Ex Student Shree Chauraha Secondary School

Ex Student Shree Chauraha Secondary School Welcome to the page of the " Ex Students Shree Chauraha Secondary School".

Welcome to the official page of the "Shree Chauraha Secondary School".

श्री चौराहा माध्यमिक विद्यालयबाट २०६३ सालमा SLC Exam उत्तीर्ण विद्यार्थीहरूको समुह Ex-Students' Group: SLC Batch- 2063, ...
21/09/2017

श्री चौराहा माध्यमिक विद्यालयबाट २०६३ सालमा SLC Exam उत्तीर्ण विद्यार्थीहरूको समुह Ex-Students' Group: SLC Batch- 2063, Chauraha Secondary School, Galkot-1, Dudilabhati, Baglung ले बि. सं. २०७४ असोज २ गते सोमबार करिब ४८ हजार ७०० रुपैयाँ बराबरको १९० वटा पुस्तक विद्यालयको पुस्तकालयलाई हस्तान्तरण गरेको छ ।
पाठ्यक्रमले तोकेका पाठ्यपुस्तकको प्रयोगले मात्रै बदलिँदो समयको माग र अावश्यकता अनुसार विद्यार्थीहरूमा ज्ञान, सीप र धारणाको विकास गराउन सम्भव नहुने भएकोले समसामयिक अतिरिक्त पाठ्यसामग्रीको अावश्यकतावोध गरी स्वदेश तथा बिदेशमा अध्ययन -अध्यापनदेखि विभिन्न पेसा व्यवसायमा अावद्ध सो समुहका भूतपूर्व विद्यार्थीहरू विभिन्न सामाजिक सञ्जाल मार्फत सम्पर्कमा अाएर बालबालिकाको हक, हित र अधिकारको रक्षा तथा पठनपाठन सुधारका पक्षमा विशेष योगदान पुर्‍याउने उद्देश्यका साथ समूहमा अावद्ध भई "पुस्तकालयका लागि पुस्तक हस्तान्तरण " अभियानको थालनी सहित समाजसेवाको कार्य प्रारम्भ गरिएको कुरा सो समूहकी सक्रिय अभियन्ता मिना थापा मगरले जानकारी गराउनु भएको छ । उहाँका अनुसार हाल सो समूहमा अावद्ध सदस्यहरु यस प्रकार हुनुहुन्छ :
१. मिना थापा/काउचा ( चौराहा, हाल अध्ययन - DMC)
२. खिम बहादुर श्रीस (चौराहा, हाल मलेसिया )
३. दधिराम बि.क. दिपेन्द्र ( चौराहा, हाल दक्षिण कोरिया )
४. रुद्रदेवी छन्त्याल ( चौराहा, हाल वैदेशिक रोजगार )
५. मिना काउचा/श्रीस (पात्लेखोला, हाल जापान)
६. लिल बहादुर श्रीस (पात्लेखोला, हाल दक्षिण कोरिया )
७. खिम बहादुर शर्ीस ( छाप, हाल नेपाल सरकार,वन विभाग , वनसेवा)
८. भोज बहादुर थापा/खत्री (झाँक्रीस्थान , हाल मलेसिया )
९. अोम बहादुर भण्डारी ( छाप, हाल होटल व्यवसाय , काठमाडौ

१५. भोजराज शर्मा (काफलठुटा, हाल स्वरोजगार )
१६. सरोज भण्डारी ( मौरिया, हाल स्वरोजगार)
१७. कृष्ण भण्डारी ( छाप, हाल जापान )
विद्यालयमा अायोजित " पुस्तक हस्तान्तरण , छात्रवृत्ति वितरण तथा बडादशैको शुभकामना अादान प्रदान कार्यक्रम" अरु साथीहरूसङ्ग पनि सम्पर्क गरी उहाँहरुलाई पनि यसखाले अभियानमा सामेल गर्ने प्रयास भैरहेको कुरा पनि अभियन्ता मध्येका भोजराज शर्माले जानकारी गराउनु भएको छ ।
नि.प्र.अ. एकराज शर्माको अध्यक्षता र शि. नर बहादुर थापा/को उद्घोषणमा सञ्चालित समारोहमा छात्रवृत्ति छनोट समितिका संयोजक तेजराज उपाध्यायले छुट भएको छात्रवृत्ति रकम वितरण गर्नुभएको थियो । समारोहमा दिपन बाल क्लबका अध्यक्ष सगुन खड्का , जुनियर रेडक्रस सर्कलका सभापति मनिषा काउचा र नि.प्र.अ. शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।। समापन मन्तव्य व्यक्त गर्दै नि.प्र .अ. शर्माले पुस्तकालयका लागि पुस्तक हस्तान्तरण गर्नुहुने सम्बन्धित सम्पूर्ण भूतपूर्व विद्यार्थीहरुलाई हार्दिक धन्यवाद दिंदै अरु विद्यार्थीहरुलाई पनि यसखाले समाजसेवाको पवित्र कार्यमा सरिक हुन अाग्रह गर्नुभएको थियो ।।।...................
News by NB Thapa

15/09/2015
SCHSS
19/03/2012

SCHSS

Address

Galkot Municipality/1, Dudilabhati Jhakristhan
Baglung

Telephone

97768690882

Website

Alerts

Be the first to know and let us send you an email when Ex Student Shree Chauraha Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category