावक हरुमा विशेष विशेष धन्यवाद।
11/01/2026
सबै सबैमा हार्दिक शुभकामना 🙏💐
18/12/2025
भोलि मिति २०८२ पौष ४गते शुक्रबार भुवा पर्बको अवसरमा प्रदेश सरकारको सार्वजनिक बिदा परेको हुँदा सम्पूर्णमा जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ।