18/05/2026
Sudan Gurung Says " ‼️उत्तरी गोरखाको 'लाइफलाइन' कालोपत्रेको पहिलो पाइला‼️
अन्तरिम सरकारको समयमा उत्तरी गोरखाको भ्रमण गर्दा जब हामीले यो सडक मार्ग भारत र चीनलाई जोड्ने नेपालकै सबैभन्दा छोटो रणनीतिक रुट (Shortest Route) भएको र यसले गोरखाको समग्र आर्थिक, व्यापारिक तथा पर्यटन विकासमा ऐतिहासिक कायापलट ल्याउन सक्छ भन्ने महत्त्वपूर्ण तथ्य बुझ्यौँ।
तब अन्तरिम सरकारको समयदेखि यसलाई बहुवर्षीय योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएका थियौँ, तर विविध कारणवश त्यतिबेला यो प्रयास सफल हुन सकेन।
यद्यपि, यो मार्गको संवेदनशीलता र महत्त्वलाई बुझ्दै हामीले यस एजेन्डालाई आफ्नो चुनावी अभियानको प्रतिबद्धता पत्रमा समेत मुख्य प्राथमिकताका साथ समावेश गरेर निरन्तर पहल जारी राख्यौँ...
र अन्ततः लामो प्रयासपछि आज हावाडाँडादेखि माछाखोलासम्मको खण्ड कालोपत्रे गर्न अर्थ मन्त्रालयबाट ५१ करोडको स्रोत सहमति स्वीकृत भएसँगै उत्तरी गोरखाको विकास र समृद्धिको सपनाले एउटा आशाको झलक पाएको छ, जसका लागि यस निर्णयमा सहयोग पुर्याउने अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, र सडक विभागप्रति सम्पूर्ण गोरखाली जनताको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ।