श्री वैद्यनाथ वेद विद्याश्रम अछाम

श्री वैद्यनाथ वेद विद्याश्रम अछाम

Share

गुरुकुल शिक्षा : विश्वसुदीक्षा

05/11/2025
26/01/2023

सरस्वत्यै: नम:
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।

शुक्लां ब्रह्मविचारसारपरमामाद्यांजगद्व्यापिनीं
वीणापुस्तकधारिणीमभयदां जाड्यान्धकारापहाम्।
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां सारदाम् ||

सरस्वतीको मूर्तिको सवै भन्दा प्रधान सन्देश वाहक चिह्न उनको वाहन हाँस हो । यो हाँस यो संसारमा अवस्थित ज्ञानको परिमाण अनन्त भएको हुनाले सम्भावनाको त्यस अनन्त सागरबाट एउटा विद्यार्थीले सारभूत कुरालाई मात्रै ग्रहण गर्ने र बाँकी कुराहरूलाई छोड्ने गरेमा • ज्ञान आर्जन छिटो र प्रभावकारी हुन सक्दछ भनेर दर्शाउने उपमा हो। अनि जसरी हिलोभित्र पसेर चर्ने त्यो हाँसले हिलोभित्रबाट आफ्नो शरीरलाई आवश्यक जैविक तत्त्वहरू मात्र रोजेर खान्छ र त्यहाँ भएका अरू अनावश्यक तत्त्वहरू छोड्छ, त्यसरी नै ज्ञान र विद्या आर्जन गर्ने व्यक्तिले पनि सारभूत कुरालाई छुट्ट्याएर ग्रहण गरेर बाँकीलाई छोड्न सक्नु पर्दछ भनेर हाँसले चित्रण गर्दछ । यो हाँसको सेतो रङ्ग, सरस्वतीका सेता वस्त्र र सेतो कमलले जिज्ञासा, सचेतता र जागरूकता जस्ता सत्त्वगुणका भावलाई अङ्गीकार गरेर अज्ञान र द्वन्द्वतामाथि ज्ञानको प्रभुत्व स्थापित गर्ने लक्ष्यलाई इङ्गित गर्दछन् । पानीको नदी वा तलाउले ज्ञानको यात्राको निरन्तरता र अविच्छिन्नताको महत्त्वलाई दर्शाउँछ तथा जसरी पानीले सवै जीवात्माको जीवनलाई सिञ्चन्छ र एउटा मरुभूमिलाई पनि हराभरा पार्छ त्यसरी ज्ञानले मानिसको जीवनलाई रसयुक्त, शान्त र उर्वर पार्न सक्छ भनेर दर्शाउँछ ।
सरस्वतीको हातमा देखाइने वस्तुहरूले सरस्वतीको मूर्तिमा चित्रित ज्ञान आर्जनका उपायको अवलम्बनबाट प्राप्त हुने उपलब्धिलाई जनाउँछन् । ती मध्ये पुस्तकले पुरानो ज्ञानको विश्वसनीय उपलब्धि र नयाँ उत्पादित ज्ञानको दस्तावेजीकरणलाई जनाउँछ । मालाले चौतर्फी दौडिरहेको हाम्रो मनलाई एकाग्र पार्ने वा ध्यानमग्न बनाउने क्षमताको प्रतिनिधित्व गर्दछ । वीणाले विद्या र ज्ञान आर्जनमै मनोरञ्जन र आनन्द पनि प्राप्त हुनसक्ने कुरा दर्शाउँछ। ज्ञानलाई कवितामा अभिव्यक्त गर्ने, छन्दमा लेख्ने, गीत बनाएर गाउने तथा ध्वनिलाई गुञ्जायमान बनाउँदै आनन्दसाथ पढ्ने गन्यो भने व्यक्तिमा त्यसको सकारात्मक प्रभाव पर्दछ भन्ने कुरा दर्शाउँछ।

25/01/2023
25/01/2023

Vaidyanath Achham

Want your school to be the top-listed School/college in Achham?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Sanfebagar/1
Achham