Government Primary School Bullung

Government Primary School Bullung Government primary school Bullung west Sikkim
Estd - 1981

18/08/2026


Life is more beautiful when we paint it with the colours of happiness. 🙏❤️❤️

15/08/2026

बुलुङ प्राथमिक पाठशालामा ८०औँ स्वतन्त्रता दिवसको अवसरमा उपस्थित माननीय पञ्चायत सदस्य श्रीमती टीका माया क्षेत्री, प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा प्यारा नानीहरूको उपस्थितिमा राष्ट्रिय झण्डा फहराउँदै स्वतन्त्रता दिवस भव्य रूपमा मनाइयो। यस अवसरमा सम्पूर्णमा हार्दिक स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरियो। 🇮🇳❤️

🇮🇳 ८०औँ स्वतन्त्रता दिवसको हार्दिक मंगलमय शुभकामना! जय हिन्द! 🇮🇳
15/08/2026

🇮🇳 ८०औँ स्वतन्त्रता दिवसको हार्दिक मंगलमय शुभकामना! जय हिन्द! 🇮🇳

14/08/2026

८०औँ स्वतन्त्रता दिवस २०२६ को पूर्वसन्ध्यामा बुलुङ प्राथमिक विद्यालयमा विभिन्न गतिविधिहरू भव्यताका साथ सञ्चालन गरियो। नानीबाबुहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै उनीहरूको उत्साह र सहभागिता बढाउन विभिन्न प्रकारका खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गरियो। उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूमा खुसी, एकता र देशप्रेमको भावना अझ प्रगाढ बनाएको छ। 🇮🇳❤️

Goodmorning everyone ❤️🙏
14/08/2026

Goodmorning everyone ❤️🙏

13/08/2026

🇮🇳 ८०औँ स्वतन्त्रता दिवस २०२६ 🇮🇳

हर घर तिरंगा अभियानअन्तर्गत बुलुङ प्राथमिक विद्यालयमा नानीबाबुहरू तथा सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको सहभागितामा देशभक्तिको भावना र राष्ट्रिय गौरवका साथ राष्ट्रिय झण्डा फहराइयो।
राष्ट्रप्रेम, एकता र सम्मानले भरिएको यस पावन अवसरले सबैको मनमा देशप्रतिको माया अझ गहिरो बनाएको छ। 🇮🇳❤️

तिरंगा हाम्रो गौरव हो,
तिरंगा हाम्रो पहिचान हो,
तिरंगा हाम्रो शान हो। 🇮🇳❤️

12/08/2026

आज बुलुङ प्राथमिक पाठशालाअन्तर्गत आदरणीय श्री Tashi Tshering Lepcha सरको जन्मदिनको शुभ अवसरमा सम्पूर्ण विद्यालय परिवारलाई उहाँद्वारा तिथि भोजको आयोजना गरी स्वादिष्ट भोजन ग्रहण गराउनु भएको थियो।

यस सुखद अवसरमा बुलुङ प्राथमिक पाठशाला परिवार आदरणीय सरप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ। उहाँको जन्मदिनको अवसरमा विद्यालय परिवारप्रति देखाउनुभएको माया, सद्भाव र आत्मीयताका लागि हामी अत्यन्तै कृतज्ञ छौँ।

जन्मदिनको हार्दिक शुभकामना सर! 🎂💐
सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना। 🙏❤️

Goodmorning everyone ❤️🙏
01/08/2026

Goodmorning everyone ❤️🙏

30/07/2026

Every child is an artist. With encouragement and imagination, they paint a brighter future.
Students Engaged in Drawing, Painting, and Colouring Activities.

चित्रकला, पेन्टिङ तथा रङ्ग भर्ने गतिविधि 🖌️
हाम्रा विद्यार्थीहरूले चित्रकला, पेन्टिङ तथा रङ्ग भर्ने गतिविधिमा उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो सिर्जनशीलता र कल्पनाशक्ति प्रस्तुत गरे। यस्ता गतिविधिले सिकाइलाई रमाइलो बनाउनुका साथै आत्मविश्वास र कलात्मक सीपको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ।

आज मिति 28/07/2026 का दिन बुलुङ प्राथमिक पाठशालामा अभिभावक–शिक्षक बैठक (Parents–Teacher Meeting) सम्पन्न भयो। उक्त बैठक ...
28/07/2026

आज मिति 28/07/2026 का दिन बुलुङ प्राथमिक पाठशालामा अभिभावक–शिक्षक बैठक (Parents–Teacher Meeting) सम्पन्न भयो। उक्त बैठक वडा पञ्चायत सदस्य श्रीमती टीका माया क्षेत्रीज्यूको अध्यक्षतामा सञ्चालन गरिएको थियो।

बैठकमा अभिभावकहरू, शिक्षक–शिक्षिकाहरू, विद्यालय व्यवस्थापन समिति (SMC) का पदाधिकारीहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापकज्यूले सम्पूर्ण उपस्थित महानुभावहरूलाई हार्दिक स्वागत गर्दै बैठकको औपचारिक शुभारम्भ गर्नुभयो।

बैठकमा विद्यालयको समग्र विकास, आगामी दिनका योजना तथा शैक्षिक उन्नतिका विषयमा विस्तृत छलफल गरियो। साथै, विद्यालयमा सञ्चालन भइरहेका विषयगत (Department-wise Subject Classes) कक्षाहरूको अवलोकन गराउँदै सम्बन्धित शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूसँग अभिभावकहरूको परिचय गराइयो।

प्रधानाध्यापकज्यूले विषयगत कक्षाको महत्व, यसको उद्देश्य तथा विद्यार्थीहरूको समग्र (Overall) शारीरिक, मानसिक, बौद्धिक र नैतिक विकास मा यसले पुर्‍याउने सकारात्मक योगदानबारे विस्तृत जानकारी गराउनुभयो।

बैठक अत्यन्त फलदायी र उपलब्धिमूलक रूपमा सम्पन्न भयो। उपस्थित सम्पूर्ण अभिभावकहरूले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सहकार्य निरन्तर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्त्यमा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै बैठक समापन गरियो।❤️🙏

Address

Dentam West
Sikkim - West

Telephone

+9609864737

Website

Alerts

Be the first to know and let us send you an email when Government Primary School Bullung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Government Primary School Bullung:

Shortcuts

Share

Category