08/10/2026
सरकारले हालसम्म विभिन्न जिल्लामा गरी ५,७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिसकेको छ र भूमि समस्या समाधान समिति गठन भएपछि १३ लाख ११ हजार १९७ निवेदनको प्रमाणीकरण तथा छानबिन प्रक्रिया अघि बढाएको छ।
यसमा प्राथमिकता निर्धारण गर्दै समाधानतर्फ अगाडि बढ्दै झुटो विवरण दिई आफूलाई भूमिहीन देखाउनेहरूको अभिलेख भिडान गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया समेत सुरु भएको जनाएको छ।
#लालपुर्जा #भूमिहीन #अव्यवस्थितबसोबासी #नेपालसरकार #सुशासन