23/06/2025
नेपाल पर्यटन बोर्डको आयोजनामा वीरगञ्जस्थित होटल मकालुमा वीरगञ्जका होटल व्यवसायी तथा ट्राभल एजेन्टहरूलाई लक्षित गरी "भ्रमण प्याकेज विकाससम्बन्धी तीनदिने" तालिमको उद्घाटन कार्यक्रमू सफलतापूर्वक सम्पन्न भयो। जितपुर सिमरा उद्योग वाणिज्य सङ्घको अध्यक्ष श्री मोहन शर्माज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पर्सा र बारामा पर्यटकहरुको बसाइ लम्ब्याउने गरि होटलहरुले विभिन्न किसिमका आकर्षक प्याकेजहरु निर्माण गर्ने सम्बन्धमा छलफल गरियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा श्री पशुपति विक्रम शाहज्यूको उपस्थिती रहेको थियो भने विशिष्ट अतिथिको रूपमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू र कोषाध्यक्ष श्री अनोज रुँगटाज्यूको गरिमामय उपस्थिति रहेको थियो।
20/06/2025
वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा महिला उद्यमशीलता सहायता कक्ष स्थापना
वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा महिला उद्यमशीलता सहायता कक्षको विशेष समारोहका बिच उद्घाटन गरिएको छ । मह....
17/06/2025
https://sanghiyapatra.com/2025/06/1496/
दुइपक्षीय व्यापार सम्बन्ध विस्तारमा जोड
पर्सा । नेपालको सीमावर्ती क्षेत्र पर्साको वीरगन्ज तथा भारतको मोतिहारी चेम्बर अफ कमर्समा आवद्ध व्यवसायीहरूले ने...
16/06/2025
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको नेतृत्वमा भारत, मोतिहारीको भ्रमणमा रहेको प्रतिनिधि टोलीले केन्द्रीय पूर्व कृषि मन्त्री तथा माननीय लोकसभा सदस्य श्री राधा मोहन सिंहज्यूसँग वहाँको कार्यकक्षमा सौहार्दपूर्ण भेटघाट गरी मधेसको कृषि क्षेत्रको प्रवर्द्धन उत्पादकत्व अभिवृद्धि र नयाँ प्रविधिमार्फत गरिने कृषि कर्मको सम्बन्धमा छलफल गरी आवश्यक सहयोगको अपेक्षा गरिएको थियो।
15/06/2025
मोतिहारी चेम्बर अफ कमर्शको आयोजनामा मिति २०८२/०२/३० गते मोतिहारीमा आयोजित व्यवसायीबीचको B2B मिटिङ सफलतापूर्वक सम्पन्न भयो। उक्त सम्पन्न कार्यक्रममा दुईपक्षीय सम्बन्ध विस्तार सिमाञ्चल क्षेत्रमा देखिएको औद्योगिक, व्यावसायिक र पर्यटक सम्बन्धी समस्याको समाधानमा संयुक्त सहकार्य गर्ने अवधारणा व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री मनोजकुमार दासज्यू, महासचिव श्री शिवजी प्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह सचिव द्वय श्री नरेशकुमार टिबडेवालज्यू र श्री अनुप अग्रवालज्यू, सङ्घका कार्यसमिति सदस्यज्यूहरू, मोतिहारी चेम्बर अफ कमर्शका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरू साथै विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
13/06/2025
https://birgunjsanjal.com/2025/06/128126/
वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
वीरगञ्ज | भन्सार जाँचपास परीक्षण कार्यालय त्रिपुरेश्वरको आयोजनामा वीरगञ्ज भन्सार कार्यालयको सभाहलमा भन्सार जा....
12/06/2025
भन्सार जाँचपास परीक्षण कार्यालय त्रिपुरेश्वरको आयोजनामा वीरगञ्ज भन्सार कार्यालयको सभाहलमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले वीरगञ्जमै भन्सार संपरिक्षण कार्यालय स्थापना गर्न आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले जाँचपासपछि तत्काल सोको निरीक्षण गर्ने कार्य यहीँबाट सम्पन्न गर्न सकिने व्यवस्था भएमा उद्योगी व्यवसायीहरूले भोगिरहेको धेरैजसो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।उक्त कार्यक्रममा भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख चिरन्जीवि अधिकारी, प्रमुख भंसार प्रशासक श्री दीपक लामिछाने, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री हरिप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपाल, प्रमुख प्रशासकीय अधिकृत श्री मनोज उपाध्यायज्यूका साथै उद्योगी व्यवसायीहरूको सक्रिय उपस्थिति रहेको थियो।
11/06/2025
आर्थिक वर्ष २०८२ ८३ को बजेटमा भन्सार तथा कर सम्बन्धित व्यवस्थाबारे सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा तथा वीरगञ्ज भन्सार कार्यालयका मुख्य भन्सार प्रशासक श्री दिपक लामिछानेज्यू, वीरगञ्ज भन्सार कार्यालयका भन्सार प्रमुख श्री रामप्रसाद पाठकज्यू, आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत श्री निकाराज चौलागाईज्यूको समुपस्थितीमा भएको वृहद छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेश प्रदेशका अध्यक्ष तथा सङ्घका पूर्वअध्यक्ष श्री अशोकुकार टेमानीज्यू, सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री मनोजकुमार दासज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, आन्तरिक राजश्व कार्यालयका कर अधिकृतज्यूहरु, भन्सार कार्यालयका भन्सार अधिकृतज्यूहरुका साथै सङ्घका कार्यसमिति सदस्य तथा उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।