20/05/2026
कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
साइबर ब्यूरोको टोलीले काठमाडौं रत्नपार्क
उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
:::😳 photo - Ai
20/05/2026
Good news: अब मोबाइल एपबाटै प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न सकिने।
नेपाल प्रहरीले सुरु गर्यो अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
19/05/2026
नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीको रणनीतिक योजना २०८३–०८५ सार्वजनिक गरिएको छ । कार्यक्रममा नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणाली शुभारम्भ गर्नुका साथै ‘मिसन’ पुस्तक विमोचन गरिएको थियो । नयाँ रणनीतिक योजनाले प्रविधिमैत्री, पारदर्शी र नागरिक केन्द्रित प्रहरी सेवा विस्तार गर्दै नेपाल प्रहरीलाई अझ प्रभावकारी, उत्तरदायी र भरोसायोग्य बनाउने लक्ष्य लिएको छ ।
18/05/2026
दमकमा एक पुरुष मृत अवस्थामा फेला : झापाको दमक नगरपालिका–८ निवासी पीताम्बर खड्का मृत अवस्थामा फेला पर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा केही व्यक्तिहरूलाई मेन्सन गर्दै मानसिक पीडा झल्किने भावुक स्टाटस पोस्ट गरेको केही समयपछि उहाँको निधन भएको घटना सार्वजनिक भएको हो।घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाएको जनाएको छ। श्रद्धाञ्जली। 🕊️
18/05/2026
🔴 हराएको सूचना 🔴
कमल गाउँपालिका–७ निवासी ५२ वर्षीया उमादेवी श्रेष्ठ हिजो दिउँसोदेखि सम्पर्कविहीन हुनुहुन्छ।
उहाँले रातो बुट्टे कुर्था–सलवार, रातो सल लगाउनुभएको छ भने साथमा सानो ब्याग बोकेको बताइएको छ।
कसैले उहाँलाई कतै देख्नुभएमा कृपया नजिकको प्रहरी कार्यालय वा तल उल्लेखित नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध छ। 🙏
📞 ९८१७९८४२९६
📞 ९८०७९९६७०६
17/05/2026
दमक नगरपालिकाका प्रमुख राम कुमार थापा ले प्रधानमन्त्री बालेन्द्र साहू का प्रमुख राजनैतिक सल्लाहकार कुमार बेन सँग भेटवार्ता गरी दमकको विकास निर्माण तथा सुकुम्बासी समस्या समाधानबारे गम्भीर छलफल गर्नुभएको छ ।😯
17/05/2026
रॉबर्ट लेवान्डोस्कीले पुष्टि गरेका छन् कि उनी सिजनको अन्त्यमा आफ्नो करार सकिएपछि बार्सिलोना छोड्नेछन्।😍😳
17/05/2026
आमाको जीवन बचाउन फेरि एकपटक देवदूत बन्यो नेपाली सेना 🇳🇵❤️
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय द्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालन गरिएको गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार कार्यक्रममार्फत वैशाख ३१ गते उदयपुर कटारी–१४ निवासी एक महिलालाई जटिल प्रसूति समस्याका कारण नेपाली सेनाको हवाई साधनबाट तत्काल काठमाडौं ल्याई थप उपचार गरिएको छ ।
दुर्गम ठाउँमा बस्ने आमाहरूका लागि आशाको भरोसा बनेको यो सेवा वास्तवमै मानवताको उत्कृष्ट उदाहरण हो ।
समयमै उद्धार, सुरक्षित उपचार र एक जीवन जोगाउने कार्यमा खटिनु भएका सम्पूर्ण नेपाली सेना तथा स्वास्थ्यकर्मीप्रति उच्च सम्मान । 🙏✨
“जहाँ पीडा हुन्छ, त्यहाँ नेपाली सेना पुग्छ।” 🇳🇵
17/05/2026
संग्राम शार्दूल गुल्म ले नं.२४ फिल्ड एम्बुलेन्स गुल्म, स्वास्थ्य सेवा कार्यालय डोल्पा, जिल्ला अस्पताल डोल्पा तथा जगदुल्ला गाउँपालिका सँगको सहकार्यमा ज्येष्ठ ०२ गते डोल्पाको जगदुल्ला–५ माझगाउँमा आयोजना गरेको एक दिने बृहत् स्वास्थ्य शिविरबाट करिब ५०० सर्वसाधारण लाभान्वित भएका छन् ।
दुर्गम भेगका नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउने यो अभियान साँच्चै प्रशंसनीय छ ।
सेवा नै धर्म हो भन्ने उदाहरण प्रस्तुत गर्दै गाउँघरमै स्वास्थ्य उपचार उपलब्ध गराउनु हुने सम्पूर्ण स्वास्थ्यकर्मी, नेपाली सेना तथा सहयोगी हातहरूलाई हार्दिक सम्मान । 🇳🇵❤️