Nepal Medical College

Nepal Medical College

Share

Nepal Medical College Pvt Ltd is situated at Attarkhel, Gokarneshwor Municipality in Kathmandu, Nepal

Operating as usual

09/05/2024

ब्रेन ट्युमरः के हो ? कसरी हुन्छ ?
मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमर नबढ्ने (बेनाइन) र बढ्ने (म्यालिग्नेन्ट) हुन्छन् ।

07/05/2024

हरेक वर्षको बैशाख कृष्णपक्षको औँसीमा आमाको मुख हेर्ने चलन छ, यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।

बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमाघर अर्थात माइत पुग्दछन् । आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरुमा हार्दिक शुभकामना

01/05/2024

HAPPY WORLD LOBUR DAY

25/04/2024

गर्मी सुरु भएसँगै तराईका केही क्षेत्रमा यति बेला तापक्रम ह्वात्तै बढेको छ । काठमाडाैंकाे तापक्रम पनि केहि वर्षयता बढ्दाे छ । बढ्दाे शहरीकरण, जनघनत्व, प्रदुषण, जलवायु परिवर्तनका कारण काठमाडाैं उपत्यकाकाे तापक्रम बढिरहेकाे छ । लू एक किसिमको स्वास्थ्यमा असर पार्ने तातो हावा हो । यसबाट बच्नका लागि केही सावधानीहरु अपनाउनुपर्ने हुन्छ ।

Photos from Nepal Medical College's post 21/04/2024

नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति
काठमाडौं । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ वेडहरु थप गरि २४ वटा पुर्याइएको हो ।

शुक्रबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले थप गरिएका नयाँ वेडहरुको उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नयाँ एनआइसियू वेडहरु थप गरिएको बताउनु भयो ।

समय अगाडी जन्मने शिशुहरु, कठिन अवस्थामा जन्म लिएका शिशुहरु तथा जन्मजातै कुनै रोगको शिकार भएका शिशुहरुलाई २४ सैं घण्टा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नका लागि एनआइसियू वेडहरु थप गरिएको प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले जिकीर गर्नुभयो । ‘यसअघि १० वेडको एनआइसियू थियो । त्यसलाई अपग्रेट गरी अरु १४ वेड थपिएको छ । खासगरी समय अगाडी जन्मिएका, कुनै स्वास्थ्य समस्या भएका नवजात शिशुहरुलाई उच्च निगरानीमा राखि उपचार गर्नका लागि एनआइसियू चाहिन्छ । यसमा नवजात शिशुको उपचारका लागि कस्तो वातावरण आवश्यक पर्दछ त्यस्तै विधि र सिस्टम हुन्छ ।’ एनआइसियूले भर्खरै जन्मिएका शिशुहरुको स्वास्थ्य तथा उपचारमा टेवा पुग्ने भन्दै प्रा.डा. अन्सारीले भन्नुभयो ।

उहाँले कलेजको एनआइसियू सेवा अन्य निजी अस्पतालहरुको दाँजोमा सर्वसुलभ रहेको प्रष्ट्याउँदै आम नागरिकलाई कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रणनीति अपनाइएको जिकीर गर्नुभयो । ‘नयाँ प्रविधि भन्ने वित्तिकै महंगो हुन्छ भन्ने हैन, हामी न्यूनतम शुल्कमा गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा दिन तत्पर छौं ।’ प्रा.डा. अन्सारी भन्नुहुन्छ ।

एनआइसियूमा बालबालिकाको शरिरलाई आवश्यक पर्ने तापक्रम सेट हुन्छ । त्यहाँ भेन्टिलेटर, इन्क्यूवेटर, फोटोथेरापी, पल्स अक्सिमेट्री, फिडिङ ट्युव लगायतका साधन जडित हुन्छन् । शिशुको तापक्रम, मुटुको चाल, स्वासप्रस्वासको गति मापन गर्ने यन्त्रहरु समेत रहेकाले एनआइसियूमा प्रत्येक पल शिशुहरुको निगरानी गरी उपचार गरिन्छ ।

नेपाल मेडिकल कलेजले पछिल्लो समय स्वास्थ्य सेवातर्फ नविनतम उपचार विधिहरु भित्र्याउँन लागेको प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले जानकारी दिनुभयो । कलेजको स्वास्थ्य सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन नयाँ सेवाहरु थालनी गर्न लागिएको भन्दै उहाँले चाडैं नै कलेजको सिटी स्क्यान, एमआरआईहरु अपग्रेट गरिने, कार्डियोलोजी र अंकोलोजी सेवाहरु थप गर्ने बताउनु भयो ।

20/04/2024

नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।

Photos from Nepal Medical College's post 20/04/2024

नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा. भोला रिजालले स्नातकोत्तर कार्यक्रममा भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत गरेर अध्ययन गर्न सुझाउनु भयाे । डा. रिजालले आफुले मेडिकल शिक्षा अध्ययन गर्दाको समयमा स्नातकोत्तर तह अध्ययन गर्न ४० वर्ष पुरा भएको हुनुपर्ने मान्यता अहिले हटेको बताउनु भयाे ।

मेडिकल शिक्षा अध्ययनका लागि नेपाल मेडिकल कलेज उत्कृष्ट गन्तव्य रहेको उल्लेख गर्दै अध्यक्ष डा. रिजालले विद्यार्थीको सिकाई र अध्ययनका लागि कलेज प्रशासन सदैव सहयोगी भूमिकामा रहने बताउनु भयाे भने, मेडिकल शिक्षा अध्ययन गर्नु भनेको धेरै गाह्रो विषय हो भन्दै त्रासमा रहेर अध्ययन नगर्न सुझाउनु भयाे ।

कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले आफुले एमविविएस गर्दाको समय र अहिलेको पढाईमा धेरै अन्तर आइसकेको बताउँदै मेहनत र लगनशील भएर अध्ययन गर्ने विद्यार्थीहरुले सधैं सफलता प्राप्त गर्ने बताउनु भयाे । तर, त्यसबेला गरेको मेहनतले सफलता प्राप्त गरेको भन्दै प्रा.डा. अन्सारीले विद्यार्थीहरुलाई मेहनत गर्न सिक्नुपर्ने उल्लेख गर्नुभयाे ।

प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेज गुणस्तरीय मेडिकल शिक्षाका लागि सदैव विद्यार्थीको पक्षमा रहेको बताउँदै विगतको जस्तो मेडिकल शिक्षा अध्ययन गर्न बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको जनाउनुभयाे । विद्यार्थीले हासिल गरेकाे सफलतामा कलेजले गर्व गर्ने भएकाले मेहनतका साथ लगनशील भएर अध्ययन गर्न प्रा.डा. अन्सारीले जाेड दिनुभयाे ।

कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्रीले मेडिकल शिक्षाको क्षेत्रमा कलेजले दक्ष जनशक्ति उत्पादन र स्वास्थ्य सेवामा राम्रो काम गरिरहेको बताउँदै पोस्ट ग्राजुएट गर्न आएका विद्यार्थीको सिकाईमा कलेजले कुनै कम्प्रोमाइज नगर्ने बताउँदै विद्यार्थीले पनि कलेजको अनुशासन र नियममा रहेर अध्ययन गर्नुपर्ने बताउनु भयाे ।

कार्यक्रममा अस्पताल निर्देशक प्रा.डा. मोदनाथ मरहठ्ठाले विद्यार्थी र परिवारले देखेको सपना पुरा गर्न कलेज तत्पर रहेको भन्दै अनुशासनमा रहेर अध्ययन गर्न सुझाब दिनुभयाे । कलेजमा शैक्षिक सत्र २०२४ का लागि चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर कार्यक्रमका लागि ६० वटा सिट निर्धारण गरेको छ । अभिमुखीकरण कार्यक्रममा कलेजका हस्पिटल डाइरेक्टर डा. राजेश किशोर श्रेष्ठ, निर्देशक डा. साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायत विभिन्न विभागका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

17/04/2024

राम नवमी चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ । हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो दिन भगवान् श्री रामका साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ ।

रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । राम नवमीकाे अवसरमा समस्त नेपालीजनमा सुखः शान्ति र समृद्धिकाे शुभकामना

16/04/2024

चैत महिनामा पर्ने दसैँ तथा नवरात्रीलाई चैते दसैँ भनिन्छ । नेपाली चाडपर्वमा चैते दसैँको पनि महत्त्वपूर्ण स्थान रहेको छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसैँ हिन्दुधर्मावलम्बीहरूले वर्षमा दुइ पटक मनाउने गर्दछन् । असोजमा मनाईंने दसैँलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दसैँलाई चैते दसैँ । चैते दसैंकाे अवसरमा सम्पूर्ण नेपालीजनमा सुखः शान्ति, समृद्धि र दिर्घायूकाे कामना गर्दछाैं ।

12/04/2024

सुखः शान्ति, समृद्धि र दिर्घायूकाे कामना सहित सम्पूर्ण नेपालीजन, नेपाल मेडिकल कलेजका फ्याकल्टी, नर्स, कर्मचारी र शुभचिन्तक प्रति नयाँ वर्षकाे मंगलमय शुभकामना ।

12/04/2024

नयाँ वर्ष २०८१ काे पावन अवसरमा देश विदेशमा रहनुहुने नेपालीजनमा सुखः शान्ति, समृद्धि र दिर्घायूकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।

11/04/2024

On this auspicious occasion of Eid, I pray that Allah’s blessings light up your path and lead you to eternal happiness. Eid Mubarak!

08/04/2024

रुखबाट लडेर गम्भिर एक बालकको नेपाल मेडिकल कलेजका चिकित्सकहरुले ज्यान बचाएका छन् । घाँस काट्दा रुखबाट झरेर गम्भिर भएका सिन्धुली घ्यामलेक–२ का १४ वर्षीय बालक युजेन्द्र वाइवाको नेपाल मेडिकल कलेजका चिकित्सकले अप्रेसन गरी ज्यान बचाएका हुन् ।

Photos from Nepal Medical College's post 02/04/2024

एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टएड किट वक्स वितरण
काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई इमरजेन्सी फस्टएड किट वक्सहरु हस्तान्तरण गर्नुभयो ।

सो क्रममा प्रा.डा.अन्सारीले समाजमा शान्ति व्यवस्था, अमनचयन कायम गर्न नेपाल प्रहरीको जति भूमिका रहन्छ त्यत्तिनै नागरिक समाजको पनि रहने बताउँदै मेडिकल कलेज नेपाल प्रहरीसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।

दुर्घटना भइहाले घाइतेहरुको तत्काल उद्दार र प्राथमिक उपचारमा इमरजेन्सी फस्टएड किट वक्सको महत्वपूर्ण भूमिका रहन्छ । कलेजले गरेको सहयोग र सहकार्यले दुर्घटनामा हुने मानवीय क्षती कम गर्न सहयोग पुग्ने डिएसपी पाण्डेले जनाउनु भयो ।

हस्तान्तरण कार्यक्रममा कलेजका निर्देशक डा.साविहा यासमिन, अस्पताल निर्देशक डा.राजेश किशोर श्रेष्ठ, हस्पिटल डाइरेक्टर प्रा.डा.मोदनाथ मरहठ्ठा तथा प्रमुख प्रशासकीय अधिकृत ज्योती खड्काको समेत सहभागीता रहेको थियो ।


23/03/2024

हाेली पर्वकाे अवसरमा यहाँहरू सबैमा शुभकामना

22/03/2024

हाेली पर्वकाे अवसरमा हार्दिक मंगलमय शुभकामना

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम 21/03/2024

कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए ।

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम काठमाडौं । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्या....

Photos from Nepal Medical College's post 21/03/2024

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम
काठमाडौं । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए ।

कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको हो । तालिममा सहभागी स्टाफ नर्सहरुलाई उपचारका क्रममा बिरामीको शारिरीक स्वास्थ्य अवस्था हेरेर उसलाई कस्तो प्रकारको लाइफ सपोर्ट चाहिएको निश्चित गरी प्रयोग गर्न सिकाइएको थियो । चिकित्सकीय सेवामा लाईफ सपोर्टका स्वास्थ्य सामग्रीहरु बिरामीलाई समयमै प्रयोग गर्दा हुने फाइदाहरुका बारेमा जानकारी दिईएको कलेजकी मेट्रोन नविना सिंहले जानकारी दिइन् ।

तालिममा सहभागी स्टाफ नर्सहरुले इमरजेन्सी तथा क्रिटिकल केयरमा आउने बिरामीहरुलाई सहज बनाउन लाइफ सपोर्ट स्वास्थ्य सामग्रीहरुको उपयोगिता, त्यसले दिने फाइदा बारे जानकारी पाइएको बताए । इमरजेन्सी र क्रिटिकल केयरमा आउने बिरामीहरुलाई समयमै उपचार गराउन सके उनीहरुको जीवन बचाउन लाइफ सपोर्टका सामग्रीहरुको महत्वपूर्ण भूमिका रहने बताइएको छ ।

कलेजले आफ्ना स्वास्थ्यकर्मीहरुलाई समयसापेक्ष दक्ष र सीपयुक्त बनाउन समयसमयमा यस्ता तालिमहरु नियमित रुपमा गर्दै आइरहेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय कलेज विरगञ्जका सफल मेडिकल व्यवसायी, प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारीको नेतृत्वमा गएसँगै स्वास्थ्य सेवालाई सुधार्दै चिकित्सक, स्टाफ नर्स तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिका तालिमहरु पनि सञ्चालन गर्न थालिएको छ ।

21/03/2024

दाँत कसरी सफा राख्ने ?
रिता श्रेष्ठ, विडिएस चौथो वर्षकी विद्यार्थी
नेपाल मेडिकल कलेज

Photos from Nepal Medical College's post 20/03/2024

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ । हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।

कलेज अफ डेण्टल साइन्स एण्ड हस्पिटलका इन्टर्न तथा डेण्टल विद्यार्थीहरुले इमरजेन्सी भवन अगाडी मुख तथा दाँत कसरी सफा राख्ने ? कस्ता आहारविहार गर्दा मुख र दाँत स्वस्थ र सफा रहन्छ ? लगायतका बारेमा आगन्तुकहरुलाई सचेतना दिएका थिए ।

दाँतको राम्ररी स्याहार गरिएन भने मान्छेको व्यत्तित्वमै प्रभाव पर्ने भएकोले समय–समयमा दन्त चिकित्सकबाट दाँत तथा मुखको स्वास्थ्य परीक्षण गराउनु पर्ने, दाँतमा किरा लाग्न नदिन, खिइन नदिन दैनिक दुई पटक दाँत माझ्नु पर्ने, चुरोट, खैनी, गुट्खा, तम्बाकु जस्ता हानिकारक वस्तुहरु खान नहुने बारे अस्पतालमा आएका बिरामी तथा आगन्तुकलाई जानकारी दिइएको थियो ।

20/03/2024

अलिअलि दाँत किराले खाँदैमा दाँत निकालेर फ्याल्नु पर्छ ?
नेचुरल दाँतले गर्ने जस्ताे काम आर्टिफिसियल दाँतले गर्छ ?
दाँतकाे स्कृनिङ गर्नुकाे फाइदा के हाे ?

19/03/2024

Visiting your dental practice regularly is a great way to give your mouth that oral health MOT. The earlier any problems are identified, the easier, quicker and cheaper any form of treatment will be.

Photos from Nepal Medical College's post 14/03/2024

निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ । कलेज अफ डेण्टल साइन्सेज एनएमसीटीएचले सञ्चालन गरेको दुई दिने शिविरमा ४ सय जना विद्यार्थीहरुको दन्त परीक्षण गरिएको कलेजले जनाएको छ ।

शिविरमा स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई दाँत तथा मुखको स्वास्थ्य सचेतना समेत दिइएको छ । विद्यार्थीहरुलाई दाँत तथा मुखको सरसफाई, स्याहार कसरी गर्ने भन्ने सचेतना दिइएको हो । कलेजको सामुदायिक तथा सार्वजनिक स्वास्थ्य दन्त विभागका डाक्टर दीपक ठाकुरले बालबालिकाहरुको दाँत र मुख संवेदनशील हुने भएकोले समयसमयमा चिकित्सकबाट स्वास्थ्य जाँच गराउनु पर्ने बताए ।

सामुदायिक स्वास्थ्य सेवामार्फत आम नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य शिविर सञ्चालन गरिएको कलेजले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चालन गरिएको शिविरबाट गरिब, विपन्न तथा अस्पतालसम्मको पहुँच नपुगेका नागरिक बढी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

12/03/2024

प्रायजसो ४० वर्ष उमेर पूरा भएपछि जलविन्दु रोग देखिने गर्दछ । त्यसमा पनि महिलामा जलविन्दु हुने जाेखिम बढी रहने नेपाल मेडिकल कलेजकी जलविन्दु राेग विशेषाज्ञ डाक्टर प्रनिशा सिंहकाे भनाइ छ । नियमित आँखा जाँच गरेमा रोगको सङ्क्रमण देखिए पनि समयमै उपचार गरेमा जलविन्दु निको हुन्छ । नेपाल मेडिकल कलेजकाे आँखा राेग विभागबाट विशेषज्ञ चिकित्सकसँग परामर्श लिएर जलविन्दुकाे पहिचान र उपचार गर्न सकिन्छ ।
डा. प्रनिशा सिंह, जलविन्दु राेग विशेषज्ञ, नेपाल मेडिकल कलेज

11/03/2024

मुस्लिम समुदायको महान पर्व रमादानकाे पावन अवसरमा सम्पूर्ण मुस्लिम समुदाय तथा देशविदेशमा रहनुहुने नेपाली जनमा सुख शान्ति र समृद्धिकाे कामना गर्दछौं ।

11/03/2024

world Glaucoma Week काे सन्दर्भमा यस नेपाल मेडिकल कलेजकाे आँखा राेग विभागमा ४० बर्ष माथिका बिरामीहरुलाई OPD Card तथा Glaucoma investigation (CCT & Applnation tonometry) निःशुल्क गरिकाेले माैकाकाे फाइदा लिनहुन सम्बन्धित सबैमा सुचित गरिएकाे छ।

11/03/2024

शेर्पा समुदायकाे महान पर्व ग्याल्पाे ल्हाेसारकाे अवसरमा सम्पूर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभकामना

Photos from Nepal Medical College's post 08/03/2024

नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश, नयाँ सेवा थप गरिने

काठमाडौं । नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ । कलेजले आज उक्त अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गरेको छ । कलेज २०५२ सालमा स्थापना भएको हो ।

स्थापनाको २८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सञ्चालकहरुले कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नविनतम कार्यहरु गर्ने बताएका छन् । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा कलेजले महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै उनीहरुले अब विशिष्टीकृत सेवा सञ्चालन तर्फ जोड दिने बताए ।

बिहान कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका अध्यक्ष डा.भोला रिजाल, प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोद कुमार क्षेत्री, डाइरेक्टर डा.साविहा यासमिन, अस्पताल निर्देशकद्वय डा. राजेशकिशोर श्रेष्ठ, प्रा.डा. माेदनाथ मरहट्ठा, बोर्ड अफ डाइरेक्टरहरु डा.आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारी लगायतले झण्डोत्तोलन कार्यक्रममा सहभागी भए ।

झण्डोत्तलोन सँगै कलेजले सो अवसरमा भर्ना भएका बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको छ । कलेज प्रशासनले बिरामी भएर अस्पतालको विभिन्न वार्डहरुमा उपचाररत करिब डेढ सय बिरामीलाई फलफुल वितरण गरेको छ ।

२ वर्षअघि कलेजलाई नयाँ उचाईमा पुर्याउन बिरगञ्जका सफल मेडिकल व्यवसायी, प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारीको टीमको प्रवेश भएको थियो । उहाँको टीमले कलेजको व्यवस्थापन सम्हालेसँगै स्वास्थ्य सेवालाई सुधार गरिएको छ । कलेजले चाँडै अंकोलोजी, कार्डियोलोजी सेवाहरु थप गर्ने, नयाँ एमआरआई भित्र्याउने तयारी गरेको कलेजकी डाइरेक्टर डा.साविहा यासमिनले बताउनु भयाे ।

२ वर्षको अवधिमा अस्पताल सेवा तर्फ इमरजेन्सी सेवा, ओपिडी सेवा, ल्याबको सेवाहरुलाई गुणस्तरीय बनाइएको डाइरेक्टर डा. यासमिनको भनाई छ । यससँगै कलेजमा ब्लड बैंक स्थापना समेत गरिएको छ । स्वास्थ्य सेवामा दक्ष जनशक्तिहरु थप गरिएको, नयाँ उपकरणहरु थप गरिएको, अत्याधुनिक डायलाइसिसस सेवा सुरु गरिएको छ ।

कलेजमा सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, गोकर्णेश्वर नगरपालिकाका सेवाहरु समेत सञ्चालन गरिएकोले पछिल्लो समय सेवाग्राहीहरुको विस्वास बढ्दो रहेको प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीको भनाई छ । ‘हामी नेपाल मेडिकल कलेजलाई सुविधासम्पन्न स्वास्थ्य संस्थाका रुपमा उभ्याउन सक्रिय छौं । स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरलाई एकसाथ सुधार्दै जनतालाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा दिनु हाम्रो लक्ष्य हो । यस कार्यमा कलेजमा कार्यरत शिक्षक, फ्याकल्टी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु प्रति कृतज्ञता व्यक्त गर्दछौं ।’ प्रा.डा.अन्सारीले भन्नुभयाे।

08/03/2024

Heartfelt gratitude and thanks to all doctors, faculty, staff, and well-wishers.

Want your school to be the top-listed School/college?

Videos (show all)

नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । #nep...
रुखबाट लडेर गम्भिर एक बालकको नेपाल मेडिकल कलेजका चिकित्सकहरुले ज्यान बचाएका छन् । घाँस काट्दा रुखबाट झरेर गम्भिर भएका सि...
दाँत कसरी सफा राख्ने ? रिता श्रेष्ठ, विडिएस चौथो वर्षकी विद्यार्थीनेपाल मेडिकल कलेज#nepalmedicalcollege #NMC #WorldOralH...
अलिअलि दाँत किराले खाँदैमा दाँत निकालेर फ्याल्नु पर्छ ? नेचुरल दाँतले गर्ने जस्ताे काम आर्टिफिसियल दाँतले गर्छ ?दाँतकाे ...
प्रायजसो ४० वर्ष उमेर पूरा भएपछि जलविन्दु रोग देखिने गर्दछ । त्यसमा पनि महिलामा जलविन्दु हुने जाेखिम बढी रहने नेपाल मेडि...
गर्भावस्थामै बच्चाको सुन्ने क्षमताको परीक्षण गरिए कान नसुन्ने समस्याबाट बालबालिकालाई समयमै जोगाउन र उपचार गर्न सकिन्छ । ...
हाडजोर्नीको समस्या भएका बिरामीको उपचार अर्थोस्कोपी विधिबाट गर्नु लाभदायक मानिन्छ । जोर्नीहरुमा सानो सानो प्वाल पारेर दूर...
Parkinson's disease is the spread or problem of nerves or small organs of the body. Parkinson's gradually affects your e...
सन्दर्भ विश्व क्यान्सर दिवसः क्यान्सर भन्ने वित्तिकै मृत्युकाे नजिक भन्ने जनधारणा छ । तर, स्वास्थ्य क्षेत्रमा पछिल्लाे स...
नेपालमा पित्तथैलीमा पत्थरी हुने बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ । ४० वर्षकाे उमेर छेउछाउ उमेरका महिला पुरूष दुवैलाई ...
दम रोग के हो ? दम कुन उमेर समुहलाई कसरी हुन्छ ? दम लागेपछि त्यसको उपचार छ ? कसरी दम निर्मुल पार्न सकिन्छ ? बालबालिकाहरुम...
जाडोयाम छ, बालबालिकाहरुलाई विभिन्न प्रकारका भाइरलको संक्रमण हुन सक्छ । नवजात शिशु सहित १४ वर्षभन्दा मुनीका बालबालिकाको स...

Telephone