श्री सरस्वती मा. बि. रतुवामाई-६, कादुपाडा, मोरङ

  • Home
  • Nepal
  • मोरङ
  • श्री सरस्वती मा. बि. रतुवामाई-६, कादुपाडा, मोरङ

श्री सरस्वती मा. बि. रतुवामाई-६, कादुपाडा, मोरङ सिजुवाको शैक्षिक इतिहास बोकेको संस्था...

कक्षा आठको स्वास्थ्य विषयको पोषण र खाद्य सुरक्षा सम्बन्धी पाठको परियोजना कार्य सहभागी विद्यार्थीहरू र विषय शिक्षक दधिराम...
17/06/2026

कक्षा आठको स्वास्थ्य विषयको पोषण र खाद्य सुरक्षा सम्बन्धी पाठको परियोजना कार्य सहभागी विद्यार्थीहरू र विषय शिक्षक दधिराम निरौला Dadi Ram Niraula शिक्षकहरू । परियोजना कार्यमा सहभागी विद्यार्थीहरूलाई धन्यवाद दिन चाहन्छौँ।

28/05/2026

सूचना ! सूचना !! सूचना !!!
यस विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थीहरू तथा अभिभावकज्यूहरुमा निम्न मितिमा विद्यालय विदा रहने ब्यवहोरा सूचित गरिन्छ:
-२०८३ जेठ १४ गते विहीबार इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद सार्वजनिक बिदा
-२०८३ जेठ १५ गते शुक्रबार गणतन्त्र दिवस सार्वजनिक बिदा
-२०८३ जेठ १६ गते शनिबार बिदा
-२०८३ जेठ १७ गते आइतबार बिदा
पुनश्चः २०८३ जेठ १८ गते सोमबारबाट पूर्ववत् समयअनुसार नै विद्यालय सञ्चालन हुने सूचित गरिन्छ।
साथै १४ गते सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा इदको शुभकामना सहित सम्पूर्णमा १५ गते गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दछौं ।

यस सरस्वती माध्यमिक विद्यालय रतुवामाई-६ कादुपाडाबाट यस बर्ष (२०८२) सालकाे SEE परीक्षामा सामेल हुने ११ जना विद्यार्थीहरूम...
12/05/2026

यस सरस्वती माध्यमिक विद्यालय रतुवामाई-६ कादुपाडाबाट यस बर्ष (२०८२) सालकाे SEE परीक्षामा सामेल हुने ११ जना विद्यार्थीहरूमध्ये १० जना (९०.९१%) उत्तीर्ण भएकाेमा हार्दिक बधाई सहित उच्च शिक्षाकाे लागि शुभकामना ।

🏫 श्री सरस्वती माध्यमिक विद्यालय             रतुवामाई-६,कादुपाडा, मोरङ​📢 भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!...
25/04/2026

🏫 श्री सरस्वती माध्यमिक विद्यालय
रतुवामाई-६,कादुपाडा, मोरङ
​📢 भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
​नयाँ वर्ष २०८३ को शुभ-आरम्भसँगै यस विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि कक्षा नर्सरी देखि कक्षा ९ सम्म नयाँ भर्ना खुलेको जानकारी गराउँदछौँ।
​✨ हाम्रा मुख्य विशेषताहरू:
​📚 कक्षा नर्सरी देखि ५ सम्म: पूर्ण रूपमा अंग्रेजी माध्यमबाट अध्यापन।
​🎓 अतिरिक्त कक्षाहरू: कक्षा ९ र १० का लागि अंग्रेजी, गणित र विज्ञान विषयको विशेष कोचिङ।
​🖥️ आधुनिक शिक्षण: प्रोजेक्टरको माध्यमबाट गीत-संगीत सहितको प्रविधिमैत्री सिकाइ।
​💻 कम्प्युटर ल्याब: पाठ्यक्रममा आधारित व्यवहारिक कम्प्युटर अभ्यास।
​⚽ खेलकुद: उपयुक्त खेल मैदान र पर्याप्त खेल सामग्रीको व्यवस्था।
​🏆 ई.सी.ए. (ECA): मासिक अतिरिक्त क्रियाकलाप र विद्यार्थीहरूलाई पुरस्कारको व्यवस्था।
​👩‍🏫 दक्ष जनशक्ति: अनुभवी, दक्ष तथा तालिमप्राप्त शिक्षकहरूद्वारा शिक्षण।
​🌈 वातावरण: पूर्ण रूपमा बालमैत्री र शान्त शैक्षिक वातावरण।
​📞 थप जानकारीका लागि सम्पर्क:
​📍 श्री सरस्वती मा.वि., कादुपाडा
📱 ९८६३९७४९४१, ९८५२०२९५२४, ९८४१८७६६०७

आदरणीय अभिभावकज्यूहरु.....यस विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि कक्षा नर्सरी देखि ९ सम्म नयाँ विद्यार्थी भर्ना खुलेको ...
25/04/2026

आदरणीय अभिभावकज्यूहरु.....
यस विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि कक्षा नर्सरी देखि ९ सम्म नयाँ विद्यार्थी भर्ना खुलेको जानकारी गराउँदछौँ।
नयाँ विद्यार्थी तथा अध्ययनरत विद्यार्थीहरुलाई २०८३ बैशाख १४ गते सोमबार देखि निशुल्क पाठ्यपुस्तक वितरण सहित विविध शैक्षिक कार्य गरिने भएकाले भएकाले आफ्ना नानीबाबु सहित अनिवार्य उपस्थित भइदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछौं ।

आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा-८) को नतिजा प्रकाशन गरिएको सम्बन्धमा...
13/04/2026

आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा-८) को नतिजा प्रकाशन गरिएको सम्बन्धमा...

आज देखि संचालन हुँदै गरेको SEE परीक्षा २०८२ मा सहभागी भइ परीक्षा दिने यस विद्यालयका सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुमा पर...
02/04/2026

आज देखि संचालन हुँदै गरेको SEE परीक्षा २०८२ मा सहभागी भइ परीक्षा दिने यस विद्यालयका सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुमा परीक्षा सफलताको शुभकामना व्यक्त गर्दछौं ।

मिति २०८२ चैत्र ८ गते देखि कक्षा-८ को र मिति २०८२ चैत्र ९ गते देखि कक्षा नर्सरी देखि कक्षा-९ सम्मको बार्षिक परीक्षा संचा...
23/03/2026

मिति २०८२ चैत्र ८ गते देखि कक्षा-८ को र मिति २०८२ चैत्र ९ गते देखि कक्षा नर्सरी देखि कक्षा-९ सम्मको बार्षिक परीक्षा संचालन भइरहेको छ ।

विद्यालयमा सरस्वती पूजा सरस्वती पूजामा सहभागी हुनुहुने वि.ब्य. स., शि. अ. सं. पदाधिकारीहरु, पूर्व वि.ब्य.स. अध्यक्ष तथा ...
23/01/2026

विद्यालयमा सरस्वती पूजा
सरस्वती पूजामा सहभागी हुनुहुने वि.ब्य. स., शि. अ. सं. पदाधिकारीहरु, पूर्व वि.ब्य.स. अध्यक्ष तथा सदस्यज्यू हरु, रतुवामाई न.पा. लेखा अधिकृत निता सिग्देल मेडम, अभिभावकज्यू हरु, पूर्व विद्यार्थीहरु सम्पूर्णमा विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । विद्यालय प्रति हजुरहरु माया र लगाव सधैं रहिरहोस । यस सरस्वती पूजामा प्रसादीको लागि रु.१०००।- आर्थिक सहयोग गरिदिनु भएकोमा विद्यालयका अभिभावक रतुवामाई-६ निवासी कमल श्रेष्ठलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौं ।

21/01/2026

यहि मिति २०८२-१०-९ गते शुक्रबारका दिन यस विद्यालयमा रहेको सरस्वती माताको मन्दिरमा सरस्वती पूजा गर्ने कार्यक्रम रहेकोले पूजाका सरिक भइ पूजा आरधनाका साथै प्रसाद ग्रहणका लागि उपस्थित भईदिनुहुन यसै सूचना मार्फत सम्पुर्ण अभिभावकज्यूहरुमा अनुरोध गर्दछौं । साथै सो दिन बालबालिकाहरुको अक्षरारम्भ कार्यक्रम पनि रहेको जानकारी गराउदछौं । सम्पुर्ण शिक्षक/कर्मचारी, विद्यार्थीहरु, अभिभावक, वि.ब्य.स/शि.अ.सं. पदाधिकारीहरु, भुतपुर्व शिक्षकहरु, भुतपुर्व विद्यार्थीहरु साथै सरोकारवाला सम्पूर्ण शुभचिन्तकहरुमा उपस्थितिको लागि यो अनुरोधका साथ निमन्त्रणा गर्दछौं।

Address

रतुवामाई-६, कादुपाडा
मोरङ

Alerts

Be the first to know and let us send you an email when श्री सरस्वती मा. बि. रतुवामाई-६, कादुपाडा, मोरङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category