Bermiok Tokal Sr Sec School

Bermiok Tokal Sr Sec School Bermiok Tokal SSS was established in 1935 and has been successfully guiding myriad children from ignorance to the path of knowledge or from dark to light.

कला–कलम सङ्गम, बर्मेक–नाम्फिङ तथा २१२औँ भानु जयन्ती आयोजक समितिद्वारा आयोजित २१२औँ भानु जयन्ती समारोहअन्तर्गत सम्पन्न अन...
14/07/2026

कला–कलम सङ्गम, बर्मेक–नाम्फिङ तथा २१२औँ भानु जयन्ती आयोजक समितिद्वारा आयोजित २१२औँ भानु जयन्ती समारोहअन्तर्गत सम्पन्न अनलाइन रामायण पाठ (वरिष्ठ वर्ग) प्रतियोगितामा प्रथम स्थान तथा अनलाइन कविता वाचन प्रतियोगितामा प्रथम र दोस्रो स्थान हासिल गरी विद्यालयको गौरव बढाउन सफल विद्यार्थीहरूलाई आज विद्यालयको विहानी प्रार्थना सभाको अवसरमा आयोजक समितिद्वारा प्रदान गरिएका पारितोषिक तथा प्रमाणपत्र वितरण गरियो।

यसै अवसरमा विद्यार्थीहरूले आदिकवि भानुभक्त आचार्यप्रति सम्मान अर्पण गर्दै आकर्षक नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। उक्त नृत्य सुश्री कृष्ण कुमारी शर्मा, स्नातकोत्तर शिक्षिका (नेपाली) को निर्देशन तथा संयोजनमा प्रस्तुत गरिएको थियो। उत्कृष्ट प्रस्तुति दिएका नृत्य टोलीलाई समेत आयोजक समितिको तर्फबाट प्रदान गरिएको पारितोषिक प्रदान गरी सम्मान गरियो।
सभामा कला कलम सङ्गमका संस्कृति सचिव श्री कृष्ण ढुङ्गेलले प्राचार्य महोदयलाई कला-कलम सङ्गमको समसामयिक साहित्यिक पत्रिका "उद्बोधिका"पनि उपहार स्वरुप प्रदान गर्नु भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य श्री भीम शमशेर छेत्रीले विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले यस्ता साहित्यिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा नेपाली भाषा–साहित्यप्रतिको रुचि विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै निरन्तर परिश्रम, अनुशासन र लगनशीलताका साथ अघि बढ्दै भविष्यमा अझ उत्कृष्ट सफलता हासिल गर्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।

प्राचार्य महोदयले यस प्रतियोगिताका प्रशिक्षक श्री कृष्ण ढुङ्गेल, स्नातकोत्तर शिक्षक (भूगोल) तथा नेपाली सांस्कृतिक नृत्यकि संयोजक सुश्री कृष्ण कुमारी शर्मा, स्नातकोत्तर शिक्षिका (नेपाली) लाई विद्यार्थीहरूलाई उत्कृष्ट मार्गदर्शन प्रदान गरी विद्यालयलाई गौरवान्वित बनाएकोमा विशेष बधाई तथा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। साथै उहाँले आयोजक समिति, शिक्षकवृन्द तथा सहभागी सम्पूर्ण विद्यार्थीहरूको सक्रिय योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा साहित्यिक गतिविधिमा उत्साहपूर्वक सहभागी हुन सबैलाई आग्रह गर्नुभयो।

On Tuesday, 7 July 2026, a team from the School Management Committee (SMC) paid a courtesy visit to Bermiok Yapla.Shri. ...
07/07/2026

On Tuesday, 7 July 2026, a team from the School Management Committee (SMC) paid a courtesy visit to Bermiok Yapla.Shri. T. N. Densapa, the Chief Patron of SMC,
The delegation was led by SMC President Shri Madan Kr. Bajgain,Smt. Diki Lhamu kazini Chumla(Bermiok 11th mile) and included SMC Vice-President Smt. Lakpa Doma Bhutia, Honourable Panchayat Vice-President Shri Tarachand Bajgain, Honourable Panchayat Member Shri Tashi T. Bhutia, Principal Shri Bhim Shamsher Chettri, Vice Principal Shri Tshering Lepcha and other members of the School Management Committee.
During the meeting, the delegation conveyed their warm greetings and discussed matters concerning the school's growth and overall development. They also shared the school's ongoing initiatives and future plans while seeking the Chief Patron's valuable guidance, encouragement, and continued support for the welfare and progress of the institution.
Shri T. N. Densapa appreciated the sincere efforts of the School Management Committee and the school administration in promoting quality education and strengthening community participation. He expressed his best wishes for the continued success of the school and assured the delegation of his wholehearted support in its future endeavours.
The visit concluded in a cordial and positive atmosphere, reaffirming the shared commitment of the School Management Committee, the school administration, and the community towards the holistic development of the institution.

Official Release of Teachers' JerseyThe official Teachers' Jersey of Bermiok Athing RBTDD Government Senior Secondary Sc...
07/07/2026

Official Release of Teachers' Jersey

The official Teachers' Jersey of Bermiok Athing RBTDD Government Senior Secondary School, Bermiok Tokal was released in the presence of the Principal, Shri Bhim Shamsher Chettri, along with the teaching fraternity.
The newly designed jerseys, personalized with the names and numbers of individual teachers, were officially unveiled as a symbol of unity, teamwork, and institutional pride. The initiative aims to promote a strong sense of belonging among the teachers and will serve as the official attire during sports activities, inter-school competitions, and other school events.
Following the official release, the teachers gathered for a group photograph with the Principal, marking the occasion with enthusiasm and camaraderie. The initiative was widely appreciated and is expected to further strengthen the spirit of teamwork and reinforce the identity of the teaching fraternity.
The official release of the teachers' jersey reflects the school's continued commitment to promoting unity, professionalism, and excellence in all spheres of school life.

मिति: २६ जुन २०२६बर्मेक आथिङ स्मारक सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा भारतीय भाषा समर क्याम्प सम्पन्नबर्मेक टोकलस्थित बर...
26/06/2026

मिति: २६ जुन २०२६

बर्मेक आथिङ स्मारक सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा भारतीय भाषा समर क्याम्प सम्पन्न

बर्मेक टोकलस्थित बर्मेक आथिङ स्मारक सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा १९ जुन २०२६ देखि सञ्चालन भएको भारतीय भाषा समर क्याम्प आज २६ जुन २०२६ का दिन सफलतापूर्वक सम्पन्न भयो। आठ दिनसम्म सञ्चालन भएको यस समर क्याम्पको उद्देश्य विद्यार्थीहरूमा भारतीय भाषाप्रति रुचि अभिवृद्धि गर्नु, भाषिक विविधताको महत्त्वबारे जानकारी गराउनु तथा विभिन्न भाषाका आधारभूत ज्ञान र सीप प्रदान गर्नु रहेको थियो।

समर क्याम्पअन्तर्गत प्रभास छेत्रीले साङ्केतिक भाषा (Sign Language), कमलप्रसाद भण्डारीले संस्कृत भाषा, छिरिङ लेप्चा तथा सोनाम दोर्जी लेप्चाले भोटिया भाषा, सेर्कित लेप्चा तथा छिरिङ डोमा लेप्चाले लेप्चा भाषा, राजीव राईले राई भाषा, कर्मा छिरिङ तामाङले तामाङ भाषा तथा निमा छोजाङ सेर्पाले सेर्पा भाषाको प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षकहरूले सम्बन्धित भाषाको परिचय, महत्त्व, आधारभूत शब्दावली, सामान्य संवाद तथा भाषासँग सम्बन्धित सांस्कृतिक पक्षबारे जानकारी गराउँदै विद्यार्थीहरूलाई व्यावहारिक अभ्याससमेत गराउनुभएको थियो।

विशेषगरी प्रभास छेत्रीले साङ्केतिक भाषाको परिचय, यसको महत्त्व तथा दैनिक जीवनमा प्रयोग हुने आधारभूत सङ्केतहरूबारे जानकारी गराउँदै व्यावहारिक अभ्याससमेत गराउनुभयो। उहाँ स्वयं साङ्केतिक भाषामार्फत संवाद गर्ने एक दिव्याङ्ग व्यक्तित्व हुनुहुन्छ। आफ्नै अनुभव र सीपका आधारमा उहाँले प्रदान गर्नुभएको प्रशिक्षण सहभागी विद्यार्थीहरूका लागि प्रेरणादायी तथा ज्ञानवर्धक रह्यो।

कार्यक्रमका अवसरमा विद्यालयका प्रधानाध्यापक श्री भीम शमशेर छेत्रीले भाषाले राष्ट्रिय एकता, सांस्कृतिक सद्भाव तथा प्रभावकारी सञ्चारलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभयो। उहाँले विद्यार्थीहरूलाई भारतको समृद्ध भाषिक विविधताको सम्मान गर्दै विभिन्न भारतीय भाषाहरू सिक्न प्रेरित गर्नुभयो। साथै, समर क्याम्पलाई सफल बनाउन योगदान पुर्‍याउनुहुने भाषा विशेषज्ञहरू, प्रशिक्षकहरू तथा सक्रिय सहभागिता जनाउने सम्पूर्ण विद्यार्थीहरूको प्रशंसा गर्नुभयो।

समर क्याम्प अवधिभर विद्यार्थीहरूले विभिन्न भाषासम्बन्धी गतिविधि तथा भूमिका अभिनय (Role Play) मा उत्साहपूर्वक सहभागिता जनाएका थिए, जसले उनीहरूको भाषिक तथा सञ्चार सीप अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍यायो।

आज आयोजित समापन समारोहमा विभिन्न भारतीय भाषाका भाषा विशेषज्ञ तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र (Certificate) प्रदान गरी सम्मान गरिएको थियो। यससँगै १९ जुन २०२६ देखि सञ्चालन भएको भारतीय भाषा समर क्याम्प औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरियो।

The International Day of Yoga 2026 at Athing Bermiok RBTDDM Senior Secondary School on the theme “Yoga for Healthy Aging...
21/06/2026

The International Day of Yoga 2026 at Athing Bermiok RBTDDM Senior Secondary School on the theme “Yoga for Healthy Aging.”

International Day of Yoga 2026 Celebration ReportThe International Day of Yoga 2026 was successfully observed at Athing ...
21/06/2026

International Day of Yoga 2026 Celebration Report

The International Day of Yoga 2026 was successfully observed at Athing Bermiok RBTDDM Senior Secondary School on the theme “Yoga for Healthy Aging.”

The programme was conducted in the early morning with great enthusiasm and active participation from students and all staff members of the school. Participants gathered with heartfelt dedication and performed various yoga asanas and breathing exercises, promoting the importance of a healthy lifestyle and overall well-being.

The celebration aimed to create awareness about the benefits of yoga in maintaining physical fitness, mental peace, and healthy aging. The event concluded successfully with a shared commitment to incorporating yoga into daily life.

Athing Bermiok RBTDDM Senior Secondary School extends its sincere gratitude to everyone who contributed to making the programme a grand success.

20.06.2026बर्मेक आथिङ स्मारक सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा भारतीय भाषा शिक्षण कार्यक्रम सम्पन्नबर्मेक टोकलस्थित बर्म...
20/06/2026

20.06.2026

बर्मेक आथिङ स्मारक सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा भारतीय भाषा शिक्षण कार्यक्रम सम्पन्न

बर्मेक टोकलस्थित बर्मेक आथिङ स्मारक सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा भारतीय भाषा शिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रमअन्तर्गत विभिन्न भारतीय भाषासम्बन्धी ज्ञान, सीप तथा भाषिक विविधताको महत्त्वबारे सहभागी विद्यार्थीहरूलाई जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा श्री छिरिङ लेप्चा सरले भोटिया भाषाको परिचय, यसको इतिहास, सांस्कृतिक महत्त्व तथा दैनिक जीवनमा प्रयोगबारे सामान्य जानकारी प्रदान गर्नुभयो। त्यसैगरी, श्री कर्मा छिरिङ तामाङ सरले तामाङ भाषाको उत्पत्ति, विशेषता तथा तामाङ समुदायको भाषा र संस्कृतिबारे शिक्षण गर्नुभयो। साथै, श्री कमलप्रसाद भण्डारीले संस्कृत भाषाको महत्त्व, यसको वैज्ञानिकता, साहित्यिक योगदान तथा भारतीय सभ्यता र संस्कृतिको विकासमा संस्कृत भाषाको भूमिकाबारे सामान्य जानकारी र शिक्षण प्रदान गर्नुभयो।

उक्त प्रशिक्षण तथा अन्तरक्रियात्मक सत्रहरूले विद्यार्थीहरूलाई विभिन्न भारतीय भाषाको महत्त्व बुझ्न, भाषिक विविधताको सम्मान गर्न तथा सांस्कृतिक सम्पदाप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुर्याएको छ।

19.06.2026बर्मेक आथिङ स्मारक सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा भारतीय भाषा शिक्षण कार्यक्रम सम्पन्नबर्मेक टोकलस्थित बर्म...
20/06/2026

19.06.2026

बर्मेक आथिङ स्मारक सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा भारतीय भाषा शिक्षण कार्यक्रम सम्पन्न

बर्मेक टोकलस्थित बर्मेक आथिङ स्मारक सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा भारतीय भाषा शिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रमअन्तर्गत विभिन्न भारतीय भाषासम्बन्धी ज्ञान, सीप तथा भाषिक विविधताको महत्त्वबारे सहभागी विद्यार्थीहरूलाई जानकारी प्रदान गरिएको थियो।
यस अवसरमा प्रभास छेत्रीले साङ्केतिक भाषा (Sign Language) सम्बन्धी सामान्य प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले साङ्केतिक भाषाको परिचय, यसको महत्त्व तथा दैनिक जीवनमा प्रयोग हुने आधारभूत सङ्केतहरूबारे सहभागी विद्यार्थीहरूलाई जानकारी गराउँदै व्यावहारिक अभ्याससमेत गराउनुभयो। उक्त प्रशिक्षणले विद्यार्थीहरूलाई श्रवण तथा वाक्-अशक्त व्यक्तिहरूसँग प्रभावकारी रूपमा सञ्चार गर्ने आधारभूत ज्ञान हासिल गर्न सहयोग पुर्‍यायो।
प्रभास छेत्री स्वयं साङ्केतिक भाषामार्फत संवाद गर्ने एक दिव्याङ्ग व्यक्तित्व हुनुहुन्छ। आफ्नै अनुभव र सीपका आधारमा उहाँले प्रदान गर्नुभएको प्रशिक्षण सहभागी विद्यार्थीहरूका लागि प्रेरणादायी तथा ज्ञानवर्धक रह्यो।

WORLD ENVIRONMENT DAY 2026Date: 05/06/2026Bermiok Athing Rai Bahadur TD Densapa Memorial Government Senior Secondary Sch...
06/06/2026

WORLD ENVIRONMENT DAY 2026
Date: 05/06/2026
Bermiok Athing Rai Bahadur TD Densapa Memorial Government Senior Secondary School, Bermiok Tokal, Namchi, observed World Environment Day 2026 with great enthusiasm and commitment towards environmental conservation.
The programme included a plantation drive conducted within the school premises and along the roadside from Bermiok to Singtam. A special morning assembly was also organized to mark the occasion. During the assembly, the School Principal and the Panchayat President addressed the gathering and highlighted the importance of environmental protection, tree plantation, and the collective responsibility of safeguarding nature for future generations.
The event witnessed active participation from the School Principal, teaching and non-teaching staff, the Panchayat President, members and staff of 13- Bermiok Tokal GPU, SMC President and members, local stakeholders, and members of the community.
The School Eco-Club(Green Teachers, Green School Captain, Green Class Captains, and Green Students),NSS, NCC ,ToFEI Nodal Teachers and student members actively participated in the plantation drive and contributed significantly to the success of the programme.
The observance of World Environment Day served as a meaningful initiative to promote environmental awareness and encourage sustainable practices among students and the community.
Picture of the day.

*DAY – III: Run-up Event* Date: 29/05/2026Today, the *Eco-Club members of Bermiok Athing Rai Bahadur TD Densapa Memorial...
29/05/2026

*DAY – III: Run-up Event*
Date: 29/05/2026

Today, the *Eco-Club members of Bermiok Athing Rai Bahadur TD Densapa Memorial Government Senior Secondary School, Bermiok* , took the initiative to prepare *eco-friendly garlands using Totola (Oroxylum indicum)* . These garlands were respectfully offered to the *Special B.Ed. trainee teachers as a gesture of appreciation.*

The programme highlighted the importance of environmental conservation and the use of natural, biodegradable materials in place of synthetic decorations.

Address

Bermiok Tokal , South Sikkim
South
737134

Alerts

Be the first to know and let us send you an email when Bermiok Tokal Sr Sec School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bermiok Tokal Sr Sec School:

Shortcuts

Share

Category