Quick EPS Online Form

Quick EPS Online Form

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Quick EPS Online Form, Educational consultant, kathmandu Nepal, Seoul.

"At EPS Online Form, we specialize in providing expert assistance with EPS-TOPIK CBT/UBT form filling,TOPIK I&II form filling, job application forms, and other essential paperwork for individuals seeking opportunities abroad.

29/11/2025

Last day training in Bhaisepati

29/11/2025

Last day training in Bhaisipati

11/11/2025

Tt

10/11/2025

Manufacturing क्षेत्रको भाषा परीक्षा सम्बन्धि सुचना। ।

20/10/2025

भोली October 21 बाट सन् २०२५ का लागि चौथो चरणको विदेशी कामदार छनौट प्रक्रिया (Issue) सुरु हुँदैछ। भोली मंगलबार (October 21) बाट शुक्रबार (October 24) सम्म ४ दिन Manufacturing र Shipbuilding तर्फ कामदार छनौट सञ्चालन हुनेछ भने अर्को हप्ता सोमबार (October 27) बाट विहिबार (October 30) सम्म Agriculture & Livestock तर्फ कामदार छनौट सञ्चालन हुनेछ।

यसपटकको कामदार छनौट प्रक्रिया (Issue) मा धेरै भन्दा धेरै जना नेपाली कामदारहरु छनौटमा पर्नुहोस् भन्ने कामना गर्दछौँ। रोष्टरमा रहनुहुने सम्पुर्ण व्यक्तिहरुमा सफलताको शुभकामना ❤️🎉

विस्तृत विवरण कमेन्टमा राखिएको छ।

10/09/2025

समा थापा लेख्नुहुन्छ
देश जलेर खरानी भयो अब यहि खरानी घसेर कति जनालाई साधु र महान बन्न छ समयले देखाउँछ। नेताले देश लुटे भन्नेले १ दिनमा देश खरानी बनाए अनि नपुगेर लुटपाटको ताण्डव मच्चाए, यस्ताले १ हप्ता मौका पाए आफ्नै घर पनि बाँकी नराख्ने रहेछन्। आन्दोलनको माग पुरा भएर शिर्ष नेतालाई युवाहरूको हत्यामा मुद्दा दायर गर्न सकिने अवस्थामा पनि यत्रो नरसंहार मच्चिएको छ भने यो भ्रष्टाचार विरुद्धको आन्दोलन होइन र यो विभिन्न तत्वसँग मिलेर आफ्नो रोटी सेक्ने दाउ हो
। घुसपैठ भएपनि ती घुसपैठिया पनि नेपाली युवा हुन्, राष्ट्रको धरोहर दनदनी जल्दा त्यो रापले तन र मन नपोल्ने भविष्यका कर्णधार कसरी बन्न सक्छन्? रगतको आहालमा खेल्ने सुरक्षा संयन्त्र, त्यसको बदला भन्दै जीवनभर सादगी जीवन बिताएकी शालिन नेता पत्नी जो प्रोफेसर समेत हुन् तिनलाई जिउँदो जलाउने,प्रहरी चौकी जलाएर पुलिसलाई जिउँदै मार्ने, मानिसका निजी सम्पत्ति खोजिखोजि जलाउने, बैंक सम्म लुट्न तयार समूह सबै नेपाली युवा हुन् भने मलाई आज नेपाली भन्न पनि लाज लागिरहेको छ। सिहंदरबार, राष्ट्रपति भवन यी नेताले मर्दा नामसारी गरेर लान्थे? त्यसमा त तपाईं हामी जो कोही को पनि बस्ने अधिकार थियो होइन ? हाम्रो भवन मात्र होइन हाम्रो विश्वास, ईतिहास र सान पनि सँगै जलेको छ। मीन बहादुर गुरुङ, हो उनी एमालेसँग निकट होलान् तर उनले तपाईं हामीले कल्पना गर्न नसक्ने गरि दान गरेका छन्,हरेक विपदमा सहयोग गर्छन्, कैयन पटक टिचिङ अस्पताल जाँदा उनले बनाएका भवन देख्दा लाग्थ्यो उनलाई परमात्माले अझै दिउन र उनी यसरी नै सेवा गरि रहुन्, हजारौंले रोजगारी पाएको भाटभटेनी शुन्यबाट शुरु भएको मिनबहादुरको लगनको धरोहर हो , यो हाम्रा लागि प्रेरणा पनि हो । खैर , हामी उज्यालो भविष्य भन्दै ठूलो अन्धकारमा धकेलिएका छौ यसको उत्तर सायद समयले दिनेछ। तारे होटल जलेका छन् यसले हाम्रो छवि अन्तर्राष्ट्रिय समुदायमा कस्तो पर्छ? यसको भर्पाई कसरी हुन्छ? हाम्रो पर्यटन उठ्न नसक्ने गरि ढलेको छ।ध्वंस गर्न १ दिन काफि छ निर्माण गर्न अब अर्को पुस्ता लाग्छ, देश भनेको ईटा र सिमेन्टको धरोहर मात्र होइन ईतिहासको दस्तावेज पनि हो । पुननिर्माण पनि होला तर आज हरेक नेपालीको आत्मवल डगमगाएको छ, सम्पत्ति त फेरि जोडिएला तर मानिसका घर जल्दा थपडी मार्ने, युवतीहरु बसेका होस्टेलमा लछारपछार गर्ने संस्कार नेपालीको हो भने यो देश कुनै माईकालाल आएपनि बन्दैन ।मान्छे नबन्ने समाज कहिँ पुग्दैन । मनमा प्रश्न त कति छन् कति तर अहिले उब्जिएको सबैभन्दा ठूलो प्रश्न २ किमि पर रहेको हाम्रा राष्ट्रिय धरोहर दनदनि बल्दा सेना किन निभाउन गएन? पुलिस कहाँ थियोे ? १० बजेको साईत के का लागि कुरिरहेको थियो ? कसको आदेश कुर्दै थियो ? अनि आन्दोलनमा जान उक्साउने सेलिब्रेटी र ईन्फ्ल्युएनसरले यो भाडभैलोको जिम्मा लिन पर्छ कि पर्दैन ? अनि २० जना युवा मरे त्यो के हो भन्नुहोला? हजुर अब यी सबपछि ती युवाको रगत खेर गएको छ किनकि उनीहरुको बिसुद्ध माग धुमिल भएको छ, उनीहरुलाई सम्झने फुर्सद छैन किनकि अब मुद्धा र ध्यान डाईभर्ट भयो , किनकि अराजकता यति हावी भयो कि ती अवोध युवाहरुको शहादत बिर्साउने गरि स्वार्थ समुह जुरमुराई सके। साँच्चै मनमा हजार प्रश्न त छदैछ त्योभन्दा बढी असहाय पीडा छ। थाहा छैन को कसले जिते तर देशले हारेको छ आज। अब यो पुस्ताले माओवादीले हिंसा र उदण्ड मच्चाए भन्ने नैतिक अधिकार पनि गुमाएको छ।हामीले भ्रष्ट शासनको अन्त्य खोजेका हौ, देशलाई स्वाहा बनाएर कननुन,विधि,मानवता,धरोहरको अन्तय गर्न होइन ।
मलाई थाहा छ, आज आन्दोलनको रापमा यति बोल्दा कति गालीको वर्षा र तिरस्कार खान्छु तर जता हावा बग्यो उतै वहकिने मेरो आदत छैन, आफ्नो ब्रम्हले देखेको सत्य सधैं बोल्नेछु ।
त्यो पापी प्रकृतिसँग पनि रिस उठेको छ जो हिजो देश दनदनी बल्दा पानी बनेर बर्सिन पनि सकेन।
म मरे पनि मेरो देश बाँची रहोस्, जय देश।

09/09/2025

राति १० बजेबाट सेना परिचालन हुँदै ।

09/09/2025

७२ सालमा भूकम्पले चिरा पारेको सिंह दरबार दुनिया संग ऋण खोजेर १० वर्ष लगाएर बल्ल ८२ सालमा उभिएको थियो । यो कुनै नेताको पेवा थिएन। कुनै नेताले आफ्नो नाममा नामसारी गरेका पनि थिएनन् । राणा/ राजा/पञ्च/प्रजातन्त्र/गणतन्त्र मा सबैले शासन गरे । अब आउनेले पनि सायद त्यतैबाट शासन गर्छन होला । आज विध्वंस भयो । चीनसँग ऋण खोजेर बनाएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ( संसद भवन) पनि जलाइयो , ऐतिहासिक शीतल निवास पनि जलाइयो। सर्वोच्च अदालत पनि जलाइयो । गाउँमा एउटा वडा कार्यालय भवन बनाउँदा, विद्यालयको एउटा कोठा बनाउँदा , एउटा हेल्थ पोस्ट बनाउँदा कति लगानी लाग्छ, कति दुःख हुन्छ, कति समय लाग्छ ! यो त १०० वर्षको इतिहास र पहिचान बोकेको राष्ट्रको सम्पदा जलेर खरानी भयो । सिंह दरवार जलाउँछु भन्नेको सपना पूरा भयो अब देश र जनताको सपना पूरा होला ?

01/09/2025

जानकारी ।

सन् 2025 का लागि चौथो चरण विदेशी कामदार छनौट प्रक्रिया (Issue) का लागि मिति र कोटा निम्नानुसार रहेको छ।

• कोटा सम्बन्धी जानकारी:
- उत्पादनमुलक क्षेत्र (Manufacturing): 13, 062 जना (सबै राष्ट्रबाट)
- पानीजहाज निर्माण (Shipbuilding): 500 जना (सबै राष्ट्रबाट)
- कृषि तथा पशुपालन (Agriculture & Livestock): 1,878 जना (सबै राष्ट्रबाट)
- माछा मार्ने (Fishery): 1,662 जना (सबै राष्ट्रबाट)
- निर्माण उद्योग (Construction): 356 जना (सबै राष्ट्रबाट)
- सेवा क्षेत्र (Service): 596 जना (सबै राष्ट्रबाट)
- जम्मा (Total): 18,054 जना

• मिति सम्बन्धी जानकारी:
- रोजगारदाता कम्पनीले कामदार माग आवेदन दिने: 2025 September 15 to 26
- Manufacturing, Shipbuilding तर्फ कामदार छनौट: 2025 October 21 to 24
- Agriculture & Livestock, Service, Construction, Fishery तर्फ कामदार छनौट: 2025 October 27 to 30

Quick EPS Online Form "At EPS Online Form, we specialize in providing expert assistance with EPS-TOPIK CBT/UBT form filling,TOPIK I&II form filling, job application forms, and other essential paperwork for individuals seeking opportunities abroad.

29/08/2025

Admit card पुन डाउनलोड सम्बन्धि सुचना।

25/08/2025

CCVI सम्बन्धी अत्यन्त जरुरी सूचना !!!!!

20/08/2025

इपिएस शाखा, ग्वार्कोले प्रकाशन गरे अनुसार ;

2025 August 18 र 19 मा प्राप्त Labour contract को सङ्ख्या निम्नानुसार रहेको छ।
- Manufacturing: 80 जना (79 जना पुरुष, 1 जना महिला)
- Agriculture & Livestock: 97 जना (76 जना पुरुष, 21 जना महिला)
- जम्मा: 177 जना (155 जना पुरुष, 22 जना महिला)

2025 August 05 देखि 19 सम्ममा प्राप्त Labour Contract को सङ्ख्या निम्नानुसार रहेको छ।
- Manufacturing: 835 जना (790 जना पुरुष, 45 जना महिला)
- Agriculture & Livestock: 197 जना (157 जना पुरुष, 40 जना महिला)
- जम्मा: 1,032 जना (947 जना पुरुष, 85 जना महिला)

Want your school to be the top-listed School/college in Seoul?

Click here to claim your Sponsored Listing.

Location

Address

Kathmandu Nepal
Seoul