23/05/2023
💠आराधनामय जीवन 💠
1️⃣ चर्चमा वचन प्रचार भई रहदाँ मोबाइल, नचलाई मोबाइललाई अफ गरेर छेउमा राख्नुहुन्छ भने त्यो आराधनामय जीवन हो ।
2️⃣ हातमा बाइबल र नोटकपि सहित समयमा मण्डली आएर ध्यान, अनुसासित भएर बचन सुन्नुहुन्छ भने आराधनामय जीवन हो ।
3️⃣ मण्डलीमा कार्यक्रम हुँदा, खाना बनाउन, भाँडा माझ्न, सरसफाई गर्न, चप्पल मिलाउन अघि सर्नुहुन्छ भने त्यो आराधनामय जीवन हो ।
4️⃣ व्यावहारिक कुराको हिसाब-किताबमा इमानदार वा पक्का हुनुहुन्छ भने त्यो आराधनामय जीवन हो ।
5️⃣ प्रभुको डर र भयमा उहाँलाई मनपर्ने जीवन जिउने, उहाँलाई खुशी र प्रसन्न बनाउने पहिरन सहित असल जीवन जिउने, प्रार्थना, वचन अध्ययन र आज्ञापालनको जीउने जीवन आराधनामय जीवन हो ।
6️⃣ आफू होचिएर अरूलाई श्रेष्ठ हुने कोशिश गर्नुहुन्छ भने त्यो आराधनामय जीवन हो ।
7️⃣ अरुको कुरा काट्ने समुहहरुबाट अलग रहि मण्डलीको हरेक सेवा संङ्गतीमा सहभागी हुनु आराधनामय जीवन हो ।
8️⃣ तपाईलाई ५००० को जाकेट किन्नु इच्छा लागेको छ र तपाईको सामु तपाईको भाइलाई अभाव छ भने तपाईले २००० उसलाई दिएर ३००० को जाकेट किन्नुहुन्छ भने त्यो आराधनामय जीवन हो ।
9️⃣ जसै तपाईं चर्चमा आएर हल्लेलुया आमेन भन्दै इमानदार वा असल चरित्र जीवन जिउने कोशिश गर्नुहुन्छ त्यहीँ अनुसार सुसमाचारको व्यवहार बाहिर पनि गर्नुहुन्छ भने त्यो आराधनामय जीवन हो ।
🔟 मण्डलीको पाष्टर, अगुवाहरुलाई आदर गरेर आफ्नो मण्डलीलाई वास्ता गरेर हरेक सेवाको काममा सहभागी भई अरुलाई उत्साह र हौसला दिनुहुन्छ भने आराधनामय जीवन हो
(हैन भने म हप्ताको एक दिन चर्च आएर दुई घण्टा स्वर्तदुत जस्तै देखिएपनि म साँचो आराधनामय जीवन माथि उल्लेखित आराधनामय जीवन जिइरहेको छैन भने, मेरो आराधना प्रभुको उपस्थितिमा ढोंगी र हल्ला मच्चाउने मन्दिरको घण्टी र झ्याली जस्तै हुन्छ ।)