द एजेन्डा

द एजेन्डा

Share

한국어 능력시험 대비실

27/05/2025

दक्षिण कोरियाको निर्वाचन प्रणालीमा लोकतान्त्रिक मूल्यको सशक्त प्रतिबिम्ब

सउल, २०२५ मे २७, मंगलबार
ओमलाल ओली

दक्षिण कोरियाको निर्वाचन प्रणाली विश्वमै सुशासन र लोकतान्त्रिक मूल्यको उदाहरणका रूपमा प्रस्तुत हुँदै आएको छ। प्रतिनिधिमूलक शासन प्रणालीमा आधारित यो प्रणालीले नागरिकहरूलाई स्वतन्त्र, निष्पक्ष र समान आधारमा आफ्नो प्रतिनिधि चयन गर्ने अवसर प्रदान गर्दै आएको छ।

दक्षिण कोरियाको संविधानले सार्वभौमसत्ता जनतामा निहित रहेको स्पष्ट रूपमा उल्लेख गरेको छ। सोही अनुसार यहाँको निर्वाचन प्रणाली पाँचवटा प्रमुख सैद्धान्तिक आधारमा निर्माण गरिएको छ: समानता, प्रत्यक्षता, गोपनीयता, स्वतन्त्रता र निष्पक्षता।
राष्ट्रपति तथा संसद सदस्यहरूको निर्वाचन प्रत्यक्ष जनमतबाट गरिन्छ। राष्ट्रपति पदका लागि उमेर ४० वर्ष नाघेको हुनुपर्ने र पाँच वर्षे कार्यकालको सीमा तोकिएको छ। पुनः उम्मेदवारी दिन नपाइने व्यवस्थाले शक्तिको दुरुपयोग रोक्ने उद्देश्य लिएको छ।

राष्ट्रिय सभामा ३०० जना सदस्य निर्वाचित हुन्छन्। तीमध्ये २५३ जना एक–एक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित गरिन्छन् भने बाँकी ४७ जना समानुपतिक प्रतिनिधित्व प्रणालीबाट विभिन्न दलहरूको मत प्रतिशतका आधारमा चयन गरिन्छ। राष्ट्रिय सभा सदस्य र स्थानिय तहको प्रतिनिधिहरूको कार्यकाल ४ वर्ष र पुःन उमेदवार दिन पाउने व्यवस्था छ । सन् २०२० मा सुधारिएको प्रणाली अनुसार साना राजनीतिक दलहरूलाई समेत संसदमा पुग्न सहज बनाइएको छ। यसले राजनीतिक समावेशिता बढाएको विज्ञहरूले बताउँदै आएका छन्।

मतदान प्रक्रिया अत्यन्त प्रविधिमैत्री र पारदर्शी छ। अग्रिम मतदानको सुविधा, इलेक्ट्रोनिक गणना प्रणाली, तथा मतदाता परिचय प्रमाणीकरण प्रविधिको प्रयोगले विश्वसनीयता अझ बढाएको छ।

स्वतन्त्र निर्वाचन आयोगले सम्पूर्ण प्रक्रिया व्यवस्थापन गर्छ। उम्मेदवारी दर्ता, प्रचार नियम निर्धारण, निर्वाचन नतिजा घोषणा लगायतका कार्यहरू आयोगद्वारा गरिन्छ। यसले निर्वाचनलाई राजनीतिक हस्तक्षेपबाट टाढा राखेको छ।

राजनीतिक विश्लेषकहरू भन्छन्, “दक्षिण कोरियाको निर्वाचन प्रणाली लोकतन्त्रको अभ्यास मात्र होइन, सैद्धान्तिक शुद्धताको आदर्श हो। यहाँको प्रतिनिधित्व प्रणालीले सशक्त, जवाफदेही र विविध प्रतिनिधित्व सुनिश्चित गरेको छ।”

यसैबीच आगामी जुन ३ मा हुने राष्ट्रपति निर्वाचनले देशको राजनीतिक भविष्य निर्धारण गर्नेछ। पूर्व राष्ट्रपति युन सुक-योलको मार्शल लको घोषणापछि भएको महाभियोग र पदच्युतिले देशमा राजनीतिक अस्थिरता निम्त्याएको थियो। संविधान अनुसार, राष्ट्रपतिको पद रिक्त भएमा ६० दिनभित्र नयाँ निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार यो निर्वाचन तय गरिएको हो सोहि अनुसार विदेशमा रहेका कोरियालीहरूको लागि अग्रिम भोट सुरू मे १९-२५ र कोरियामा रहेका तर काम विशेषले जुन ०३ मा भोट दिन नपाउनेहरूको लागि मे २९ र ३० को मिति तय भएको छ ।

हाल सम्मको जनमत सर्वेक्षण अनुसार विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार इ जे-म्युंग अग्रस्थानमा छन्। Realmeter द्वारा गरिएको एक सर्वेक्षणमा, इ जे-म्युंगले ४८.५% समर्थन प्राप्त गरेका छन्, जबकि प्रमुख प्रतिस्पर्धी खिम मुन-सु (People Power Party) ले १३.४% समर्थन पाएका छन्। अन्य उम्मेदवारहरूमा हङ जुन-प्यो (१०.२%), हान डोङ-हुन (९.७%), ली जुन-सोक (४.४%), र आह्न चोल-सु (२.५%) रहेका छन्।

आगामी राष्ट्रपति निर्वाचनले दक्षिण कोरियाको लोकतान्त्रिक मूल्य र सैद्धान्तिक पक्षहरूलाई पुनः पुष्टि गर्ने अवसर प्रदान गर्नेछ। जनताको सक्रिय सहभागिता र निर्वाचन आयोगको निष्पक्ष व्यवस्थापनले निर्वाचन प्रक्रियालाई सफल बनाउने अपेक्षा गरिएको छ। See less

13/12/2024

हिजो पाटनमा भिड देखिएको थियो। यसो बुझ्दाखेरि के को भिड रहेछ भन्दा मेडिकल गरेर एक वर्ष रोस्टरमा बस्नको लागि प्रक्रिया पूरा गर्नको लागि मेडिकल गरेर रिपोर्ट लिन जम्मा भएका रहेछन्। हिजो देखिएको भिड त्यो त देखिएको भेट थियो। अझै नदेखिएको भिड त कति छ। चारवटा हस्पिटलमा मेडिकल हुने गर्छ। अब आफै विचार गर्ने रोस्टलमा कति छ। लाजमर्दो स्थिति आवश्यक भन्दा बढी पास यो सबै कारण eps ले कृषि क्षेत्रको रोस्टरमा कतिजना छन् डाटा नदिएको। भन्ने मेरो बुझाइ छ।

Photos from 외국인을 위한 한국어's post 22/11/2024
24/10/2024
29/09/2024

यदि तपाईँसँग प्लान बी छैन भने कोरियन भाषा नपढ्र्नहोला
वर्तमान समयमा कोरियाको अवस्था निकै नै खराब रहेको छ। कामदार छनोट प्रक्रिया पहिलाको तुलनामा निकै कम छ।
तपाईँ भर्खर पढ्दै हुनुहुन्छ या पढ्ने विचार गर्नुभएको छ भने एकपटक अझै सोच्नुहोस् तपाईँले यसको लागि तीन चार वर्ष समय दिनु नै पर्ने हुन्छ।
समयको बर्बाद पैसाको बर्बाद र पढाइमा आफ्नो स्वास्थ्य पनि बर्बाद हुन्छ। त्यसैले एकपटक सोच्नुस् र मात्र पढ्न सुरु गर्नुहोला ‌।
इन्स्टिच्युटहरूको त व्यवसाय हो उहाँहरुले त राम्रो पक्ष मात्र भन्नुहुन्छ ‌ त्यही भएर आफ्नो गाउँको साथीभाइहरू जो पास भएर बसेका छन् उहाँहरुबाट केही जानकारी लिनुहोस्।

Want your school to be the top-listed School/college?

Telephone

Website