14/02/2020
बिरुवाको लागि सम्पर्क :-9817655448
ड्रागन फल (Dragon Fruit) खेती प्रबिधि :-
==============================
-यो खेती तराईदेखी उच्च पहाडी जमिन सम्म गर्न सकिन्छ ,कारीब समुन्द्री सतह देखी २००० मिटर सम्म यसको खेती सफलतापूर्बक गर्न सकिन्छ !
-यस खेतिको लागी धेरै पानी आवश्यक नपर्ने हुँदा सुक्खा ठाउँहरुमा पनि यसको खेती गर्न सकिन्छ !
- रोपेको 18 महिनाबाट फल फल्न सुरु हुन्छ !
-नेपाली बजारमा 500-1000 रुपैयाँ प्रती केजीसम्म यो फल विक्री भइरहेको
छ र 10-15 बर्श सम्म यसको माग नेपाली बजारमा अत्याधिक नै हुन्छ !
-ड्रागनको एउटै बोटले 25-30 बर्श सम्म उत्पादन दिइरहन्छ !
- यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ !
-बर्शमा 4 चोटि फल्दछ !
-एउटा हुर्की सकेको बोटबाट बार्षिक ३० देखी ५० किलो उत्पादन लिन सकिन्छ !
-बोट देखि बोट दुरी 2×2 मिटर र पिलर देखि पिलरको दुरी 2.5 ×2.5 मिटर राख्नुपर्छ !
-एउटा पिलर मा 4 वटा बिरुवा रोपीन्छ !
-1 हेक्टरको लागि 2000 पिलर/पोल र 8000 बिरुवा चाहिन्छ !!