21/08/2026
दिनाङ्क: २१/०८/२०२६, शुक्रबार।
पी. एम. श्री तिमी सरकारी वरिष्ठ माध्यमिक पाठशालामा आज बिहानको प्रार्थना प्राङ्गणमा '३५औँ नेपाली भाषा मान्यता दिवस २०२६'-बारे विद्यार्थी माझ जानकारी गराउन हेतु भाषाप्रेमी तथा भाषा आन्दोलनकारीहरूको लामो सङ्घर्ष र योगदानको स्मरण गर्दै छोटो छरितो रूपमा कार्यक्रम आयोजना गरियो। पाठशाला उप- प्राचार्य महोदया श्रीमती प्रमिला बस्नेत एवं महोदय श्री डी. पी. शर्माको प्रमुखतामा रहेको तथा शिक्षक इन्द्रलाल ढकालद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा आदरणीय वरिष्ठ शिक्षिका श्रीमती गंगा कुमारी शर्माले नेपाली भाषा मान्यता आन्दोलन एवं भाषा सङ्ग्रामीहरूको त्याग र बलिदानबारे आफ्नो छोटो सम्भाषण राख्नुभयो। विद्यार्थी भाइबहिनीहरूमा भाषा तथा साहित्य सृजनाप्रति अभिरुचि जगाउन हेतु केही शिक्षक साथै विद्यार्थीहरूबाट आफ्ना स्वरचित कविता वाचन गरियो भने खुबै रङ्गरसका साथ गीत, नृत्य आदि पनि विद्यार्थीहरूद्वारा प्रस्तुत गरियो। क्रमैले कार्यक्रमको अन्तिममा कार्यक्रम प्रमुख श्री शर्माले कार्यक्रमको निष्कर्षका रूपमा धन्यवाद ज्ञापन साथै नेपाली भाषा र मान्यता आन्दोलनबारे विद्यार्थी नानीहरूका निम्ति संक्षिप्त रूपमा थप कुरा बताइ सो कार्यक्रम विसर्जन गरियो।