Sapana School

Sapana School Sapana School is a project school formed under Sapana Village Social Impact in 2073 where we focus on education and learning in children through practice.

Teachers are well trained by professional Dutch organization on mobilizing and teaching the students.

18/06/2026
सौराहामा आजको तापक्रम करिब ३५°C पुगेको छ, र उच्च आर्द्रताका कारण ४३°C जत्तिकै महसुस भइरहेको छ।यस्तो गर्मी मौसममा सपना स्...
18/06/2026

सौराहामा आजको तापक्रम करिब ३५°C पुगेको छ, र उच्च आर्द्रताका कारण ४३°C जत्तिकै महसुस भइरहेको छ।

यस्तो गर्मी मौसममा सपना स्कूलका बालबालीकाहरू आफ्ना कक्षाकोठाका खेलौना र लुगाफाटा सफा गर्दै रमाइलोका साथै गर्मीको आनन्द लिइरहेका छन्।

यस गतिविधिबाट उनीहरूले सरसफाइ, जिम्मेवारीबोध, आत्मनिर्भरता र सामूहिक कार्यको महत्त्व सिकिरहेका छन्।

#सिक्दैरमाउँदै #सौराहा #बालशिक्षा

17/06/2026

दिनको सुरुवातसँगै धर्मग्रन्थ अनुसार ध्यान र गायत्री मन्त्र जप गर्दै सपना स्कूलका विद्यार्थी तथा समूह शिक्षिकाहरू दैनिक आध्यात्मिक अभ्यासमा सहभागी हुँदै। दिनको सुरूवात ध्यान र योगबाट।
यस अभ्यासले मनलाई शान्त, एकाग्र र सकारात्मक बनाउन सहयोग पुर्‍याउँछ।

16/06/2026

Sharing a video from teacher Samikshya. Samikshya Giri

सबैको मन जितेकी प्यारी समीक्षा म्याम, सपना स्कूलसँगको तपाईंको यात्रा साँच्चै नै सुन्दर र स्मरणीय रह्यो। हंसिलो अनुहार, स...
15/06/2026

सबैको मन जितेकी प्यारी समीक्षा म्याम,

सपना स्कूलसँगको तपाईंको यात्रा साँच्चै नै सुन्दर र स्मरणीय रह्यो। हंसिलो अनुहार, सहयोगी स्वभाव, बिर्सनै नसकिने मनमोहक नृत्य प्रस्तुति तथा बालबालिकाप्रतिको समर्पणले विद्यालयमा हरेक दिन खुसी, प्रेरणा र अनगिन्ती मिठा सम्झनाहरू थपेको छ।

सपना स्कूल प्रति तपाईंले दिनुभएको समयको लागि हार्दिक धन्यवाद !

जीवनको नयाँ यात्रामा अगाडि बढ्दै गर्दा तपाईंको सुख, सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
विद्यालयका बालबालिकाहरूले आफ्नी प्रिय समीक्षा म्यामलाई अहिले नै सम्झन थालिसकेका छन् र तपाईंको अभाव सम्पूर्ण स्कूल परिवार एवम् अविभावकहरूले महसुस गर्नेछ।

सपना स्कूलबाट टाढा जानु भए पनि, सपना परिवारको अभिन्न सदस्यको रूपमा सधैं हाम्रो मनमा रहिरहनु हुनेछ।

धेरै माया तथा उज्ज्वल भविष्यको शुभकामनासहित

– सपना स्कूल परिवार

10/06/2026

A beautiful sight in front of Sapana School.
Our students were delighted to see elephants walking along the road in front of the school everyday. Moments like these make learning even more special, as children get to experience the beauty of nature and the unique environment that surrounds us.
Living close to nature teaches us respect, compassion and appreciation for all living beings.

विश्व वातावरण दिवसको शुभ अवसरमा सपना स्कूलका विद्यार्थीहरू विद्यालय वरपरको क्षेत्र सरसफाइ गर्दै वातावरण संरक्षण तथा स्वच...
05/06/2026

विश्व वातावरण दिवसको शुभ अवसरमा सपना स्कूलका विद्यार्थीहरू विद्यालय वरपरको क्षेत्र सरसफाइ गर्दै वातावरण संरक्षण तथा स्वच्छताको सन्देश फैलाइरहेका छन्।

सफा वातावरण, स्वस्थ जीवन र उज्ज्वल भविष्यका लागि साना प्रयासहरू नै ठूलो परिवर्तनको आधार हुन्।

सपना भिलेज सोसल इम्प्याक्ट (SVSI) को आयोजना तथा सपना स्कूलमा सञ्चालित ३ दिने पूर्व-प्राथमिक तह विस्तृत शिक्षक तालिम आज स...
30/05/2026

सपना भिलेज सोसल इम्प्याक्ट (SVSI) को आयोजना तथा सपना स्कूलमा सञ्चालित ३ दिने पूर्व-प्राथमिक तह विस्तृत शिक्षक तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ।

तालिममा सहभागी शिक्षकहरूले बालमैत्री शिक्षण विधि, सिर्जनात्मक क्रियाकलाप, कक्षा व्यवस्थापन, कथा वाचन, खेल तथा गीतमार्फत सिकाइ लगायत पूर्व-प्राथमिक शिक्षासँग सम्बन्धित विविध ज्ञान, सीप तथा व्यवहारिक अनुभव हासिल गरेका छन्।

यस प्रकारको प्रशिक्षणले बालबालिकाको गुणस्तरीय प्रारम्भिक शिक्षा सुनिश्चित गर्न तथा शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास सहभागी शिक्षकहरूले व्यक्त गरेका छन्।

तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्येबाट सपना स्कूलले दुई जना योग्य प्रशिक्षार्थीलाई छनोट गरी रोजगारीको अवसर प्रदान गर्नेछ।

तालिममा सहभागी सम्पूर्ण शिक्षकहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गर्दछौं।




30/05/2026

पुर्व प्राथमीक तहको विस्तृत शिक्षक तालिममा सहभागी प्रशिक्षार्थी तथा सपना स्कुलका सम्पूर्ण शिक्षकहरूले प्रारम्भिक बाल शिक्षाका विविध पक्षहरूमा व्यवहारिक ज्ञान र सीप हासिल गरिरहेका छन्।

तालिममा नाच, गान, खेल, सिर्जनात्मक गतिविधि, कथा वाचन, बालमैत्री शिक्षण विधि, कक्षा व्यवस्थापन तथा बालबालिकाको समग्र सर्वाङ्गीण विकासका लागि आवश्यक विभिन्न विषयहरू समेटिएका छन्।

"सिक्दै–गराउँदै" पद्धतिमा आधारित यस तालिममार्फत सहभागीहरूले बालिकाको शारीरिक, मानसिक, सामाजिक, भावनात्मक तथा बौद्धिक विकासलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास विकास गरिरहेका छन्। बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि दक्ष र सक्षम शिक्षक तयार गर्ने दिशामा यो तालिम महत्वपूर्ण कदम बनेको छ।

Address

Ratnanagar-7
Malpur
44200

Alerts

Be the first to know and let us send you an email when Sapana School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category