Dharan Audio Recording Studio & Dharan Guitar School

Contact No: 9852049975 / 9803098481

Srijan Nepal, (born 30 December 1974) is a guitarist, vocalist, songwriter, composer, arranger, recordist, multi-instrumentalist and guitar instructor. As the eldest son of poetess Kunta Sharma, Srijan started playing the guitar at early teenage. With the passage of time, being a teenager, he got a major influence from Western Classical music. He is the sole proprietor of both the Audio Recording Studio and the Guitar School. Dharan Audio Recording Studio (DARS): Our well-appointed recording studio is equipped with a wide range of world-class hardware, software, gears and infrastructure that are essential for a professional audio studio. Dharan Guitar School (DGS): • Over two decades of experience playing and teaching the guitar; • Lessons are tailored to the individual student’s taste and ability; • You will learn guitar notes, chords, rhythm & strumming patterns, arpeggios, scales, modes, intervals, sequencing, phrasing, various techniques, and international standard music theory; • Study with him and learn the guitar fastest & easiest way ever.

Dharan Audio Recording Studio & Dharan Guitar School

😍 Ratna Nepal 💘

"तिमी नै हौ मेरो जीवनको लक्ष्य
तिमी बिना म जाउँ कहाँ
तिमी नै हौ मेरो सारा चाहना
तिमी बिना रहन्न बिपना

आँखाभरि अटाएको छ केवल तिम्रै चित्र
जताततै भेट्छु म तिमीलाई आफूभित्र
सक्दिनँ बिर्सन म कहिले पनि तिमीलाई
कसले पो भुल्न सक्छ र आफूले आफैंलाई

तिमी नै हौ मेरो सारा खुसी
तिमी बिना म हाँसु कसरी
तिमी नै हौ यो मेरो जिन्दगी
तिमी बिना म बाँचु कसरी

खुसी बोकी आयौ तिमी मेरो यो जीवनमा
सजाइसकेकोछु तिमीलाई नै मैले मेरो मुटुमा
साथ रहनू यसै गरी तिमी सधैंको लागि
अँगाल्नेछु तिमीलाई तिमी मेरी हौ भनी" - सृजन नेपाल

#सन्तानै_संगीतमा

तीन दाजुभाइ सृजन, रोशन र प्रशान्त संगीतमै सक्रिय छन्। उनीहरूले धरानमा रहेर सांगीतिक करिअरलाई नै निरन्तरता दिइरहेका छन्। सृजन नेपाल, रोशन शर्मा र प्रशान्त शर्मा सहोदर दाजुभाइ हुन्। उनीहरूको परिवार मात्र होइन, रुचिको क्षेत्र पनि एउटै हो, संगीत। सृजन राम्रा गायक, संगीतकार, गिटारिस्ट, रेकर्डिस्ट, र एरेन्जरका रूपमा परिचित छन्। रोशन नेपालमा मात्र होइन, विदेशमा पनि परिचय बनाइरहेका मोहनवीणा वादक हुन्। उनका नेपाल, दुबई र पाकिस्तानमा ब्यान्डहरू छन्। प्रशान्त पूर्व क्षेत्रमा निकै सक्रिय रहेका धरानका गायक हुन्। उनीहरूको पारिवारिक माहोल नै संगीतमय थियो। उसबेला उनीहरूका बुवा कवि तथा गायक मञ्जुल र आमा कवियित्री कुन्ता शर्मा, रामेश श्रेष्ठहरूसँगै साहित्य र संगीतमार्फत जनता जगाउन हिँड्थे। पारिवारिक झमेलाका कारण सृजन बुवा मञ्जुलसँग काठमाडौं बस्न थाले। भाइहरू रोशन र प्रशान्त आमा कुन्तासँगै धरान बस्थे। दाजुभाइ टाढा भए पनि तीनैजनाको रुचिको विषय एउटै बन्यो - संगीत।

सानैदेखि सांगीतिक कार्यक्रममा गाउन थालेका सृजनले २०४८ सालमै रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका थिए। त्यसपछि रेडियो नेपालमा 'म सानो झरी हुँ' लगायत चारवटा गीत रेकर्ड गराए। नेपाल घुम्न आएका अमेरिकन नागरिक जोन डेनासँग गिटार सिकेर निरन्तर अभ्यास गरेपछि सृजन स्टुडियोहरूमा कन्टेम्पोररी र रक शैलीका गीतमा गिटार बजाउन थाले। उनले नवीन के. भट्टराईको त्यसताका चर्चित बनेका गीत 'यही हो त माया', प्राश्ना शाक्यको 'आवाज देऊ' लगायत धेरै गीतहरूमा गिटार बजाएका छन्। उनी भन्छन्, "सुरुमा गाउने र बजाउने दुवै गर्थें तर बजाउँदा पैसा पाइने भएकाले यतातिर लागें।"
सृजनले म्युजिक एरेन्ज र गिटारिस्टको काम पनि गरे। सृजनसँगै ब्रुनो (जय मल्ल), डा° सुमनशमशेर थापा, डेनमार्कका नागरिक एक्सल र पिटर अनि जापानीज योशी मिलेर 'बाइपास' ब्यान्ड स्थापना गरे। ब्यान्डमा सृजन भोकलिस्ट, गिटारिस्ट र कम्पोजर थिए। ब्यान्डकै नाममा एल्बम पनि निकाले। सन् १९९६ मा अधिराज्यभरिबाट छानिएका १२ गायकहरूको स्वर समेटिएको एल्बम 'स्टार सेन्सेसन' निस्कियो। त्यसमा सृजनको स्वर पनि थियो। सृजन धरान फर्किएपछि धरानका गायकहरूको संयुक्त एल्बम 'भ्वइसेस धरान' निस्कियो। त्यसमा सृजनले गाएका थिए भने उनका भाइ रोशनले कम्पोज गरेका थिए। उनी धरान फर्किएर 'धरान अडियो रेकर्डिङ स्टुडियो' पनि खोले। स्टुडियोमा करिब १५ सय गीत रेकर्ड भएका छन्। उनकै स्टुडियोमा कान्छा भाइ प्रशान्तको गीत 'पंक्षी...' रेकर्ड भयो। सन् २००० मा पुरानो ब्यान्ड बाइपासका तीन नेपाली सदस्यहरू मिलेर 'बाइपास २' एल्बम पनि निकाले। उनले एकल गीतहरू पनि गाए। अहिले घरमै एरेन्ज गर्ने, गिटार सिकाउने गर्दै आएका उनी भन्छन्, "जे गरे पनि फुलटाइम संगीत नै हो।"

सृजनका माइला भाइ रोशनले सृजनसँगै गिटार बजाउन सिके। उनी पनि एसएलसीपछि २०५१ सालदेखि ब्यान्ड बनाएर संगीतमै लागेका थिए। रोशनले शिव लामिछानेहरूसँग मिलेर स्थापना गरेको ब्यान्ड 'द अर्थ' थियो। त्यसमा उनी गिटार बजाउँथे। 'विकल्स' ब्यान्डमा पनि उनको भूमिका गिटारमै थियो। उनले स्थानीय रेस्टुराँहरूमा पनि बजाए। त्यसपछि काठमाडौं पुगेका रोशनले स्टुडियो म्युजिसियनका रूपमा लामो समय काम गरे। काठमाडौं ज्याज कन्जरभेटरी (केजेसी) मा पनि केही वर्ष गिटार सिकाए। संगीतकै लागि ब्यान्डहरूसँग विदेश पनि पुगे।
ग्रामी अवार्ड विजेता पण्डित विश्वमोहन भट्टसँग उनैले बनाएको बाजा मोहनवीणा सिकेका ४१ वर्षिय रोशन अहिले यही बाजाबाट स्वदेशमा नाम कमाइरहेका छन्। नेपालमा व्यवसायिक रूपमा मोहनवीणा बजाउने रोशन एक्ला हुन्। अहिले उनले धेरैलाई यो बाजा सिकाइरहेका छन्। रजिना रिमाल र मनोज राजले गाएको गीत 'बहुला' लगायत धेरै गीतमा मोहनवीणाको धुन सुन्न सकिन्छ।
रोशन नेपालमा 'ऊर्जा नेपाल' ब्यान्डमा आबद्ध छन् भने दुबईमा नेपाली र भारतीयहरूसँग मिलेर 'काव्या' का लागि बजाउँछन्। उनले पाकिस्तानको चर्चित ब्यान्ड 'स्केचेस' मा पनि आबद्ध भएर काम गरिरहेका छन्। उनीहरूको यो ब्यान्डले पाकिस्तानी फिल्म 'केक' मा दिएको संगीत ओस्कार अवार्डको मनोनयनमा परेको थियो। अहिले उनी विदेशमा रहेका ब्यान्डहरूका कतिपय काम घरमै बसेर गर्छन्। आवश्यक पर्दा बजाउन विदेश पुग्छन् । पछिल्लो समय धरानमै बसेर साधनारत रोशन भन्छन्, "काठमाडौंमा कमाइ राम्रो थियो तर मलाई कमाइभन्दा पनि मैले राम्रो बजाएँ कि बजाइनँ भन्नेमा चिन्ता लाग्न थाल्यो। आत्मसन्तुष्टि भएन, त्यसपछि धरान फर्किएँ।"

३७ वर्षीय कान्छा प्रशान्त मामाघर पुग्दा किशोरकुमारका गीतहरू खुब सुन्थे। ४५ वर्षीय सृजन धरान आएपछि प्रशान्तले उनीबाटै विभिन्न गायकका गीतहरू सुने। उनलाई पनि गिटार बजाउन मन लाग्यो। पछि दुवै दाजुहरूसँग अलिअलि गर्दै बजाउन सिके। एसएलसीपछि उनी काठमाडौं गए। अनामनगरमा उनको साँगीतिक सर्कल बन्यो। त्यहींका साथीहरूसँग मिलेर भूमि ब्यान्ड स्थापना गरे। २०५६-५७ सालतिर उनले त्यही ब्यान्डमार्फत 'तिम्रो मायाको सागरमा' गीत पनि रेकर्ड गराए। ब्यान्ड लोकप्रिय बनिरहेको थियो, उनी लागूऔषधमा फसे।
लागूऔषधबाट बाहिर निस्कन प्रशान्तलाई निकै समय लाग्यो। लागूऔषधमुक्त बनेपछि उनी पुन: संगीतमै फर्किए। उनले डिसेबल, जँगे लगायत विभिन्न ब्यान्डसँग मिलेर काम गरे। २०७० सालदेखि उनी धरानकै द आउटसाइडर्स ब्यान्डमा आबद्ध भए। उनले पहिला गाएको गीत 'पंक्षी' ब्यान्डकै गीत बनाएर गाए। चार वर्षपछि ब्यान्ड छाडेका उनले आफ्नै माइला दाजु रोशनसँग मिलेर ऊर्जा नेपाल ब्यान्डसँग पनि काम गरिरहेका छन्। उनी गिरीश खतिवडा, गंगा वरदान लगायतसँग मिलेर पनि गीतहरू गरिरहेका छन्।
तीनै दाजुभाइ संगीत क्षेत्रमा हुँदा आफूलाई धेरै सजिलो भएको बताउँछन् प्रशान्त। उनी सन्तानै संगीतमा लाग्नुलाई आमाको महत्वपूर्ण देन मान्छन्। "आमा क्लासिकल गीतहरू अहिले पनि रातभर सुन्नु हुन्छ," उनी भन्छन्, "सानोमा हामीले बरु खान राम्रो पाएनौं होला तर आमाले दाजुहरूलाई महँगो गिटार किनिदिनुहुन्थ्यो। अहिले पनि भिडियो गर्न आमाले सहयोग गर्नुहुन्छ।"
धरानमै बसेर विभिन्न कार्यक्रम गर्दै र विदेशका कार्यक्रममा सहभागी हुँदै आएका प्रशान्त यहीं बसेर आफ्नो पहिचान बनाउन लागिरहेका छन्। "पहिला पो मिडियादेखि स्टुडियोसम्म काठमाडौंमा केन्द्रीकृत थिए र जानुपर्ने बाध्यता थियो" उनी भन्छन्, "काठमाडौंमा बस्ने सबै कलाकार हिट भएका छैनन्। बाहिरै बस्नेले पनि राम्रो गरिरहेका छन्।"

Srijan Nepal, Roshan Sharma, Sharma Prashant
लेख: गोपाल दाहाल [Gopal Dahal]
तस्बिर: विकास चाम्लिङ [Bikash Chamling]

[12/31/19]   Everything about the future is uncertain, but one thing is for sure that God had already planned all our tomorrows. We just have to trust him today. I heartily wish a beautiful tomorrow for you and your family. Happy New Year 2020.

Dharan Audio Recording Studio & Dharan Guitar School

"मन मेरो नेपाली 🇳🇵
रगत मेरो नेपाली 🇳🇵
यो जुनी रहेसम्म म त नेपाली" 🇳🇵— Srijan Nepal

You feel happy and satisfied when you get to do what you like doing best. I'm obsessed with music and am passionate about playing the guitar, writing music and singing my original compositions. What's more, I've been repeating all this day in day out all my life.

However, this is the very first time I'm doing a patriotic song, and I'm telling you the feeling of joy and satisfaction it has given me is beyond words.

Jaya Chandra Surya 🇳🇵

youtube.com

Chaina Aashu - Srijan Nepal - New Nepali Pop Song

छैन आँसु यी आँखामा कसैको यादमा बगाउन
विवश छैन यो मेरो मन कसैलाई सम्झेर रुन...

youtube.com

Mero Juun - Srijan Nepal - BYPASS II - New Nepali Pop Song - Ballad

The song which I have composed has been inspired by true life events. During the people's war, a lady who had just stepped on the threshold of womanhood is confronted with the news of her policeman husband's death who had died in the line of duty. And to make matters worse, they had just tied the knot for a shot at marital bliss.

She's in a dilemma, whether to accept or deny the cruel hand of destiny. But the relief fund from the government and the fragmented body parts she receives force her to come to terms with the bitter truth. The hole of conservative tradition which the villagers have dug threatens to engulf the young widow. Our Nepalese society with its sets of values and traditions doesn't allow an eighteen year old to remarry. So, she anxiously awaits the arrival of her love from amidst the clouds which disperse to light a path for the moon. All in all, I've tried to amalgamate her tears, desperation, and poignancy and churned it into a story-my melancholic rhetorical.

Composed & performed by: Srijan Nepal

© Srijan Nepal, All Rights Reserved (https://www.facebook.com/srizan.nepal) The song which I have composed has been inspired by true life events. During the ...

Our Story

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Videos (show all)

Timro Yaad - BYPASS II
Pahilo Pahilo Yo Mero Maya
Nepali
म मरें भने (If I Die)
NEPALI — in the making
Manama
DHERAI TADHA

Location

Category

Telephone

Address


Chhata Chowk, Dharan
Dharan
56700
Other Dharan schools & colleges (show all)
DIP DIP
BPKIHS
Dharan

Dharan Institute of Premedical A perfect gateway to the medical field

Nepalese Optometrist -Vision Therapy Nepalese Optometrist -Vision Therapy
ITHARI 12 SUNSARI NEPAL / BUTWAL
Dharan

Totally associated with eye care. Vision Therapy, Contact lens & low vision

Children's Academy (Dharan-15) Children's Academy (Dharan-15)
Nepal
Dharan, 00977

"Education brings prosperity"

Sagarmatha College Sagarmatha College
Mahananda Marga 4
Dharan, +977

SAGARMATHA EDUCATION ACAFEMY SUNSARI PRIVATE LIMITED (SEAS Pvt. Ltd.) Sagarmatha H.S.S (+2 Management, Humanities, Education) Sagarmatha College(BA,BBS) Kausiki Campus (3 years B.Ed)

Mount Hermon Scout Troop Mount Hermon Scout Troop
Dharan-18
Dharan

organization

Bpkihs Batch-2015 Mbbs,Bds,B.sc Nursing & BSc Mit Bpkihs Batch-2015 Mbbs,Bds,B.sc Nursing & BSc Mit
Sunsari
Dharan

An assembly of medical students (MBBS, BDS, B.Sc. Nursing) at BPKIHS 2015

Junior Pioneers School Junior Pioneers School
Durga Path Line Dh-8
Dharan

Nepal Educational Services Nepal Educational Services
Laxmi-Sadak
Dharan

- Study Abroad - Educational Counselling - Motivational Classes - Personality Blooming Classes - National and international colleges exposure - NES Classes

Marigold School Marigold School
Chandra Pur Bazar
Dharan, 00977

It is the first Private English school of Dharan, Sunsari, Nepal.

B.Sc Nutrition & Dietetics B.Sc Nutrition & Dietetics
Central Campus Of Technology
Dharan

It is new bachelor study plan in Nepal which gives complete reference knowledge about processing, storing, & making of healthy diet...

Itechtechnologycenter Itechtechnologycenter
Nepal
Dharan, 00977

A Complete Technology Business House

Holy Land International School Holy Land International School
Everest Line
Dharan

"Education For Development"