NRNA Germany e.V.

NRNA NCC Germany is a non profit organization of Nepalese people living in Germany actively involved

Wie gewohnt öffnen

30/08/2023

आदरणीय जर्मनी निवासी दाजुभाई तथा दिदिबहिनीहरु सबैलाई नमस्कार

एनआरएनए जर्मनिले आगामी २०२३-२०२५ कार्यकालको लागि एनआरएनएको ११ औ महाधिवेशन ( १७ देखि २० अक्टोबर ) काठमन्डौमा सम्पन्न हुने प्रतिनिधि सहभागी छनोटको बारेमा जानकारी दिदा खुसी लागेको छ। यस ११ औ महाधिवेशनमा सहभागी हुनका लागि सबै एनसीसीहरुले भोली मिती ३१।०९।२०२३ सम्ममा प्रतिनिधिहरुको छनोट गरि एनआरएनएको सचिवालयमा प्रतिनिधिहरुको नाम लिस्ट पठाई सक्नु पर्ने छ। एनआरएनएको नयाँ सम्शोधित बिधान अनुसार ११ औ महाधिवेशनको लागि प्रतिनिधिहरु छनोट गर्ने नियम प्रक्रियालाई आईसीसीको बिधानलाई मध्येनजर गर्दै एनआरएनए जर्मनीले मुख्य आधार बनाएको छ। आईसीसी को ११ औ महाधिवेशनको प्रतिनिधि बन्न ७९ जना व्यक्तिहरुले ईच्छा र चाहाना जायर गर्दै निवेदन गर्नु भएकोमा एनआरएनए जर्मनिले हार्दिक आभार प्रकट गर्दछ। एनआरएनए जर्मनीबाट ११ औ महाधिवेशनमा सहभागी ३७ जना प्रतिनिधिहरु मध्ये एनसीसी जर्मनिको पन्जिकृत सदस्य अनुपातको नियम र प्रक्रियाबाट छनोट गर्न जम्मा ३१ जना मात्र पाउने छ। अरु ६ जना संवत्: प्रतिनिधि हुने व्यवस्था एनआरएनएको बिधान अनुसार हुने छ।
१) ९०% प्रतिनिधिको छनोट एमआईएस प्रणालीबाट अगष्ट २० सम्म निवेदन दिनेहरूबाट छनोट गर्नु पर्नेछ ।
२) अगष्ट २० सम्म निवेदन दिन छुटेका व्यक्तिहरुलाई १०% को कोटामा समावेश गर्न सकिने छ ।
३) ९०% प्रतिनिधिको लागि आवश्यक सँख्यामा निवेदन आएन भने एनसिसिले निर्णय गरी प्रतिनिधि छनोट गर्ने छ ।
४) ९०% मा आइसिसिका पूर्व पदाधिकारीहरु, एनसिसिकाका वर्तमान र पूर्व पदाधिकारीहरु, आइसिसिका समितिका वर्तमान र पूर्व संयोजकहरूलाई समेट्नु पर्नेछ ।
५) ९०% प्रतिनिधिको लागि आवश्यक भन्दा बढि निवेदन परेका प्राथमिकताको अन्तिममा परेका निवेदनहरुको नाम हटाउनु पर्ने छ ।
६) ९०% प्रतिनिधिको लागि आवश्यक भन्दा कम निवेदन परेमा नपुग प्रतिनिधिको छनोट अभियानमा योगदान गरेका व्यक्तिहरुबाट गर्न सकिनेछ । कस्ता व्यक्तिलाई छनोट गर्ने त्यसको मापदण्ड एनसिसिले तयार गर्न सक्नेछ ।
७) कुनै एक देशको एनसिसि वा आइसिसिको पदाधीकारी अर्को देशमा बसाइ सरेको छ भने त्यस्ता व्यक्तिलाई हाल बसाई भएको देशबाट प्रतिनिधि छनोट गर्नु पर्ने छ ।
८) प्रतिनिधिहरुको छनोट एनसिसिको बैठकले पास पर्ने छ र एनसिसिको अध्यक्ष र महासचिवले हस्ताक्षर गरेर पठाउनु पर्ने छ ।

आईसीसीको सुचाना अनुसार योग्यता पुगेका प्रतिनिधि छनोट हुन र बाँकि प्रतिनिधि छनोट गर्दा निश्चित मापदण्डको आधारमा होस भनि सुनिश्चित गर्न एउटा प्रतिनिधि सुपर भिजन समिति बनेको हुने छ । समिति अनुसार हामीले क्षेत्रको क्षेत्रीय संयोजकहरू, एनसिसि अध्यक्ष र हालको आइसिसि पदाधिकारी (महासचिव भन्दा तलको मर्यादाक्रममा माथी रहेको व्यक्ति) बसेर गर्ने छन ।
निनाम्मा राई
अध्यक्ष
एनआरएनए जर्मनी

29/08/2023

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद एन आर डब्लू राज्य जर्मनीको मिति २७ अगस्त २०२३ आइतबार सम्पन्न अधिबेसनबाट सर्ब-सहमत संयोजकमा चयन हुनु भएको श्री धुर्ब शर्मा जी लगायत उहाको कार्यसमिती लाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभ कामना ब्यक्त गर्दछौ ।

Photos from NRNA Germany e.V.'s post 27/08/2023

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद जर्मनी २०२३-२५ कार्यकालको लागी बधाई तथा सपथ ग्रहण कार्यक्रम ।
अगस्ट २७ २०२३ डर्टमंड ।

27/08/2023
27/08/2023

२३-२०२५ कार्यकाल

27/08/2023

प्रमाण पत्र बितरण तथा सपथ ग्रहण २३-२०२५ कार्यकाल

27/08/2023

प्रमाण पत्र बितरण तथा सपथ ग्रहण कार्यक्रम

27/08/2023

Ninamma Rai Nab Raj Rosyara Milan Panta Dil Gurung Shauler NRNA Germany, LCC Hamburg Hari Neupane Lok Mani Dhakal NRNA LCC Bayern/ Baden- Württemberg 2019/21 Rajesh Sunar NRNA Germany, LCC Hamburg NRN,LCC BERLIN-BRANDENBURG NRNA Germany Rhein Saar BWB Lcc Lcc Nrw Nrn Germany Kiran Karki Kiran Sigdel Dhakal Karuna Tuladhar Rai Sijan Dahal NRNA NCC - Germany Sijan Dahal NRN LCC Bayern Lcc-nrw Nrna
नमस्कार सम्पूर्णमा।

गत २०२३ अगष्ट ६ तारिखमा सम्पन्न गरिएको एनआरएनए जर्मनीको सहमतिय अधिबेशन सम्मेलनमा सहभागिताका जनाउन नसक्नु हुने अध्यक्ष लगायत केही पदाधिकारीहरुलाई सपथग्रहण गराउने भनिएको कार्यक्रम सम्बन्धि र अबको कार्यसमितिलाई सफल बनाउन गरिएको प्रयास सम्बन्धमा केही टिप्पणीहरु राख्दै उक्त कार्यक्रममा मेरो उपस्थिति नरहेको जानकारी गराउन चाहन्छु।

बिगत एक हप्तासम्म एनआरएन जर्मनीको नयाँ कार्यसमिति र उठेका गतिरोधको दिर्घकालिन समाधान गर्दै सफल कार्यकालको लागि बिभिन्न विषयको उठान सहित केही प्रस्ताव गरेको थिएँ तर त्यसको खासै चासो,वास्था र पहल प्रयास देख्न पाइन जुन अति दुखद कुरा हो। यस मानेमा मेरो प्रयास ब्यर्थ रहेको ठहर गरेको छु।तरै पनि मैले बुझेको सकेको मेरो सहयोग सधैं संस्थाको कार्यसमितिलाई हुनेछ भन्न छोडेको छैन्।

बिधानको कम्जोरीको कुरामा केही प्राविधिक कमजोरी गल्ती हुँदा, मैले जिवनभर सुन्न नपरेका र मेरो अगाडी आँखा जुधाएर कुरा गर्न नसक्नेहरु समेतलाई कुनै पुर्पक्षमा‌ बसेको ठुलो अपराधीले जस्तो उत्तर दिएको दृश्य मेरो आँखा र तीतो सम्झनामा अगाडी अझै नाचिरहन्छ।
यसै विषयलाई सम्झने हो भने यसपाली को अधिबेशनमा मुठ्ठीभर ब्यक्तिको बालहठमा अझै थुप्रै कानुनी कम्जोरी र सामाजिक बलमिच्याइँ भएको दावी धेरै जनाबाट आइरहेकोछ।
यस्ता कुरालाई अझै बेवास्ता गर्ने भने हाम्रो संस्थाको भविष्य गम्भीर दुर्घटना जाने निस्चित छ। हिजोको मुद्दा मामिला नजीर बनेको हुनाले त्यसको रूप फेरि दोहोरिने निस्चित छ।
कसकसलाई के भनेर सम्झाउने हो ? थकित छु ।
आजको कार्यक्रम स्थगन गरौं अर्थात सारेर अलिकति छलफलमा जान भनेको थिए र त्यसको उपायहरु समेत बताएको थिएँ। जस्ले गर्दा चाहेजस्तो भव्य कार्यक्रमको आयोजना गर्न सकिने थियो।
यो कार्यक्रमलाई मान्यता दिन नसकिने कारणहरु र मैले नबुझेको बिषयहरु !!
१ . यो कमिटीको नेतृत्व आज बल्ल सपथग्रहण र प्रमाणपत्र लिने भनिएकोछ तर पहिले‌ नै कसरी आधिकारिक चिठ्ठी र निमन्त्रणा पठाउने काम भयो ?
२. e.V. मा दर्ता गर्न प्रोटोकल तयार गरिएको होला। तर त्यसमा पुर्ब कमिटीको जिम्बेवार ब्यक्तिले सहि ‌नगरी कसरी दर्ता हुन्छ ? र उक्त प्रोटोकल बारम्बार माग्दा पनि किन उपलब्ध नगराइएको ?
३. बिधानको हवालामा २ बर्ष बित्यो अब सब ठिक गर्ने भनिए तापनि त्योभन्दा थुप्रै गल्ती गरिरहेको हुनाले सबैलाई समेटेर लैजान किन पहल गरिएन ? भागबण्डाले झारो टार्ना वाहानाले समाधानमा कसरी गइएला ?
४. बुझ बुझारथ को संग ? कस्ले गर्ने ? र यो कार्यक्रमको आयोजनाको जिम्बेवार कमिटी कुन हो ? कसरी आजको मिति तय गरिएको ?
५. ग्लोबलसंगको सम्बन्धमा गएको वा नगएको जानकारी कहीँ कतै छैन तर गएको र मान्यता पाएको यदि हो भने, ग्लोबलमा जर्मनीको पुर्ब कमिटी अर्थात निबर्तमान कमिटीको जिम्बेवार कुन कमिटीको भुमिका के हो ? थोरै हेक्का राख्नुपर्ने हो की होइन ? जस्को ‌कारण, बुझ बुझारथको लागि आधिकारिक कुन कमिटीबाट लिने ? त्यसको सानो सल्लाह लिन पनि उचित नसम्झिनु के ठिक हो ?
७. e.V. दर्ता भएकै छैन तर त्यसको फेसबुक साइडमा e.V. सबैलाई काम सकिएपछि (Übergabe) हस्तान्तरण गरिन्छ अनि बुझ बुझारथ गर्न गराउन दुबै कमिटीको तर्फबाट सल्लाह गरेर मात्रै मिती तय गर्नु पर्नेमा आज नै के को हतारो गएको हो ?

८. निर्वाचन कमिटीलेले प्रमाणपत्र, गोपनीयताको सपथ ग्रहण जस्तो कार्यक्रम जिम्बेवार भएर आधिकारिक निम्तो पठाउनु पर्ने होइन र ?
पद्दति र प्रक्रिया थाहा नभएको हो या हेलचेक्राइँ ‌गरेको हो ?
यस्तो गन्जागोल कार्यलाई सहजरुपमा लिन कमसेकम पनि म चाहिँ सक्दिन। कमिटीको सानो मर्म र धर्म पनि पालना नगर्नाले हाम्रो कमिटीको गम्भिर जिम्मेवारी र कायान्वयनमा वेवास्ता गरिएको सत्य हो ।
* अबको बाटो !!

१. प्रोटोकल तयारी गरेर सार्वजनिक गरेपछि बाटो सहज हुनेछ।
२. निर्बाचन कमिटीले सबै पक्ष लाई सम्बोधन गर्दे सार्बजनिक रुपमा निमन्त्रणा पठाउनु पर्नेछ।
३ निबर्तमान कमिटीको जिम्बेवार ब्यक्तिलाई बुझ बुझबुझारथको लागि आपसमा छलफल गरी मिति तय गर्ने र औपचारिक निम्तो पठाउने ।
४. सम्मेलन अधिबेशनमा भएका बिसंगति र बेथितिको अन्त्य गर्न सबैलाई समेट्न छलफलको लागि ‌पहल गर्ने र आव्हान गर्ने ।

अध्यक्ष
हरि न्यौपाने
एनआरएनए e.V. जर्मनी
Göttingen, Germany

21/08/2023

हार्दिक निमन्त्रणा ।।।

18/08/2023

हार्दिक निमन्त्रणा ।।।

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद जर्मनी २०२३-२०२५ कार्यकालको लागी निर्वाचन आयोग बाट सपथ ग्रहण कार्यक्रम, नव निर्बाचित कार्यसमिती लाई प्रमाणपत्र बितरण साथै गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जर्मनीको कार्यकाल २३-२५ को लागी बुझबुझारथ एवं पद स्थापन कार्यक्रममा यहॉंहरु सम्पुर्णको गरिमामय उपस्थितिको लागी हार्दिक आमन्त्रण गर्दछौ ।

मिति ः २७ अगस्ट २०२३ आइतबार
समय ः ठीक १२ बजे
स्थान ः Akazienstraße 101, 44143 Dortmund

भवदीय

निनाम्मा राई
अध्यक्ष

सिजन दाहाल
महासचिब
गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद, जर्मनी

Photos from NRNA Germany e.V.'s post 08/08/2023

कृतज्ञतासहित हार्दिक आभार !

आदरणिय जर्मनी निवासी आमा-बुवा, दाजुभाई तथा दिदीबहिनी सबैमा हार्दिक नमस्कार,
गैर आवसिय नेपाली संघ जर्मनी को हालै सम्पन्न भएको नवौं अधिबेसनलाई सफल बनाउन दिनरात मेहनत गर्नु हुने एनआरएनए जर्मनीका पुर्व तथा निवर्तमान पदाधिकारीज्युहरु प्रति हार्दिक नमन गर्दछु साथै अधिवेसनको सोभाका रुपमा उपस्थित, प्रमुख अतिथी जर्मन स्थित नेपाली राजदुतावासका महामहिम राजदुत राम काजी खड्का ज्यु लगाएत सम्पूर्ण अग्रज अनि पाहुना र साथीहरु लाई हार्दिक आभार प्रकट गर्दछु।

अहिलेको परिस्थितिमा एनआरएनए जर्मनीको बिधी बिधान र नियमको परिधी भित्र रहेर हामी एकिकृत भई कसरी अगाडि बढने भन्ने चुनौती हाम्रो सामु आएको छ। सबै चुनौतिहरुलाई एउटा अवसरको रुपमा लिएर अगाडी बढने बातावरण निर्माण गर्नु आजको आवश्यकता ठान्दछु। आगामी दिनहरुमा हरेक क्षेत्रका सबै किसिमका समस्याहरुको समाधानको उपाय हामीहरुको बीचबाट खोजिनु पर्दछ। कार्यसमितिलाई चुस्त तथा दुरुस्त पार्दै र हरेक कार्यको सामुहिक तथा कमिटिको सहभागितामुलक निर्णयका साथ म अगाडि बढनेछु। एनआरएनए जर्मनीको गतिशील रुपमा चलिरहेको अभियान क्षेत्रमा मन्द गति हुन नदिन समयमै उपयुक्त उपाय लिएर सबैलाई साथमा राखेर अगाडि बढनेछु । बिगत धेरै वर्ष देखि कयौ संघ संस्थामा काम गरी अनुभब बटुलेको लामो सयम देखी बिभिन्न पदमा रहेर एनआरएनए लाई सघाएको छु र जर्मन एनआरएनए नेतृत्व लिएर जर्मनी नेपाली समाजलाई गतिशिलता प्रदान गर्ने मेरो लामो समय देखिको चाहना थियो र तपाई‌हरुको साथ,सहयोग र विस्वासले यो चाहना आज साकार भएकोछ।सम्पूर्ण जर्मनी निवासी आदरणीय जनहरुको आशा, भरोशा र विश्वासलाई आत्मसाथ गरेर अगाडि बढ्नेछु । आगामी २ बर्षे कार्यकालमा एनआरएनए जर्मनीले के गर्ने र एनआरएनए का अगाडिका कार्यक्रमहरु कसरी तय गर्ने भन्ने बारेमा मैले बिष्तृत कार्य योजना तयार गरी सबैको सुबिधा को लागी बैठक पश्चात सार्वजनिक गर्नेछु।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद २०२३-२५ को कार्यसमिति चयन भईरहेको यस घडीमा सदा मलाई हौसला सहयोग, सुझाव र साथ दिनु हुने सम्पुर्णजनमा हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु । साथै यस कमिटीमा निर्वाचित सम्पूर्ण पदाधिकारी ज्युहरु सम्पूर्णमा हार्दिक बधाई साथै नव जोशिला साथीहरु सगं काम गर्ने अबसर जुरेकोमा ख़ुशी लागेको छ। अन्त्यमा यसरी सर्वसम्मत नेतृत्व चयन गराउनु हुने निर्वाचन कमिटी,आदरणिय अग्रजहरु बिभिन्न राजनितिक ,सांस्कृतिक र क्षेत्रीय संघ संस्था तथा पत्रकार र कार्यक्रम सफल वनाउन टाढा टाढा देखी पाल्नुभएका NRNA अभियान्ता ज्यूहरु लगायत सम्पुर्णजनहरुमा हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु।

निनाम्मा राई
अध्यक्ष
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद
जर्मनी

06/08/2023

HE Ambassador Ram Kaji Khadka

06/08/2023

NRNA NCC Germany AGM Frankfurt

06/08/2023

NRNA Germany Mitgliederversammlung Frankfurt

05/08/2023

हार्दिक स्वागतम,

नवौं राष्ट्रीय अधिवेशन, 2023 Frankfurt am Main.

27/07/2023

सुचना …

नमस्कार आदरणीय सबैमा,
(Approved हुन बाकि को लागि मात्रै)

अन्तिम भोलि , २८ जुलाई २०२३ सम्म aproved गरिसकेको हुनुपर्ने छ।

NRNA Germany को जो-जो सदस्यहरू MIS System मा 15 July 2023 सम्ममा Onlie System मा रजिस्टर गरिसक्नु भएको सकेको छ, तर Documents हरू छुटेर प्रमाणित/ Approved हुनुभएको छैन भने कृपया तुरून्तै अपुग .. Documts Upload जस्तै Selfy, paymentslip आदि पुरा गरिदिनुहुन सादर अनुरोध गर्दछौ।

त्यसको लागि SMART NRNA App हजुरहरू आफैले Log in गरेर Documents Upload गर्नुहोला।
————-
धन्यवाद ।

गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, जर्मनी परिवार

Photos from NRNA Germany e.V.'s post 23/07/2023

हार्दिक बधाई एंव आभार

नमस्कार आदरणीय सबैमा,

हिजो 22 July 2023 का दिन NRNA Germany Football Cup 2023, Hamburg मा NRNA NCC Germany, LCC Hamburg एंव Nepalese Football Club Hamburg को संयुक्त आयोजनामा अत्यंत भव्य एंव सौहार्दरूपले सफल भएकोमा हार्दिक आभार व्यक्त गर्दछौ। अत्यंत कुशल ब्यबस्थापन, सभ्य र अनुशासित कार्यक्रम आयोजनाको लागि एनआरएनए जर्मनीका खेलकुद संयोजक अर्जुन ओली ज्यू ,एलसीसी हाम्बुर्गका संयोजक कल्पना वाग्ले ज्यू एवं सम्पुर्ण एलसीसी परिवार, Nepalese Football Club Hamburg टिम संयोजक हरि भण्डारि, संस्थापक रबिन काजी भण्डारि ज्यु एंव क्लब परिवार लगायत सम्पूर्ण हाम्बुर्गवासी दाजुभाई दिदी बहिनीहरूमा यहॉहरूको महत्वपूर्ण साथ र सहयोगको लागी हार्दिक आभार एंव कृतज्ञता व्यक्त गर्दछौ।

आदरणीय एनसीसी एंव सबै एलसीसी जर्मनीका पदाधिकारी ज्युहरु लगायत जर्मन भरिबाट ठूलो आर्थिक एंव पुरस्कार हरूको प्रायोजक साथै विविध-सहयोग गरेर सफल पारिदिनुभएकोमा सबै संघ-संस्थॉ एंव समाजसेवि, मनकारि व्यक्तिवहरू सबैलाई धेरै धेरै धन्यवाद, हृदय देखि नमन।

नेपाली राजदूतावास बर्लिनका महामहिम राजदुत रामकाजी खड्का ज्युको प्रमुख आतिथ्यमा उद्घाटित कार्यक्रमको अध्यक्षता एलसीसी संयोजक कल्पना वाग्ले ज्यु बिषेश अतिथिमा एनसीसी अध्यक्ष हरि न्योपाने ज्यु र यूरोप संयोजक सन्तोष भट्रराई ज्यु लगायत विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो।
यसपटक पनि उत्साहजनक रूपले एनआरएनए फुटबल कपमा सहभागी १२ वटै टिमका सबै खेलाडी ज्युहरू , टिम कोच, व्यवस्थापक लगायत सबैमा धन्यवाद।
एनआरएनए जर्मनी फुटबल कप २०२३ को बिजेता टिम म्युनिख र उपविजेता हाम्बुर्गलाई धेरै धेरै बधाई।सबै सहभागी खेलाडीहरू एंव उत्कृष्ट - टिम कोच, गोलकीपर, बेस्ट स्टाईकर, बेस्ट प्लेयर, अनुशासित टिम सबैमा फेरि पनि बधाई साथै यहॉहरूको खेल प्रतिको रुचि र ऊत्साह अझ बढोस भन्ने कामना सहित यहॉहरू सबैमा ऊच्च सम्मान व्यक्त गर्दछौ।
बिगत केहि बर्षदेखि शुरू भएको यों प्रतियोगिता सबै युवाहरूमा अत्यंत लोकप्रिय छ, आगामी बर्षहरूमा पनि यहॉहरूको अतुलनीय साथ-सहयोग र हौसला मिल्नेछ र फेरि पनि निरन्तरता गर्न सफलता मिल्नेछ भन्ने पूर्ण विश्वास सहित सबैमा आयोजक एंव एनआरएनए जर्मनी, एनसीसी / एलसीसी सिंगों कार्यसमिति सबैको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौ ।

हार्दिक धन्यवाद सहित !
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, जर्मनी परिवार

22/07/2023

NRNA Football Cup 2023 Hamburg,
Prize Distribution ceremony

22/07/2023

Finale München vs Hamburg

22/07/2023

Finale Hamburg vs München

22/07/2023

NRNA Football Cup 2023,Semifinal
NRW-München,Hamburg-Darmstadt

22/07/2023

हार्दिक बधाई एंव नव निर्वाचित कमिटिलाई शुभकामना ॥
NRNA LCC Heseen e.V

आज सम्पन्न NrnaLcc Hessenev को अधिवेशन बाट पुनः निर्वाचित संयोजक ज्योति राई ज्यु एवं सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई एंव सफल कार्यकालको शुभकामना।
💐💐💐

संयोजक : ज्योति राई
उप-संयोजक: समिर श्रेष्ठ , निशान फुयाल
महिला उप-संयोजक : विरगिट खड्का
सचिब : बेलि माया आले मगर
कोषाध्यक्ष: प्रणिता कार्की
महिला संयोजक: ईला श्रेष्ठ
विधार्थी-संयोजक: प्रमोद पौडेल
युवा-संयोजक: अनुप पोख्रेल
सदस्यहरू:
- राज श्रेष्ठ
- मन्जिल श्रेष्ठ
- मार्शल श्रेष्ठ
………..

22/07/2023

NRNA Football Cup 2023, Hamburg

21/07/2023

जर्मनीमा बसोबास गर्नुहुने आदरणीय गैर आवासिय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,
नमस्कार!
भोलि २२ जुलाई सनिबारका दिन Hamburg मा आयोजित पाँचौ "एनआरएनए कप २०२३" खेलमा सहभागि ‌टिमहरु तथा खेलप्रेमी एबम् शुभचिन्तकहरुलाई म र मेरो सम्पूर्ण कमिटीको तर्फबाट हार्दिक स्वागत एबम् अग्रीम बधाई तथा शुभकामना ब्यक्त गर्दछौ।LCC Hamburg सम्योजक श्री कल्पना वाग्ले ज्यु र NFCH Hamburg का संयोजक श्री हरि भण्डारी ज्यु तथा टिम ब्यवस्थापनका सक्रिय भुमिकामा रहनुभएका साथिहरु, स्वयमसेवक ज्युहरु, Hamburg का अग्रजहरु,अनुदान तथा आर्थिक सहयोग दिनु हुने समाजसेवीहरु र हाम्रो कमिटीका खेलकुद सम्योजक श्री अर्जुन ओली ज्यू,तपाईंहरुको सक्रियता एबम् योगदानको लागि हामी जर्मनीबासी नेपाली समाज हार्दिक आभार व्यक्त गर्दछ। हाम्रो कमिटीका खेलकुद सम्योजक।उक्त खेल अत्यन्त मैत्रिपुरण र अनुसासित रहने बिस्वास लिइएका छौ। छरिएर रहेका नेपाली समाजलाई एकआपसमा जोडेर आपसी सद्भाव र नेपाली - नेपाली बिचको भाइचाराको भावना विकसित गराउने हाम्रो उद्देश्य रहेको हुनाले हरेक तरिकाले सहभागिता जनाउदै सहयोग गर्न सम्पूर्ण नेपाली परिवारमा हार्दिक अनुरोध गर्दछौ!
धन्यवाद

हरि न्यौपाने
अध्यक्ष
१९-२१,२१-२३ कार्यकाल
एनआरएनए जर्मनीको राष्ट्रिय समन्वय परिषद

21/07/2023

हार्दिक निमन्त्रणा,

NRNA Germay Football Cup , Hamburg 2023
नमस्कार आदरणीय सबैमा ,

⚽️⚽️⚽️⚽️⚽️

NRNA Germany Football Cup भोलि 22 July 2023 मा Hamburg शहरमा NRNA LCC Hamburg र NFCH Football Club ले स्थानीय रूपमा आयोजना साथै व्यवस्थापन गरेका छन ।हरेक बर्षहरूमा जस्तै यो पटक विभिन्न LCC क्षेत्र साथै अन्य टिम गरि १२ ओटा नेपाली Football Team ले दर्तागरि जर्मनीको विभिन्न शहरबाट प्रतिस्पर्धाको लागि सबैटिमहरू आज नै Hamburg आईसक्नु भएको छ।
सबैको ऊचित व्यवस्थापन भैरहेको कुरा NCC Germany का स्पोर्टकोर्डीनेटर Arjun Oli ले दिनुभएको छ भने , खेलको दिनमा सबै करिब १८० खेलाडीहरूको लागि निःशुल्क ख़ानको समेत व्यवस्था रहेको जानकारी साथै अन्य गतिविधिको विविध सुचना निरन्तर दिईरहहनु भएको छ।

भोलि विहान १० बजे नै महामहिम राजदूत ज्युबाट ऊद्धघाटन पछि शुरूहुने सबै खेलको तालिका समेत आईसकेको छ। यो पटक अत्याधिक टिमको सहभागिता रहेको छ भने , विभिन्न ठॉऊबाट खेलप्रेमिहरू र टिमका समर्थकहरू हौसलाको लागि आजैदेखि Hamburg आऊने क्रम जारी छ।
विविध आकर्षक पुरस्कारहरू र व्यवस्थापन को लागि एनसीसी जर्मनी एवं धेरै संघ संस्था एंव सामाजिक व्यक्तिहरूबाट राम्रो आर्थिक लगायत विविध सहायताहरू आईरहेको छ। खेलको प्रतिस्पर्धा मात्रै नभएर Sommer को बेलामा भेटघाट हुने र एक पर्व जस्तै रमाईलो गर्ने सुवर्ण अबसर पनि हो।
NFCH का सम्योजक Hari Bhandari एवं सम्पूर्ण Club परिवारले पनि खेल व्यवस्थापन लगायत विविध जानकारीहरू नियमित प्रकाशित गरिरहेको छ, यो सबै कार्यको लागि हार्दिक आभार । जर्मनीबासी सबैलाई Hamburg शहरमा Football Cup को लागि निम्न्तणा गरिसकेको र आवश्यक तयारी पुरा गरेको LCC Hamburg को संयोजक Kalpana Wagle ले दिनुभएको भएको छ।
स्थानीय रूपमा Hamburg बासि सबैको ठुलो सहयोग प्राप्त भएकोमा र जर्मनीबासि नेपाली दाजुभाई दिदिबहिनीको सहयोग र साथले हौसला मिलेको र यो पूर्ण रूपमा सफलतापूर्वक सम्पन्न हुनेकुरामा ढुक्क रहेको र त्यसको लागि अनवरत लागिपरेको स्पोर्ट्स कोर्डिनेटर Arjun Oli ले बताऊनु भएको छ।

एनआरएनए एनएसीसी / एंव सबै एलसीसी जर्मनी परिवारको तर्फबाट - सबै टिमलाई हार्दिक शुभकामना।

⚽️⚽️💐⚽️🍁💐🌷🌹💐💐⚽️⚽️

हार्दिक धन्यवाद सहित !

गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, जर्मनी परिवार
***********
खेल हुने स्थान :
Lokstedter Steindamm 52, 22529 Hamburg

13/07/2023

सुचना।
नमस्कार आदरणीय सबैमा, (अब २ दिन मात्र बाक़ी ..१५ जुलाई २०२३)

Mitgliedschaft Erneuern bis zum 15 Juli 2023

(बैकमा शुल्क पठाएर , ऑनलाइन रजिस्ट्रेशन पनि हजुरहरूले SMART NRNA App मा १५ जुलाई भित्रै दिनुपर्नेछ।)

(हजुरहरू मध्य केहि - कतै सदस्यता लिन छुट्नु भएको छ भने कृपया 15 July 2023 भित्र नै आफ्नो सदस्यता लिएर सुरक्षित गर्नुहोला , SMART NRNA App मा पनि १५ जुलाई २०२३ भित्रै ऑनलाइनमा रजिस्ट्रेशन गर्नुहोला)। यो पटक त Face ID पनि रहेछ।
——
साथै, MIS मा रजिस्टर गरिसक्नु भएको छ भने :
कृपया यहॉहरूको MIS system मा Online कुनै Documents हरू छुटेर प्रमाणित/ Approved हुनुभएको छैन भने कृपया तुरून्तै अपुग .. Documents Upload जस्तै Selfy, paymentslip आदि पुरा गरिदिनुहुन सादर अनुरोध गर्दछौ।
*****
*सजिलोको लागि Video लिंक,
https://drive.google.com/file/d/1t5VL7dqIPw8kQbWDLVcYPE-amL7xyFl8/view?usp=sharing

हार्दिक धन्यवाद सहित !
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, जर्मनी परिवार
************************
~अहिले सम्म्मा २६३ जनाले सदस्यताको शुक्ल बैकमा पठाईसक्नु भएके छ भने -
~Smart NRNA मा २२५ जनाले मात्रै ऑनलाइन रजिस्ट्रेशन गर्नुभएको छ।
~जसमध्यबाट १८३ जना Approved भै सक्नु भएको छ ।

10/07/2023

सुचना

“सदस्यता साथै MIS अनलाईन १५ जुलाई सम्म खुलेको जानकारि”

(कोहि-कतै छुट्नु भएको छ भने कृपया 15 July 2023 भित्र नै आफ्नो सदस्यता लिएर सुरक्षित गर्नुहोला , SMART NRNA App बाट ऑनलाइनमा रजिस्ट्रेशन गर्नुहोला)।
————-

नमस्कार आदरणीय सबैमा,

४ जुलाई २०२३ बर्लिनमा भएको सबैको सुझाव/सल्लाह अनुसार , आज नै आईसीसी बाट प्राप्त सुचना अनुसार 15 July 2023 सम्मको लागि सदस्यता साथै MIS ऑनलाइन पनि खोलिएको छ ।

त्यसैले यसैलाई सुचनालाई आधार मानेर हजुरहरू मध्य केहि - कतै सदस्यता लिन छुट्नु भएको छ भने कृपया 15 July 2023 भित्र नै आफ्नो सदस्यता सुरक्षित गर्नुहोला र MIS मा SMART NRNA App बाट रजिस्ट्रेशन गर्नुहोला।

ICC ले तोकेको प्रावधान अनुसार Online Registration गरि, सबै Documents पुरागरि प्रमाणित हुन विनम्र अनुरोध गर्दछौ ।

साथै, MIS मा रजिस्टर गरिसक्नु भएको छ भने :
कृपया यहॉहरूको MIS system मा Online कुनै Documents हरू छुटेर प्रमाणित/ Approved हुनुभएको छैन भने कृपया तुरून्तै अपुग .. Documts Upload जस्तै Selfy, paymentslip आदि पुरा गरिदिनुहुन सादर अनुरोध गर्दछौ।

*****

(Smart NRNA App Download गरेर, अनलाईन मार्फ़त विवरणहरू दिएपछि मापदण्ड पुरा गरेर मात्रै आधिकारिक हुनेहुदा, तोकिएको विबरणहरू दिएर प्रमाणित हुनुपर्नेछ। यो पटक त Face ID पनि रहेछ।)

*सजिलोको लागि Video लिंक,
https://drive.google.com/file/d/1t5VL7dqIPw8kQbWDLVcYPE-amL7xyFl8/view?usp=sharing

हार्दिक धन्यवाद सहित !
अध्यक्ष, हरि न्यौपाने
एंव
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, जर्मनी परिवार

NRNA membership Guide

Wollen Sie Ihr Schule/Universität zum Top-Schule/Universität in Munich machen?

Klicken Sie hier, um Ihren Gesponserten Eintrag zu erhalten.

Lage

Kategorie

Adresse


Volkart Str. 43
Munich
80636
Andere Bildung in Munich (alles anzeigen)
SAE Institute Germany SAE Institute Germany
ZielstattStr. 30
Munich, 81379

Studieren am weltweit größten Ausbildungsinstitut für Medienberufe.

KGP SCHÜLERGESELLSCHAFT KGP SCHÜLERGESELLSCHAFT
Am Stadtpark 21, Munich
Munich, 81243

Die Schülergesellschaft ist der Verein der ehemaligen Schülerinnen und Schüler des Karlsgymnasium

Oskar von Miller Forum Oskar von Miller Forum
Oskar-von-Miller-Ring 25
Munich, 80333

Live, work, share - strive for excellence An educational initiative of the Bavarian construction ind

Deutsche Versicherungsakademie (DVA) Deutsche Versicherungsakademie (DVA)
Arabellastraße 29
Munich

Die Deutsche Versicherungsakademie (DVA) ist der Bildungsanbieter für die Versicherungsbranche. Imp

The Macro Monkey The Macro Monkey
Munich, <>

Todo lo que tenemos para ofrecer es la sabiduría adquirida durante más de 15 años en los mercados

eXtreme visual media eXtreme visual media
Landsberger Str. 234
Munich, 80687

Schulungs- und Beratungsunternehmen für das digital Imaging.

DieFarbe DieFarbe
Munich

This channel makes videos related to ArcGIS and Rstudio which are the basic software that one must k

Techstarter Techstarter
HerzogspitalStr. 24
Munich, 80331

In nur zwölf Monaten lernst du alles, was du für einen erfolgreichen Job Einstieg als Cloud Spezia

Kita Landeshauptstadt München Kita Landeshauptstadt München
Landsberger Straße 30
Munich, 80339

Die Landeshauptstadt München sucht pädagogisches Personal.

bode_akademie bode_akademie
Tizianstraße 106 A
Munich, 80638

Institut für qualifizierte Fort- und Weiterbildungen in den Bereichen Sport- und Bewegungstherapie

Kitchen2Soul Akademie Kitchen2Soul Akademie
Schlörstraße 4
Munich, 80634

Die Kitchen2Soul Akademie bietet Weiter-, Fort- und Ausbildungen, auch in Unternehmen

ILaLou Kindertagespflege München ILaLou Kindertagespflege München
LindwurmStr. 191
Munich, 80337