23/08/2026
A Proud Moment for Samthar Higher Secondary School!
We are proud to share that Mr. Janas Bhujel, Teacher of our school, has been selected as a member of the Nepali Subject Curriculum Development Committee under the Education Department, Government of West Bengal.
We congratulate him and wish him success in this important responsibility! 👏📚🇮🇳
Janash Bhujel Khawash
पश्चिम बङ्गालको नेपाली पाठ्यक्रम निर्माण समितिमा शिक्षक जनस भुजेल।
पश्चिम बङ्गाल सरकारको शिक्षा विभागले कक्षा १ देखि कक्षा १२ सम्मको नयाँ पाठ्यक्रम निर्माण तथा विद्यमान पाठ्यक्रममा आवश्यक सुधार गर्ने उद्देश्यले विभिन्न विषयका पाठ्यक्रम निर्माण समितिहरू गठन गरेको छ। यसै क्रममा नेपाली विषयको पाठ्यक्रम निर्माण समितिमा समथार उच्चतर माध्यमिक विद्यालयका शिक्षक जनस भुजेल चयन हुनुभएको छ।
नेपाली विषयका लागि गठित ११ सदस्यीय पाठ्यक्रम निर्माण समितिमा शिक्षक भुजेलको सहभागिता रेली वारी क्षेत्रका लागि विशेष गौरवको विषय बनेको छ। उहाँ यस क्षेत्रबाट पश्चिम बङ्गाल सरकारको शिक्षा विभागअन्तर्गत नेपाली विषयको पाठ्यक्रम निर्माण समितिमा प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति भएको जनाइएको छ।
शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय शिक्षक भुजेललाई पाठ्यक्रम निर्माणजस्तो महत्वपूर्ण जिम्मेवारी प्रदान गरिनुले रेली वारी क्षेत्रका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीमा खुसी र गर्वको भावना पैदा गरेको छ।
यस अवसरमा सम्पूर्ण क्षेत्रवासीका तर्फबाट शिक्षक जनस भुजेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। उहाँको ज्ञान, अनुभव र शैक्षिक योगदानले पश्चिम बङ्गालको नेपाली विषयको पाठ्यक्रमलाई समयसापेक्ष, विद्यार्थीमैत्री तथा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा केन्द्रित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।