ज़िन्दगीकाे गाेरेटाेमा

ज़िन्दगीकाे गाेरेटाेमा Study

26/10/2025

डिभोर्स अगाडी श्रीमानको घर जेल जस्तो लाग्थ्यो। आज डिभोर्स भएको तीन बर्ष पछि आफ्नै घर नै नर्क जस्तो लाग्छ।खै किन लेख्दै छु- सायद यही आशामा होला, ताकि मैले गरेको जस्तो गल्ती अरु दिदीबहिनीले नगरुन। रिसको आवेगमा परिवार नफुटोस।

गोप्य नै रहोस् मेरो नाम उमेर बसाई। मैले बिहे गर्दा मेरो उमेर १९ बर्षको मात्रै थियोे। मैले आफ्नै रोजाइमा बिबाह गरे,मेरो श्रीमान शान्त स्वभावको कामकाजी छन। अलिकति जिद्दी उसले भनेपछि हुनै पर्ने, उसको कुरा माथि पर्नै पर्ने तर मनमा नराम्रो चाहिँ थिएन।

झण्डै तीन बर्ष हाम्रो परिवार टिक्यो। त्यसबेला हाम्रो एक बर्षको छोरा थियोे।

बिहे पछि सुरु सुरुमा सबैकुरा राम्रै चलिराको थियोे। तर म एकदम भावुक किसिमको थिए, अलिक रिसालु पनि थिए। श्रीमानले थोरै मेरो बारेमा नराम्रो केही भनेमा तुरुन्तै झोला बोकेर माइत जाने गर्थे। त्यसबेला दिदी भिनाज, दाजु भाउजू, भाइ बुहारी आमाबुबा सबै मेरो पक्षमा उभिन्थे। किनकि मैले ज्वाइँले ममाथि गरेको व्यबहार सुनाउथे तर मैले गरेको गल्ती चाहिँ लुकाउथे। त्यसबेला सबैले मेरो श्रीमानलाई नै दोषी देख्छन, र मलाई सहारा दिन्छन्- अनि मेरो गल्ती केही छैन सबै त्यसैको गल्ती हो, भनेर मैले पनि सोच्ने गर्थे।

एकदिन कुरै कुरामा हाम्रो झगडा भयो- कुनै पनि श्रीमतीले आफ्नो श्रीमानलाई नभन्नुपर्ने कुरा मैले भने। त्यसबेला रिस र उत्तेजनामा उसको सहनशीलता फुट्छ, र उसले मलाई एक झापड मेरो गालामा हान्यो- त्यो एक झापडले मेरो जीवन लाई बदल्छ।

रिसाएर झोला र नानी च्यापेर बुबाको घर आए। आफुले गरेका भनेका गल्ती लुकाएर रुँदै मैले उसले कराको हप्काको कुटेको कुरा सुनाए, देखाए। त्यसबेला सबै मेरो माइती पक्षले (अब त्यस्तो राक्षस सँग बस्नु पर्दैन, त्यसलाई मुद्दा हाल भने) मैले पनि उसको नाउँमा महिला दुर्व्यवहारको मुद्दा दायर गरे। प्रहरीले उसलाई भगायो, उसको आमाबुबाले मुद्दा फिर्ता गर्न बारम्बार मलाई आग्रह गरे।

म राति ओछ्यानमा सुतेर सोच्ने गर्छु, के उ साँच्चै नै नराम्रो मान्छे थ्यो त?

केही दिनपछि धैर्य गर्न सकिन भन्दै उसले माफी माग्यो।

मैले मुद्दा फिर्ता लिए, तर म उसँग उसको घरमा गइन। केही दिन पछि दुई परिवार मिलेर बस्नु अब नयाँ तरिकाले जीवन यापन गर्नु परिवारले भने। म पनि सहमत भए।

पहिलो केही महिना राम्रैसँग बित्यो। तर अचानक फेरि झगडा भयो- र म मेरो आमाबुबाको घरमा आए।

केही दिन पछि मेरो श्रीमान बिरामी छन भनेको कुरा सुने। माइतीघरका सबैले स्वास्नी फर्केर आउछे भनेर नाटक गरेको हो भने। त्यसबेला उसका आफ्नो आफन्त लिएर यहाँ आओस् त्यसपछि उनिहरुको साथमा जान्छु भन्ने मनमा सोचे।

तर कोहि आएनन्। बरु घरमा एउटा पत्र आउँछ- सम्बन्धविच्छेद पत्र।

पत्र हातमा परेपछि मन मुटुमा दनदनी आगोले पोले जस्तो भयो, अनि सोचे, यो आट उसमा कहाँबाट आयो? कति गाह्रो भयो, सहनै सकिन्, माइतीपक्षले "कुचोले बढार्नुपर्ने कसिङ्गार हावाले उडायो" भन्दै अदालतमा गएर छोराको पढाइ लेखाइको लागि मासिक खर्च र अंश माग्न सुझाव दिए। मलाई मेरो मुटुमा १००० किलोको ढुंगाको वजनले थिचे जस्तो महसुस हुँदै थियोे, सास फेर्न गाह्रो भएको थियोे। त्यसबेला एक सब्द पनि नसोची सबै कुरा स्वीकार गरे।

बच्चा मसँग आयो, आर्थिक सुरक्षा- र उसको हातबाट म स्वतन्त्र भए।

आज साढे तीन बर्ष बितेछ। उसले फेरि नजिकैको स्कुलमा पढाउने शिक्षिका बिहे गरेको छ रे, सुन्छु धेरै राम्री छे रे- तर म?
मेरो जिन्दगी जहाँ छ त्यही रोकियो- यो संसारमा लोग्ने मरेकासँग बिहे गर्न बढी रुचाउँछन् तर हामी डिभोर्सी सँग रात कटाउन घुमाउन साँच्चै भन्ने हो भने रातकी रानी र रखेल बनाएर राख्न रुचाउँदा रहेछन्।

आज म सोच्ने गर्छु- एउटा गल्ती, अलिकति जिद्दी, रिसको एक झिल्कोले मेरो पुरै परिवार सधैंको लागि सकियो।

उसले मलाई एकपटक एक झापड हान्यो- तर मैले उसलाई सहनै नसक्ने शब्द भने, मेरो अहंकार र माइतीघरको सपोर्टको घमण्डले उसलाई बारम्बार दु:ख दिए। आज मैले बुझ्दै छु, परिवारमा जोडिएर बस्नु भनेको माफी दिनु, आफू अनुकुल हुनु, मायामा कमि हुन नदिनु रहेछ। तर यो सबै मेरो भाग्यमा रहेन।

सम्बन्धविच्छेद गरेपछि स्वतन्त्र हुन पाइन्छ- भनेर जसले सोचिरहेका छन। स्वतन्त्र होइन यो एक प्रकारको एक्लो कारागार हो, जेल बन्दी हो।
जब सबैको परिवार जोडिएर बसेको देखिन्छ, खुशी जीवन हुन्छ त्यसबेला आफ्नो एक्लो कोठा नर्क जस्तो लाग्छ।

🌸 दिदीबहिनीहरु आफ्नो श्रीमानसँग झगडा गर्नु, तर रिसमा डिभोर्स भन्ने शब्द नल्याउनु। आफू अलिक नरम बन्नु, श्रीमानलाई अलिक छुट दिनुस सायद त्यसले तपाईंको पुरै जिन्दगी नै बद्लिन्छ। अर्को कुरा माइतीले पनि आफ्नो बिहे गरेर गाकी छोरीलाई चाडपर्वमा बाहेक अरुबेला बोलाउने चलाउने काम नगर्नु। आफ्नो बुहारीलाई जस्तो आफुले गरेकोछ्, त्यही कुरा आफ्नो छोरीमा पनि पालना हुन्छ भनेर सधैं सोच्ने गर्नु।।

24/02/2025
09/01/2025
15/03/2024

रामप्रसाद को मेडिकल हल जिल्ला अस्पताल अगाडी हुनुको कारण राम्रोसँग चलेको थियोे। तर भन्ने गरिन्छ नि धनले मान्छेको दिमाग लाई भ्रष्ट गर्दिन्छ भनेर, रामप्रसाद सँग पनि यही कुरा घट्न गयो।
रामप्रसाद ले भन्छन् कि मेरो मेडिकल स्टोर धेरै राम्रोसँग चलिरहेको थियोे र मेरो आर्थिक स्थिति पनि धेरै राम्रो थियोे आफ्नो कमाइले मैले केही घडेरीहरु किने र आफ्नो मेडिकल स्टोरको साथ एउटा क्लिनिक पनि खोले। तर मैले झुठो बोल्दिन म एउटा लालची किसिमको मान्छे थिए किनकि मेडिकल फिल्डमा दुईगुणा होइन कयौंगुणा कमाई हुन्छ। सायद धेरैजसो मान्छेहरूले यसबारेमा थाहा पाउदैनन.. मेडिकल प्रोफेशनमा १० रुपैयाँमा आउने औषधि आरामले ७०/८० रुपैयाँमा बिक्छ। तर यदि कसैले मलाई दुई रुपैयाँ पनि कम गर्नको लागि भन्योभने मैले ग्राहकलाई हुँदैन भनेर भन्ने गर्छु। खैर, मैले अरुको बारेमा कुरा गरेको होइन..मैले मेरो आफ्नै बारेमा कुरा गरिरहेको छु।
२०७४ साल असारको महिनामा एकजना बृद्ध ब्यक्ति मेरो मेडिकल हलमा आए र उसले मलाई डाक्टरको पर्ची हातमा थमाइ दिए। मैले औषधिको नाउँ पढे र त्यस औषधि लाई निकाले। त्यस औषधिको मुल्य ५६० बिलमा लेखेको थिए। बृद्धले बिल हेरेर सोचिरहेका थिए, उसले आफ्नो गोजी सबै खानतलासी गरे तर उसँग जम्मा १५० रुपैया मात्रै थियोे। म त्यस बेला धेरै रिसाएको थिए किनकि मलाई त्यस औषधि खोज्नलाई धेरै समय लागेको थियोे, त्यसमाथि त्यस बृद्धसँग पुग्ने पैसा पनि थिएन। बृद्धले औषधि नलिकन जाने पनि मन गरिरहेका थिएनन्.. सायद उसलाई औषधिको धेरै महत्त्व हुनुपर्छ। त्यसपछि त्यस बृद्ध ब्यक्तिले भने: "मलाई मद्दत गर्नुहोस सर, बिलमा भएजती पैसा मसँग पुग्दैन.. घरमा मेरो बृद्ध श्रीमती बिरामी छे। हाम्रो छोराछोरीले हामीलाई केही सोधपुछ गर्दैनन्, म आफ्नो श्रीमतीलाई यसरी बृद्धअबश्थामा मर्दै गरेको देख्न सक्दिन।"
त्यसबेला मैले उस बृद्ध बुढाको कुरा सुनिन र उसलाई औषधि नलिकन जान भने। यहाँ म एउटा कुरा भन्न चाहन्छु कि वास्तवमा उस बृद्ध व्यक्तिको औषधिको कुल मुल्य १२० रुपैयाँ हुन्थ्यो। तर मैले उसबाट १५० रुपैयाँ लेको हुन्थे भने पनि मलाई ३० रुपैयाँ नाफा हुन्थ्यो। तर मेरो लालच ले उस लाचार बृद्ध ब्यक्ति लाई पनि छोडेन।
मेरो औषधि पसलमा उभिएको एक अर्को ग्राहकले आफ्नो गोजीबाट पैसा निकालेर उस बृद्ध ब्यक्तिको औषधिको पैसा भुक्तान गरिदियो। तर यसो गर्दा पनि मलाई केही असर परेन. मैले पैसा लिए र बृद्ध लाई औषधि दिएँ।
समय बित्दै गयो २०७७ साल आयो। मेरो एउटा मात्रै छोरा प्रमोद लाई ब्रेन ट्युमर भयो। पहिला त हामीलाई थाहै भएन,तर जब हामीले थाहा पायौं छोरा मृत्युको नजिक थियो। पैसा पानी जसरी बगिरह्यो छोराको बिरामी अवस्था बिग्रदै गयो। बजारको घर बेच्यौ, घडेरी बेच्यौं र अन्ततः मेडिकल स्टोर पनि बेच्नुपर्यो तर मेरो छोराको स्वस्थ्य अवस्था सुध्रिएन। उसको अप्रेसन पनि भयो र जब सबै पैसा सकिदै गयो तब अन्तिममा डाक्टरहरुले मलाई आफ्नो छोरालाई घर लगेर जान र उसलाई सेवा गर्नु भनेर भने।
त्यसपछि २०७८ साल मंसिरमा मेरो छोराको निधन भयो। मैले जीवनभर कमाएर पनि उसलाई बचाउन सकिन र यही २०८० साल भदौमा मलाई प्रेसर ले हानेर मेरो देब्रे पाटो हात खुट्टा नै चल्दैन।
आजभोलि जब मैले प्रेसरको औसधि किनेर खान्छु त्यस औषधिमा खर्च गरेको पैसाले मलाई सताउने गर्छ। किनकि मलाई त्यस औषधिको वास्तविक मुल्य थाहा छ। एकदिन म केही औषधि लिनको लागि दाहाल मेडिकल स्टोर गएँ र १०० रुपैयाँको इन्जेक्सन मलाई ७०० रुपैयाँमा दिए। तर त्यसबेला मेरो गोजीमा ५०० रुपैयाँ मात्रै थियोे पैसा नपुगेको कारण म इन्जेक्सन बिना नै मेडिकल स्टोर देखि घर आउनु पर्यो। त्यसबेला मलाई त्यस बृद्ध ब्यक्तिको धेरै याद आइरहेको थियोे.....
म जस्तै मेडिकल खोलेर बसेकाहरुलाई भन्न चाहन्छु कि हामी सबै कमाउनको लागि बस्छौं किनकि हामी जोकोहीसँग एउटा पेट हुन्छ्। तर वैध तरिकाले कमाउनुहोस्, गरिव लाचारहरुसँग लुटेर कमाउनु राम्रो कुरा होइन किनकि नर्क र स्वर्ग यही धर्तीमा छ.. अन्त कतै छैन। र आज मैले नर्क भोगिरहेको छु। पैसाले जहिल्यै पनि मद्दत गर्दैन.. भगवानको पदमार्गमा हिड्नुहोस्.. उसको नियम अटल छ किनकि एउटा सानो लालच ले पनि हामीलाई धेरै ठूलो दु:खमा धकेल्न सक्छ।
साभार: सामाजिक सञ्जाल

12/11/2023

छोटो समय भएकोले सबैको घरघर आउने सम्भावना नहुँदा। मैले यो वर्षको देउसी समाजिक सञ्जाल बाट एक मुष्ट सबै माझ खेल्ने निर्णय गरेको छु!!
सबैले दक्षिणा QR code बाट गर्दिनु होला धन्यवाद!! 🙈
#झिलिमिली झिलिमिली..देउसुरे। केको झिलिमिली..देउसुरे। फुलको झिलिमिली..देउसुरे। केको फुल..देउसुरे सयपत्री फुल ...देउसुरे। गोदावरी फुल..देउसुरे।मखमली फुल ...देउसुरे। बत्तीको झिलिमिली..देउसुरे। वर्षमा दिनको..देउसुरे चाडबाड हाम्रो..देउसुरे। मिली र जुली..देउसुरे।मनाऔँ है हामी..देउसुरे। खुसी है बाँडी..देउसुरे। दु:ख है साटी..देउसुरे। मरेर लानु..देउसुरे। के छ र साथी..देउसुरे। अँधेरी रातलाई..देउसुरे। उज्यालो पारी..देउसुरे। मनैको साइनो..देउसुरे। वारि र पारि..देउसुरे।जोड्दै मा आयौँ..देउसुरे। हजुरका घरमा..देउसुरे। सम्झेर आयौँ..देउसुरे।पर्व मनाउँदै..देउसुरे।देउसुरे गाउँदै..देउसुरे।रातो है माटो..देउसुरे।चिप्लो है बाटो..देउसुरे।बिस्तारी आयौँ..देउसुरे।खुसी भई आयौँ..देउसुरे।वर्षमा दिनको..देउसुरे।भेट र घाट..देउसुरे।लाखै पो होला..देउसुरे।यस्तैॆमा कुरा..देउसुरे।सम्झेर आयौँ..देउसुरे।रिसानीमा..देउसुरे।माफै पो होला ...देउसुरे।मनैले मन..देउसुरे।जितेर आयौँ..देउसुरे।ए मेरा देउसे..देउसुरे।राम्ररी भन..देउसुरे।बोलीमा मिलाई..देउसुरे।लोलीमा मिलाई..देउसुरे।स्वर हाली भन..देउसुरे।स्वर मिलाई भन..देउसुरे।चारकुने आँगनिमा..देउसुरे।घेरा मारी..देउसुरे।घुमी घुमी भन..देउसुरे।नाची नाची भन..देउसुरे।थप्पडी मारी..देउसुरे।सुरिलो पारी..देउसुरे घरबेटिलाई..देउसुरे।मन पर्ने गरी..देउसुरे।
सुन्दै पो होलान्..देउसुरे।हेर्दै पो होलान्..देउसुरे।
कहाँका आए..देउसुरे।को को नि आए..देउसुरे।
हेर्दै पो होलान्..देउसुरे।चिन्दै पो होलान्..देउसुरे।
कोहीमा भाइ..देउसुरे।पूर्वका हामी..देउसुरे।
कोहीमा भाइ..देउसुरे।पश्चिमका हामी..देउसुरे।
कसैको घर..देउसुरे।उत्तरतिर..देउसुरे।
कसैको घर..देउसुरे।दक्षिणतिर..देउसुरे।
गैरीमा गाउँ..देउसुरे।डाँडाको गाउँ..देउसुरे।
सल्लाह है गरी..देउसुरे।मतो है गरी..देउसुरे।
गाउँ र घरमा..देउसुरे।उज्यालो पार्दै..देउसुरे।
जे जति जान्यौँ..देउसुरे।जे जति सिक्यौँ..देउसुरे।
देउसुरे गाउँदै..देउसुरे।आएका हामी..देउसुरे।
घरबेटि आमा..देउसुरे। घरबेटि बाबा..देउसुरे।
जानेनौँ भने..देउसुरे।मन पर्ने गरी..देउसुरे।
देउसीको भाका..देउसुरे।गाएनौँ भने..देउसुरे।
माफ दिनु होला..देउसुरे।आउँदा मा आउँदा..देउसुरे।यो बेला भयो..देउसुरे।ढिलो पो भो कि..देउसुरे।झर्को पो भो कि..देउसुरे।ए मेरा देउसे..देउसुरे।राम्ररी भन..देउसुरे।भट्टयाउनेको..देउसुरे।स्वररैमा ढाकी..देउसुरे।भाकामा भाका..देउसुरे।सुरिलो राखी..देउसुरे।नाङ्लो है माथि..देउसुरे।फूल र पाती..देउसुरे।
अझै त्याँ माथि..देउसुरे।काँसाको थाली..देउसुरे।अन्न र चामल..देउसुरे।थालैमा राखी..देउसुरे।फलफुलै राखी..देउसुरे।
दियो हो बाली..देउसुरे।अन्न र धनको..देउसुरे।
पूजा है गरी..देउसुरे।सुख र शान्ति..देउसुरे।
सबैलाई हुने..देउसुरे।कामना गरी..देउसुरे।
यो पर्व मान्ने..देउसुरे।तिमी र हामी..देउसुरे।
ए मेरा देउसे..देउसुरे।भन्दैमा जाऔँ..देउसुरे।
गाउँदैमा जाऔँ..देउसुरे।यहाँ मात्र होइन..देउसुरे।
अरू घर पनि..देउसुरे।जानु है पर्ला..देउसुरे।
ढिलो पो होला..देउसुरे।आसिकै दिइजाऊँ..देउसुरे।यसैमा घरका..देउसुरे।बाबाआमाले..देउसुरे।
ढुङ्गा है छुँदा..देउसुरे।द्रव्य है होओस्..देउसुरे।
माटोमा छुँदा..देउसुरे।अन्न है होओस्..देउसुरे।
पानीमा छुँदा..देउसुरे।इच्छामा गर्दा..देउसुरे।
तेल है होओस्..देउसुरे।चिताएको कुरा..देउसुरे।
सबै नै पुगोस्..देउसुरे।रोगकष्टले..देउसुरे।
पिर नगरोस्..देउसुरे।यसै घरमा..देउसुरे।
सुख-शान्तिले..देउसुरे।बास है गरोस्..देउसुरे।इष्ट र मित्र..देउसुरे।बढी नै रहून्..देउसुरे।शत्रु र बैरी..देउसुरे।परै होऊन्..देउसुरे।कलहले कतै..देउसुरे।ठाउँ नपाओस् ..देउसुरे।यसैमा घरका..देउसुरे।सन्तानैको..देउसुरे।संसारैभरि..देउसुरे।ख्याति र कीर्ति..देउसुरे।चली मा रहोस्..देउसुरे।देउसेको आसिक..देउसुरे।लागीमा जाओस्..देउसुरे।नमरी बाँचे..देउसुरे।कालैले साँचे..देउसुरे।अर्को साल आऊँला..देउसुरे।
फेरि भेट होला..देउसुरे।सम्झना राखौँ..देउसुरे।
लौ बिदा मागौँ..देउसुरे।लौ बिदा मागौँ..देउसुरे।
All in one

😢😢😢
02/11/2023

😢😢😢

अध्ययनको शिलशिलामा १ बर्षको इन्टर्नको लागि २०८० भाद्र २८ गते (१४ सेप्टेम्बर) मा बिदेशी मुलुक हङकङ जाने फिक्स गरेर बसेकी नितुको अनुहारमा डण्डीफोरले दुःख दिईरहेको थियो । अलिक अनुहार सफा गरेर बिदेश जान भगवान सरी माने डाक्टर देखाउन मिति २०८०।३।२२ गते ख्वप अस्पतालमा चेक जाँच गर्न गएकी थिईन । रगत र एलर्जी परिक्षण बिना नै MINOCIN र ACNETRATE औषधी लेखेर दिएपछि ती औषधी खाएकी थिइन । त्यो औषधीको Reaction वा एलर्जी हुन सक्ने तर्फ कुनै सचेत गर्ने गराउने काम पनि भएन । केही दिनपछि ज्वरो, खोकी लाग्न थाल्यो । मिति २०८०।४।२ मा त्यहीं ख्वप अस्पतालमा लिएर जाँदा त्यहीं MINOCIN / ACNETRATE नै औषधी निरन्तर खान लेखी दियो त्यो दिनको अस्पतालको प्रेस्कीप्सनमा डा. नितु मानन्धर नाम लेखेको पाइयो वहाँ छालाको डाक्टर पनि होइन रहेछ साथै फिजिसियन पनि देखाउन भनियो अनि देखाइयो । टाइफाईड र ज्वरोको लागि औषधी मात्रै लेखिदियो । ती डाक्टरहरुले लेखि दिएको औषधी खाएर निको हुनुको साटो बान्ता हुने, वाक्कवाक्क हुने, ज्वरो आएर गाह्रो हुन थालेपछि मिति २०८०।४।१४ मा बिहानै ४:०० बजेतिर ख्वप अस्पतालमा इमर्जेन्सीमा लिएर गएपछि तत्काल भर्ना गरियो । भर्ना भएर उपचार हुँदै गर्दा नितुको हालत झन झन खराब हुँदै गयो । औषधीको Reaction हुन सक्ने तर्फ ध्यान कसैले पनि दिएन । उपचारको क्रममा ज्वरो आईरहने, जिउभरि एलर्जी, जीउभरि रातो रातो बिमिराहरु, जिउ सुनिएको, छाला रातो हुँदै गयो । औषधीको Reaction हो वा एलर्जी के हो भन्ने तर्फ कुनै परिक्षण नै गरिएन खाली कडा एन्टीबायोटिक्स र ज्वरोको औषधी चाहिने भन्दा बढी डोज दिईरह्यो । नितुको शरीरले थाम्न सकेन कलेजोमा समस्या देखिन थाल्यो, जण्डिस देखिन थाल्यो, जतिल भैसकेको ख्यालै पनि राखेन ठिक हुन्छ चिन्ता नगर मात्रै भनी हामीलाई सान्वता दिने काम मात्रै भयो । नितुको स्वास्थ्य अबस्थामा सुधार नभएपछि अन्त अस्पताल लान्छु रिफर दिनु भन्दा शुरुमा रिफर दिनै मानेन र त्यहाँका स्टाफ नर्सको ब्यबहार निको लागेन । हाम्रै जवरजस्ती अनुराधमा नितुलाई मिति मिति २०८०।४।२१ मा बि एण्ड बि मा उपचारको लागि लिएर गयौं । ख्वप अस्पतालका डाक्टरले दिएका औषधी सबै हेरेर औषधी सबै बन्द गरी सबै प्रकारका स्वास्थ्य जाँच परिक्षणहरु गर्दा नितुलाई Drug Hypersensitivity Reaction भएको छ भनी भर्ना भई उपचार गराइयो । त्यहाँबाट पनि नितुलाई lupus सम्वन्धी बिशेषज्ञ डा. देखाउन सल्लाह दिए अनुसार डा. बुद्धी पौडेललाई देखाउँदा नितुको स्वास्थ्य अबस्था जटिल बनी सकेको छ पाटन अस्पतालमा भर्ना गरौं भने सल्लाह अनुसार मिति २०८०।५।१९ गते पाटन अस्पतालमा भर्ना गरी उपचार गराएका थियौं ।
नितुलाई Exfoliating Dermatitis due to medicine or DRESS and TEN disease निदान गरी बिभिन्न बिकल्प सहित उपचार गर्न खोज्दा पनि कुनै सीप नलागेको र मिति २०८०।५।३१ मा नितुको देहान्त हुँदा मुख्यत Drug reaction with Eosinophilia and systematic symptoms (DRESS) लाई मृत्युको कारण भनेको छ । जिउका छाला सबै जलेर अत्यन्तै पिडा र कष्टदायी मृत्यु भएको थियो । यहीं हो नितुको अकाल मुत्युबरण बास्तबिक सत्य तथ्य ।
यहीं सत्यतथ्य अस्पतालका डाक्टरहरु, स्वास्थ्यकर्मिहरु, मेडिकल डाइरेक्टर सबैलाई थाहा नभएको होईन । त्यही भएर मृत्यु हुनु ४ दिन अगाडि ख्वप अस्पतालका मेडिकल डाइरेक्टरले नितुको मामासंग कुरा गरेका थिए । त्यहीं दिन पाटन अस्पतालमा ख्वप अस्पतालमा नितुको उपचारमा संलग्न डाक्टर, प्रशासक, ८ र ९ वडाका वडा अध्यक्षज्यूहरु, माननीय प्रेम सुवाल लगायत पाटन अस्पतालमा नितुको स्वास्थ्य अबस्था बुझ्न आउनुभएको थियो त्यस्तै हामी शोकमा हुँदाका बखतमा हाम्रो घरमा आएर हामी छौं हामी नितुलाई न्याय दिन्छौं भनेर मेयरज्यू, वडा अध्यक्षज्यूहरु, साथीभाईहरु सबैले दिनुभएको आश्वासनमा बिश्वस्त भई नितुले न्याय पाउने आशामा अहिलेसम्म हामी बसी आएका छौं आज ४५ दिन बितिसकेको रहेछ । कहिले पाउने हो नितुले न्याय ? हाम्रो भनाइ यति मात्रै हो कि डाक्टरको चरम लापरबाहीबाट नितुले २२ बर्षको उमेरमा अकाल मृत्युबरण गर्नुपर्यो ती लापरबाहीमा संलग्न डाक्टरहरुलाई कार्यबाही हुनुपर्छ । नितुको अकाल मृत्युबरणले पुर्याएको अपुरणीय क्षतिको कुनै पूर्ति हुन्छ भन्ने त्यो को नितुलाई न्याय । न्याय चाहियो भनेको हो हामीले । नितुको न्यायको लागि सबैले आवाज उठाई दिन हाम्रो बिनम्र अनुरोध छ ।
नितुको पिता माता र दिदी : राध्येश्याम दुवाल, गीता दुवाल र कविता दुवाल
मिति २०८०।०७।१४ गते

29/10/2023

छोरी🥰

‘छोरी जन्मिएकी छ डाक्टर सा’ब, घुतुमुने ।’ नर्सले ल्याएर छोरी श्रीमान्को काखमा राखिदिई । सधैं धीर–गम्भीर रहने मेरा सिनियर सर्जन श्रीमान् अलिकति मात्र मुस्कुराए । उनको कन्जुस्याइँपूर्ण मुस्कानको मेरी आमाले के अर्थ लगाउनुभयो कुन्नि, मेरो हात समाएर स्नेहमा डुबेको स्वरमा भन्नुभयो–‘छोरी भै भनेर मन नखुम्च्याउनु होला ज्वाइँसाब, भोलि मर्न लाग्दा आफ्नै शरीरको अङ्ग दिएर बचाउने छोरी नै हुन्छन् । मरेपछि पिण्ड दिने छोराभन्दा जिउँदै हुँदा सम्मान दिने छोरी कता हो कता असल हुन्छन् ।’ मेरा आँखा आँसुले भरिए । ‘त्यो मलाई जति कसलाई थाहा छ र आमा ?’ मेरा श्रीमान्ले छोरीलाई छातीमा टाँसेर मलाई हेर्दै भने–‘बस्, मेरी छोरीमा पनि तपाईंकै छोरीको गुण आओस्, यत्ति नै चाहन्छु ।’ मैले आँखाभरि उनीहरूलाई हेरें । अनायासै मेरा आँखामा विगत उत्रियो ।

०००००

दाइ र मेरो उमेरमा केवल १८ महिनाको अन्तर थियो तर पनि हामीमाझ भेदभावको कुनै सीमा थिएन । अझ बा बितेपछि त आमाले पराकाष्टा नै गरिदिनुभयो । उहाँ १२ वर्षको दाइलाई १२ महिनाको केटाकेटीलाई झैं व्यवहार गर्नुहुन्थ्यो । आमाको कमजोरी बुझ्दै गएको दाइ पनि फाइदा उठाउने कुनै मौका छोड्दैनथ्यो । खेतबारी टन्नै थियो हाम्रो । खान–लाउन छेलोखेलो पुग्थ्यो । खटिनचाहिँ पथ्र्यो प्रशस्तै, जुन मेरो दाइलाई कहिल्यै परेन । आमा र म घोटिएर खेतबारीमा काम गथ्र्यौं । दाइ हल्लिएर समय बिताउँथ्यो । कामको चटारो हुँदा आमा मलाई स्कुल पठाउन खोज्नुहुन्नथ्यो तर म झगडा गरेर भए पनि स्कुल जान्थें । आमाका लागि त दाइले पढिदिए नै काफी थियो । म त छोरी थिएँ, अर्काको घर जाने जात, त्यसैले मेरो पढाइ–लेखाइको उहाँलाई कत्ति चिन्ता थिएन । आखिर उहाँले पनि त स्कुलको मुख देख्नुभएको थिएन ।

२० वर्ष पनि नपुग्दै दाइ गाउँकी एउटी केटी टिपेर भाग्यो । नौ कक्षामा दुईपल्ट फेल भएर पढ्न छोडी हल्लिएर बसेको मेरो दाइ लगभग १० महिना घर आएन । आमा दाइको चिन्तामा मृतप्राय: हुनुभयो । उहाँलाई दाइले पढ्न नसकेकोमा होइन, त्यति सानै उमेरमा केटी भगाएकोमा पनि होइन, बरु उनी आँखाअगाडि नभएकोमा बढी चिन्ता थियो । लगभग दस महिना घरमा मीठो–चोखो पाकेन । कुनै चाडबाड मानिएन । मैले कुनै चीजको रहर गरे उहाँ रुदै भन्नुहुन्थ्यो–‘मेरो बालख छोरो कहाँ, कुन ठाउँमा दु:ख पाएर बसेको होला, यसको मनमा भने अलिकति चिन्ता छैन ।’ केटी लिएर भागेको लाठे छोरोका लागि उहाँको मन सधैं रुन्थ्यो तर म जो घरको, खेतबारीको काममा खटिएर पनि स्कुल–कलेजमा सधैं प्रथम हुन्थें, त्यसको लेखाजोखा आमाले कहिल्यै गर्नुभएन ।

भागेको ११ औं महिनामा दाइ घर फर्कियो । ऊ स्वास्नी काठमाडौंमै छोडेर आएको थियो । पछि दाइ आमालाई फकाएर घरबार बेच्न लगाई सबै पैसा कुम्ल्याएर काठमाडौं गयो । मैले धेरै प्रयास गरें तर रोक्न सकिन । हामी आमाछोरी बाध्य भएर उसको पछि लाग्यौं । थानकोटमा पाँच आना जग्गामा बनेको सटर भएको घर किनेर दाइले पसल सुरु गर्‍यो । बचेको पैसाले छेवैमा अर्को घडेरी किन्यो । हातमुख जोर्ने बाटो भएपछि मैले बीएस्सी नर्सिङ पढ्ने इच्छा व्यक्त गरें तर आमा र दाजु–भाउजू सहमत भएनन् । आमा सहमत नहुनुको कारण–‘जति पढिस्, त्यति नै काफी छ । अब एउटा केटो खोजी विवाह गरेर जिम्मा लाइदिन्छु अनि जे मन लाग्छ गर्नू ।’

दाइ असहमत हुनुको कारण–‘फिस कसले तिर्छ ?’ भाउजू असहमत हुनुको कारण–‘घरधन्दा कसले हेर्छ ? पसलको हिसाब–किताब कसले हेर्छ ?’ तर मैले कसैको कुरा सुनिनँ । दाजुसँग भनें–‘मेरो विवाह नै गर्ने हो भने पनि खर्च त लाग्छ । मेरो पढाइ सुरु गराइदे, म तँमाथि बोझ बन्दिनँ । काम खोज्छु । फुसर्दका बेला यहीँ पसलमा काम गर्छु । मेरो विवाहको खर्च म आफैं जोड्छु । तेरो सुको खर्च गराउँदिन ।’दाइले मनमनै गुन्यो । भाउजूसँग सल्लाह गर्‍यो अनि ठूलो खर्चको अनुपातमा सानो खर्च चुन्यो । मेरो कलेजको फिस तिरिदियो ।

चार वर्ष बिते । मैले ट्युसन पढाएँ । रेस्टुराँ र पसलमा काम गरें । भाउजूको बेस्सरी चाकरी गरें । जस्तै चटारो भए पनि डिस्टिङ्सनका साथ नर्सिङ सकें र काम सुरु गरेपछि अस्पताल नजिकै बनेपा सरें । भाउजू खराब थिइनन् तर उनी अल्छी र कन्जुस थिइन् । त्यसैले म नभएपछि आमाको थाप्लोमा अझै काम थुप्रियो । त्यसै पनि गाउँ छोडेदेखि आमा घटेर आधा हुनुभएको थियो । मधुमेहको रोगी आमा डाक्टर देखाउन पटक्कै मान्नुहुन्नथ्यो । त्यसमाथि दाइ–भाउजू पैसा खर्च हुन्छ भनेर डराउँथे । म जसरी–तसरी सबैको हेरचाह गर्थें । कामको सबै बोझ आफ्नो थाप्लोमा लिने प्रयास गर्थें तर म बनेपा सरेपछि आमाले नै सिङ्गो घर र नाति–नातिनाको रेखदेखको जिम्मेवारी बोक्नुपर्‍यो ।

दाइका चार वर्षबीचमा जन्मिएका तीनजना सन्तानका लागि भाउजूको योगदान उनले तिनलाई जन्म दिनुबाहेक केही थिएन । म र आमाले उनीहरूको हेरचाह गर्‍यौं । अब भाउजू फेरि दुई जिउकी थिइन् । सर्ने बेलामा मैले आमालाई आफूसँगै जान आग्रह पनि गरें तर आमा न छोरा छोड्न सक्नुहुन्थ्यो, न भाउजू एक्लै घर र केटाकेटीलाई सम्हाल्न सक्थिन् । म चिन्तित मनले बनेपा सरें ।

०० ०० ००

यसरी नै अर्को एक वर्ष बित्यो । सँगै अस्पतालमा काम गर्ने एकजना सर्जन मतर्फ आकर्षित भए र बारम्बार विवाहको प्रस्ताव राख्न थाले । पहिले त मैले टार्न खोजें तर उनका बारेमा सबै कुरा बुझिसकेपछि म राजी भएँ । त्यसभन्दा पहिले मैले आफ्ना बारेमा सबै कुरा नढाँटी उनलाई बताएँ र विवाहमा खासै तडकभडक गर्न नसक्ने बाध्यता बताएँ । यो पनि उनलाई सहर्ष स्वीकार थियो । अनि मैले आमा र दाइसँग कुरा गर्न जाने मन बनाएँ । यसै पनि तीन महिना भैसकेको थियो म उता नगएको तर म उता जानुभन्दा पहिल्यै दाइको फोन आयो ।

आमा टिचिङ अस्पतालमा हुनुहुन्थ्यो । म हतारिँदै अस्पताल पुगें । आमाको अवस्था देखेर म साह्रै डराएँ । आमाका दुवै किड्नी ड्यामेज थिए । किड्नी खोज्ने कुरा चलेपछि पैसाको कुरो चल्यो । पैसाको कुरो चलेपछि दाइले सीधै भन्यो–‘मेरो यत्रो परिवार छ । पसलको कमाइले जसरी–तसरी मुखमा माड लाइदिन सकेको छु । मसँग एक पैसाको आशा नराख ।’ मैले अविश्वासपूर्ण दृष्टि ऊतिर तेस्र्याएँ ।

‘दाइ, गाउँको सारा श्रीसम्पत्ति बेचेर ल्याएर घरबार र व्यापार जोडेको छस् । म र आमाका लागि कहिल्यै खासै सिन्को भाँच्नु परेन । मसँग भए म झिक्थें तर मैले पनि त काम सुरु गरेको धेरै भएको छैन । त्यत्रो पैसा म एक्लैले कहाँबाट जोहो गरौं ?’ मैले भनें ।

‘बाउको सम्पत्तिमा छोराको हक त लागिहाल्छ नि, अब के तँ पनि हक खोज्न थालेकी ?’ ऊ जङ्गियो ।

‘बिस्तारै बोल दाइ’, मैले सेटेटिभको असरले निदाएकी आमाको अनुहार हेरेर दबेको स्वरमा भनें–‘अंश खोजेकी होइन मैले, तँलाई थाहा छ । बाको सम्पत्तिमा आमाको पनि त हक लाग्छ ? तैंले एक शब्द भनेको भरमा आफू जन्मी–हुर्किएको गाउँघर, भीरपाखा चटक्क छोडेर सारा सिरिखुरी तँलाई सुम्पेर आमा तेरो पछि लागेर यहाँ आउनुभयो । तँलाई गारो होला भनेर सिकिस्त बिरामी हुँदा पनि तँसँग कहिल्यै कुनै कुराको गुनासो गर्नुभएन । अहिले पनि यसरी नढलेकी भए कसैले थाहा पाउँदैनथ्यो उहाँको व्यथा । दाइ यस्ती आमाको त हक लाग्छ नि होइन बाको सम्पत्तिमा ?’ मेरो गला अवरुद्ध भयो । ‘हक लाग्छ भनेर म के सबै आमाको उपचारमा खर्च गरेर आफू पाटीको बास गरूँ ? ऊ झर्कियो । म आश्चर्यचकित उसलाई हेरिरहें ।

०० ०० ००

दाइकै कारणले मेरो र आमाको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । मलाई लाग्थ्यो उहाँ दाइ र मप्रति पश्चात्ताप गर्नुहुन्थ्यो । उहाँलाई लाग्थ्यो–म दाइको रिस गर्थें । आमा र मबीच सधैं कहिल्यै नटुङ्गिने विवाद चलिरहन्थ्यो तर उहाँ बिरामी भएपछि मैले केही भन्न छोडेकी थिएँ । यो त्यही दाइ थियो जसका लागि आमा सधैं मर्न तयार हुनुहुन्थ्यो । गाउँमा दाइकै कारण ती सबै आमाका पनि शत्रु हुन पुगेका थिए । म साक्षी थिएँ १० महिना दाइ नहुँदाको आमाको हालतको, जो एकोहोरो भएर हरक्षण गाउँ आउने–जाने बाटो नियाली रहनुहुन्थ्यो । मेरो परीक्षाका बेला पनि आमा मट्टीतेल खर्च हुुन्छ भनेर बत्ती बालेर पढ्न दिनुहुन्नथ्यो तर दाइको पर्खाइमा सधैं ढोकाछेउ एउटा बत्ती बालेर राख्नुहुन्थ्यो । न मीठो खानुहुन्थ्यो, न मलाई खान दिनुहुन्थ्यो । छोराका लागि मर्न तयार आमाको उपचार गर्न छोरासँग खर्च थिएन तर गाउँको सबै सम्पत्ति बेचेर किनेको उसको घरकै मोल आज आठ गुणा बढेको थियो । अर्को घडेरीको पनि उत्तिकै मोल पथ्र्यो ।

०० ०० ००

‘त्यसो भए घडेरी बेचूँ ।’ मैले उसलाई भनें । ‘भाउजूको नाममा छ ।’ उसले दबेको स्वरमा भन्यो–‘त्यसमाथि त्यो भएको एउटा घडेरी बेचेर म छोराछोरीको पढाइ–लेखाइ कसरी गरूँ ?’ मैले रिसले आँखा देखिन । ‘त्यसो भए तँ तेरो एउटा किड्नी दे आमालाई, बाँकी खर्च म बेहोर्छु ।’ ‘बहुलाइस् कि क्या हो ?’ उसले आक्रोशित स्वरमा भन्यो–‘भर्खर २६ वर्षको पनि भा’ छैन म । घरमा चार–चारवटा छोराछोरी र जवान जाहान छे । तँ कसरी सक्छेस् मलाई अङ्गभङ्ग हो भन्न ?’

‘एउटा किड्नी नहुनु अपाङ्गै हुनु होइन ।’‘भए पनि, एउटा मर्न लागेको मान्छेका लागि सद्दे मान्छे काटकुट पार्नु ?’ ‘पुग्यो दाइ पुग्यो ।’ मैले रुँदै भनें–‘आमा मरिहाल्नु हुन्न यति सजिलै, हामी भएको के काम लाग्यो त्यसो भए ?’ ‘हामी के गर्न सक्छौं ? आमा अहिलेसम्म बाँचिहाल्नुभयो ।नाति–नातिनाको मुख देखिहाल्नुभयो । अब चिरफार गरेर किन उहाँको परत्र बिगार्नु ? बरु काजकिरिया राम्रोसँग गरिदिउँला । अस्तु काशी सेलाइदिउँला । त्यसभन्दा अरू के चाहियो ?’ ‘निस्की हाल् । तुरुन्तै बाहिर निस्की हाल् ।’ म निकै कराएँ । ‘१२–१३ वर्षको उमेरमा विवाह भएर, सधैं दु:ख काटेर, तरुनी नहुँदै दुई–दुईवटा सन्तान जन्माएर, कलकलाउँदो उमेरमा विधवा भएकी । भर्खर ४० काटेकी । यस्ती आमालाई जिन्Þदगी दिनुको सट्टा दागबत्ती दिने कुरा गर्ने ? तँ जस्तो लाछीको मलाई कुनै मद्दत चाहिएन । मै दिन्छु मेरी आमालाई किड्नी । तँ निस्की यहाँबाट र गएर स्वास्नीको काखमा घुस्रिएर मर् । फर्केर नआइज यहाँ फेरि ।’ यति भन्दै मैले आँसु पुछें ।

‘तेरो त विवाह पनि भा’ छैन ?’ उसले उठ्दाउठ्दै भन्यो–‘जोसमा आएर कुनै नचाहिँदो निर्णय नगर् । मर्नेसँग सँगै सती जान सकिँदैन, जतिसुकै माया लागे पनि । भोलि विवाह गर्ने कोही निस्किएन भने बूढीकन्या नै बस्नुपर्ला, होस गर् ।’ मैले आँसु पुछें अनि दृढ स्वरमा भनें–‘कसैकी स्वास्नी बन्नुभन्दा पहिले छोरी त बन्न सकौं । मलाई जन्म र जिन्दगी दिनेको भारा त चुकाउन सकौं । त्यसपछि सोचौंला, बाँकी जिन्दगीको कुरा । छोरी नै हुन सकिनँ भने स्वास्नी कसरी हुनसक्छु ? आमा कसरी हुनसक्छु ? तँ जा दाइ । अब हाम्रो चिन्ता नगर् ।’ ऊ अनकनाउँदै बाहिर निस्कियो ।

मैले देखें, आमाको बन्द आँखाको काप हुँदै दुई ढिक्का आँसु गालामा गुल्टिए ।

०० ०० ००

01/09/2023

Help post

मलाई oxygen concentrator portable चाहियको थियो कोहि कसैले उपलब्ध गराउन सक्नुहुन्छ भने आभारि हुने थिय ।🙏🙏

住所

Yokohama, Kanagawa

営業時間

月曜日 00:00 - 23:00
火曜日 00:00 - 23:00
水曜日 00:00 - 23:00
木曜日 00:00 - 23:00
金曜日 00:00 - 23:00
土曜日 00:00 - 23:00
日曜日 00:00 - 23:00

ウェブサイト

アラート

ज़िन्दगीकाे गाेरेटाेमाがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

共有する

カテゴリー