सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू यहाँलाई एउटा विनम्र अनुरोध छ अहिले संसद्मा दिनदिनै विरोध र गतिरोध बढिरहेको देखिन्छ जसका कारण जनताको मनोबल र बुझाइमा पनि परिवर्तन आउने तरखर भइरहेको छ देश र जनताका लागि यहाँको कार्यव्यस्तता निकै उच्च छ भन्ने कुरामा दुई मत छैन तर आफ्नो यो व्यस्त समय तालिकाबाट कृपया दैनिक कम्तीमा एक घण्टा मात्रै छुट्याएर सदनलाई दिनुहुन अनुरोध गर्दछु तपाईंले सदनमा उपस्थित भई दिनुहुने त्यो एक घण्टाको समयले संसद्मा उठिरहेका सवालहरूलाई सम्बोधन गर्नेछ यसले हामीजस्ता आम नागरिक र सरोकारवालाहरूलाई पनि बाहिर समाजमा कसैकसैले सोध्ने प्रश्नहरूको सही जवाफ दिन र स्पष्ट पार्न सजिलो बनाउनेछ भन्ने मलाई लाग्छ आशा छ यो विषयलाई सकारात्मक रूपमा लिई सदनको समयलाई पनि विशेष प्राथमिकता दिनुहुनेछ
Basnet
द एजेन्डा
नेपालका ज्वलन्त मुद्दामा स्पष्ट विचार र सार्थक बहस
16/05/2026
संसद मा उभिएर जवाफ दिन नसक्ने !! अति भएन उठेका प्रश्न को जवाफ त दिनी होला नि सहमत होला नहोला!! ड्रेस जस्तो लगाएर गए नी । बीचमै उठेर के प्रमाणित गर्न खोजेको घर चलाएको हो घुर्की लगाउन । रा स्व पा नै बाले न होइन !!! सलाह कार को को छ ठीक लागेन !!
२०४८ सालदेखि अहिलेसम्म सुकुम्बासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न १९ वटा आयोग बने । यदि आयोगका कर्मचारी र पदाधिकारीहरूमाथि गरिएको खर्च मात्रै भूमिहीन तथा सुकुम्बासीलाई व्यवस्थापन गर्नमा लगाइएको हुन्थ्यो भने सबैलाई एक/एकवटा घर र जमिन दिन पुग्थ्यो ।’ २०४९ सालमा आयोग बन्दा नेपालमा भूमिहीन सुकुम्बासीको संख्या लगभग साढे पाँच लाख थियो जुन अहिले बढेर २० लाख पुगेको छ । यसको अर्थ यसबीच बनेका आयोगले सुकुम्बासीको संख्या घटाउनुको साटो बढाए । कुरा प्रष्ट छ नी!!
10/05/2026
यौटा प्रधानन्याधिश भएको पुर्व प्रधानमन्त्री समेत रहेर यत्रो निर्वाचन गरेर सम्मान सहित बसेको आमा समान उहाले प्रधानमन्त्री बालेनको श्रीमती सविना काफ्ले लाइ लक्षित गरेर जुन खालले आक्रोश पोख्नु भयो यो सोभनिय भएन ।यस्ले उहाको पदिय मर्यादा समेत गुमेको महसुस भयो उहाप्रती मेरो जुन सम्मान थियो त्यो डगमगाएको महसुस भयो उहालाइ प्रधानमन्त्री बनाउन डिस्कर्डमा मैले पनि भूमिका निर्वाह गरेर भोट पनि दिएको थिए जस्को राम्रो सदुपयोग गरेर निर्वाचन गराउनुभयो तर आज उहाले मन दुखाइदिनु भयो उहाको रिस प्रधानमन्त्री सङ्ग थियो होला तर यस्मा सविना काफ्लेलाइ जोडेर अपमान गर्नु यौटा महिलाले महिलामाथी गरेको हिन्सा हो जस्तो मलाइ लाग्यो । उहा जत्तिको महिलाले यो किसिमको छुद्र अभिब्यक्ति दिनु सोभनिय भएन ।
सुनिता गुरुङ // लेख्नु हुन्छ ।
अचम्म यो छ कि, संबैधानिक परिषदको बैठक बस्ने भय पछी श्रम सस्कृती पार्टीले उपसभामुख सङ्ग पार्टीको धारना यो हो, तपाइ ले हाम्रो पार्टीको धारणा अनुरुप आफ्नो भनाइ राख्नुस भनेर नभन्ने अनि उपसभामुखले निर्णय गरे पछी स्वयं पार्टी अध्यक्षले बिमती राख्ने यो तरिका पटक्कै भयन है
अब श्रम सकृती पार्टीले उपसभामुख फिर्ता बोलाउन पनि सक्दैन किनकी उ सङ्ग संसदमा संख्या पुग्दैन ।
पार्टीको संसदिय दलको निर्णय के हो थाहा छैन, पार्टी सचिबालयको निर्णय के हो अत्तो पत्तो छैन । अध्यक्ष एक्लै बोलेर प्रत्येक घन्टा घन्टामा स्टाटस मात्र लेखेर पार्टी चल्छ 🤔
श्रम सस्कृती पार्टी र पुरानो पार्टीमा भिन्नता छुट्ट्याउन गारो भयो । पुरानाले जे गरे त्यहि गर्ने हो भने नयाँ पार्टी किन चाहियो । काङ्ग्रेस एमाले माओबादी नै छदै छ्न नि होइन र यो जनमानसमा चलेको दोधार हो यति भन्दै गर्दा बिरोध गरेको होइन यो सुझाब सल्ल्लाह हो गाली ताली सबै स्विकार छ 🙏
केशर बम्जन!!
वाह! Rajendra Baniya Official ज्यु!नेपाली जनताले तपाईंको पत्रकारिताको अर्को नमुना देखे।एउटा सन्कि मान्छे आएर आँखामा आँखा जुधाएर झुठकाे थुप्रो फ्याकिरहेकाे छ मनगढन्ते कथाको पहाड बनाईरहेकाे छ र तपाईं जस्तो आँ गर्दा अलंकार बुझ्ने व्यक्ति गहिराे प्रति प्रश्न नगरी सुनिमात्र रहनु भयाे,यलम्बरकाे कुरा उठाउनु भयाे तर बाेक्रा मात्र छुनु भयाे।गुदिसम्म पुग्नु भएन।आफ्नो पहिचान बाेकेकाे राष्ट्रिय सम्पत्तिलाई अरु नामले सम्बाेधन गर्दा तपाईंको कडा प्रश्न किन आएन?अमेरिकाबाट काेही नेपाल आउँदा भारतकाे माटोमा पाईला टेकियाे भनिदिँदा मिल्छ र?त्याे पनि पब्लिक फिगरले??कसैको भुगाेल ईतिहास र पहिचानलाई मन लागेकाे नामले बाेलाउनु सिर्फ शब्द मात्रै हाेर?तपाईमा बाैध्दिकता नपुगेकाे हाेकि नैतिकता हराएकाे हाे?अनि अर्काे गफाडी चैँ त्याे त वाक स्वतन्त्रता हाे भन्दै पन्छिन्छ।वाक स्वतन्त्रता नै हाे भने राजेन्द्र बानियाँलाई मिराज ढुङ्गाना भन्न मिल्छ कि मिल्दैन?यदि मिल्दैन भने अरुकाे पहिचान माथि मनपरि बाेल्दा त्याे स्वतन्त्रता कसरी भयाे?पुल बनाउछु भनेर चन्दा उठाएकाे विषय पनि उठाउनु भयाे,तर प्रश्न यस्ताे लाग्याे मानाैँ हर्क साम्पाङ्काे गलत कामलाई सही देखाउने भुमिका तपाईंले नै बनाईदिनु भयाे।यदि हर्क साम्पाङकाे ठाउमा तपाईंलाई मन नपर्ने काेही भैदिएकाे भए प्रश्न यस्ताे हुने थियाे,एक ठाउँका लागि पैसा उठाएर किन अर्काे ठाउँमा बनाउनु भयाे?संभव थिएन भने पहिल्यै चन्दा किन उठाउनु भयाे?संभव छकि छैन थाहा थिएन भने किन जनतालाई विश्वास दिलाउनु भयाे?कुल चन्दा कति उठ्याे?कहाँकहाँ खर्च भयाे?पुर्ण हिसाब किन सार्वजनिक भएन?तर सामपाङ्काे हकमा तपाईंको शैली फरक देखियाे।उसलाई मुख खाेल्न लगाउने अनि आफुले अनुकूल शब्द हालिदिने।अमिशाकाे अन्तर्वार्ता हेर्दा एकछिन लाग्याे सायद तपाईं निष्पक्ष पत्रकार हुनुन्छ तर गहिरिएर हेर्दा त्याे पनि पत्रकारिता भन्दा बढी आफ्नै फेम र ईमेज बचाउने खेल देखियाे।राजेन्द्र बानियाँ ज्यु,अर्काे पटक हर्क साम्पाङकाे अन्तर्वार्ता लिँदा यी प्रश्न साेध्नुहाेस,राई लिम्बूले पनि बालेनलाई भाेट हाल्छ र?यसकाे स्पष्टीकरण माग्नुहाेस,राजनीतिक एजेन्डाका लागि नाबालिककाे फाेटाे सामाजिक सञ्जालमा किन प्रयाेग गरियाे?बालेन शाहलाई विदेशी एजेन्ट भन्ने आधार के हाे?रवि लामिछानेलाई सहकारी ठग घाेषणा गर्ने प्रमाण के हाे?कुलमान घिसिङलाई MCC काे मतियार भन्ने आधार के हाे?जनताबाट उठेकाे चन्दाकाे पुर्ण हिसाब कहाँ छ?अर्काकाे पहिचान,जाति,समुदाय,परिवार र बच्चा सम्मलाई राजनीति हतियार बनाउने नैतिक अधिकार कसले दियाे?तर तपाईंले यस्तो प्रश्न साेध्नुहुन्छ कि हुदैन मुख्य कुरा तेही हाे,किनकि अहिले तपाईंको पत्रकारिता हेर्दा प्रश्न भन्दा पुर्वाग्रह,सन्तुलन भन्दा भाष्य निर्माण र पत्रकारिता भन्दा राजनीतिक गन्ध बढी देखिन्छ।राजेन्द्र बानियाँ ज्यु,अब यस्तो पत्रकारिता गरेर आफ्नो स्मार्टनेस देखाउन छाेड्नुहाेस,जनतालाई कम आँक्न छाेड्नुहाेस,हिजो तपाईंले दरिलो प्रश्न गरे जस्तो देखाउदै कसको भाष्य बचाउनु भयाे?कसलाई सहज बनाउनु भयाे?जनता विस्तारै बुझ्दै गएका छन्।आज तपाईंले नरुचाएका व्यक्तिहरु सत्ता र प्रभावमा पुगेपछि तपाईंको भाषा अनुहार प्रश्न र माैनताबाट कस्तो गन्ध आईरहेकाे छ त्याे पनि जनताले महसुस गरिरहेका छन्।देशलाई भ्रष्ट नेता र बेईमान सत्ताले मात्र बिगार्दैन,देशलाई त्यस्ता पत्रकारले पनि बिगार्छन् जाे प्रश्नको नाममा पक्षपात बेच्छन्।निष्पक्षताकाे नाममा आफ्नो भाष्य जाेगाउछन् र जनतालाई अझैपनि नबुझ्ने भीड ठान्छन्।पत्रकारिता शक्ति हाे तर त्यो शक्ति सत्यको पक्षमा उभिँदा मात्र सम्मानित हुन्छ।जब पत्रकारिता रिस,दल,गुट र पुर्वाग्रहकाे माध्यम बन्छ त्याे पत्रकारिता हैन त्याे जनताको चेतना माथि गरिएकाे छल हाे।राजेन्द्र बानियाँ ज्यु समय बदलिएको छ अब जनताले नेतालाई मात्र हैन पत्रकारलाई पनि प्रश्न गर्न थालेका छन् र आजकाे प्रश्न तपाईंलाई हाे,
तपाईं पत्रकार हुनुन्छ कि पत्रकारिताकाे आवरणमा भाष्य निर्माण गर्ने पात्र???
३०-४० वर्ष आश्वासन दिएर आफ्नो स्वार्थ पूरा गरे अहिले साच्चिकै सुकुम्बासी/हुकुम बासी को को ? सरकारले हटाउन थाले पछि को रोदन हो झोले झोलीहरु को विशेष गरी एमाले काँग्रेस माओवादीको । जब आबस्यक परे झण्डा बोक्न ढुंगा हान्ने मास कलेक्सन शो गर्न ती सुकुम्बासी काम लागे । नयाँ सरकारले व्यवस्थित गर्न होल्डिङ सेण्टर सारे सँगै झुप्रो नै भए पनि आफ्नो र होल्डिङ सेण्टर वातावरण एकै हुँदैन समस्या हुन्छ केही दिन । खाना भने जस्तो नपाउन सक्छ । स्वास्थ्य उपचारमा कमी अनि केटाकेटीको पढाइ छुटन् सक्छ कोही काममा जान नसक्ने हुन सक्छ यस्तो परिस्थिति मा हिजोका दिनमा तिनले लगाएको गुन तिर्न पर्दैन? की उल्टो अन्ट सन्ट बक्ने हो ? कुन चाहिँ एमाले कुनचाहिँ कांग्रेसी नेता गए होल्डिङ सेन्टर जहाँ सुकुम्बासी बसेका छन् उनीहरूको अवस्था कस्तो छ बुझ्ने काम कुन नेताले गरे एक छाक राम्रो खान पाए पाएनन् बुझ्ने काम गरे ? के गर्थे हिजो उपयोगिता थियो प्रयोग गरे आज उपयोगिता सकियो के मतलोव । विरोध का लागि विरोध गर्ने एमाले का झोले नेताहरु देख्दा ताजुव लाग्छ कुन नैतिकताले दिन्छ कि पहिला "भुमिहिनलाई जग्गा र घरको व्यवसथा गर अनि सार" भन्ने आज सम्म एमाले काँग्रेस ले १७ पटक आयोग बनाए के किन के कारण कसले गर्दा एक सिनको भाँच्ने काम भएन ? तसर्थ अहिलेको सरकारलाई सहयोग गर्ने र राजनीतिक भविष्य जोगाउने वास्तविक सुकुम्बासीको अवस्था प्रति सजक सचेत र परी आए राज्यको सरकारको मुख मात्र ताक्ने नभई सीधा होल्डिङ सेन्टर जाने र चाहिएको उपलब्ध नभएका सेवाहरू पार्टी को पैसाले व्यवस्था गर होइन भने फेसबुकमा मात्र बढो साधु बन्ने कोशिस नगर्दा हुन्छ ।
-अब देशले के खोजिरहेको छ भन्ने बुझ्न जरुरी छ। एकातिर, जेन्जी पुस्ताले गरेको आन्दोलन र त्यसको म्यान्डेट । अर्कोतिर, चुनावबाट पुराना शक्ति र राजनीतिक सोचलाई अस्वीकृत भइसकेको छ। पछिल्लो चुनावले पनि स्पष्ट सन्देश दिएको छ, काम गर्ने, छिटो निर्णय लिने, र परिणाम दिने नेतृत्व चाहिएको छ। त्यसैले राष्ट्रपति कार्यालयले अब स्पष्ट निर्णय लिनुपर्छ। ‘विज्ञ’को आडमा प्रक्रिया लम्ब्याउने होइन, जनताको म्यान्डेटअनुसार अघि बढ्ने समय आएको छ।///
Click here to claim your Sponsored Listing.